eNepal

नेपालको निशुल्क भोजन अभियानलाई अस्ट्रेलियामा नेपाली बिद्यार्थी सहयोग जुटाउदै, सहयोगको लागि अनुरोध !

खुलामञ्चमा निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टिम नेपाल र १०० ग्रुपलाइ सहयोग गर्न अस्ट्रेलियामा अध्यनरत नेपाली बिद्यार्थीले रकम संकलन सुरु गरेका छन्। साथै विगतका दिनमा काठमाडौंको खुला मंचमा संचालन हुँदै आएको निःशुल्क भोजन अभियान अब थापाथलिस्थित परोपकार प्रसूती तथा स्त्रीरोग अस्पताल पछाडीको खुला स्थानमा शुरु भएको छ ।

पानीमा भिज्दै, टुडिखेलको पिचमा बसेर पेपर प्लेट र प्लास्टिक ब्यागमा खाना थापेर खाइरहेका अनुहारहरुले सबैलाई नराम्रो अनुभुती गराएयो। कोरोनाले रोजगारी गएका कारण कतिको चुलो बल्न नसकेकोमा निशुल्क खाना भैरहेको अभियान आर्थिक कारणले रोकिनु नपरोस ता कि ति भोको पेट भोकै नरहून भनेर जे जति सकिन्छ तेती नै सहयोग गर्न रकम संकलन गरिरहेका बिद्यार्थी बुद्धि सागर भुतेलले जानकारी गराए ।

आफ्नो पकेट खर्च को ५-१० डलर काटेर उहाहरुलाई पठाउदा १० वटा खाली पेटमा अन्न भर्न सकिन्छ भने यस्तो पुण्यको काममा सहयोग गरिदिन भुर्तेलले सबैलाई अनुरोध समेत गरेका छन।

सहयोग अभियानलाई पारदर्शी बनाउन सहयोगका सबै रकमहरु फेसबुक मार्फत सार्बजनिक गरिने अभियानका अर्का सदस्य हरी भुर्तेलले बताए। यो सहयोग अभियान जारी नै छ र यस अभियानका सदस्यहरुले यसलाई अझ व्यापक बनाएर सके जति धेरै सहयोग जुटाउन लागि परेका छन् । सहयोग सानो ठुलो भन्ने हुदैन, मुख्य कुरा त यो अभियानमा एक्यबद्दता पनि हो त्यसैले यो अभियानमा एक्यबद्दता जाहेर गर्दै र सानो ठुलो सहयोग गर्न भुर्तेलले सबैलाई अनुरोध गरेका छन् ।
सहोयोगको लागि
NAME: BHURTEL B S
BSB: 012220
ACCOUNT: 420683522
मा रकम जम्म गर्न र आफ्नो नाम ट्राञ्जेक्सनमा उल्लेख गरि दिनुहुन अनुरोध गरिएको छ । थप जानकारीका लागि बुद्धि सागर भुर्तेललाई 0481159477 मा सम्पर्क गर्न सकिनेछ ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

Manoj Poudyal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349