eNepal

लुकेर बसेको लाउके झरना एकाएक चर्चामा आएपछि नुवाकोटमा पर्यटकीय क्षेत्रमा एक अर्को खम्बा थपियो

काठमाडौं -कोरोना संक्रमणले अहिले आन्तरिक तथा बाह्र पर्यटन क्षेत्रमा ठूलो असर पारेको छ। जस्को कारण कुल गाहस्थ उत्पादनमा योगदान गर्ने पर्यटन क्षेत्रले राम्रो काम गर्न नसक्दा नेपालको आर्थिक क्षेत्रमा नराम्रो असर पारेको छ। आन्तरिक पर्यटनले पछिल्लो समयमा महत्त्व पाएको बेलामा त्यो पनि कोरोना संक्रमणले ठुलो असर पारेको छ। अहिले शहरी क्षेत्रमा मानिसहरु उकुसमुकुस भएको अबस्थामा नजिकैको पर्यटकीय स्थलमा जाने र नयाँ पर्यटकिय क्षेत्र बिस्तार हुने क्रम जारी छ। यसै क्रममा पछिल्लो समय एकाएक चर्चामा आएको लाउके झरनामा आन्तरिक पर्यटक भित्रिने क्रम जारी रहेको छ । सामाजिक सञ्जालमा पर्यटकीय क्षेत्रसहितको फोटो हाल्ने होडबाजी चलेपछि पछिल्लो समय लाउके झरना चर्चामा आएको हो । नुवाकोट जिल्ला पर्यटकीय क्षेत्रका लागि प्रख्यात क्षेत्र हो । पछिल्लो २ महिनायता परम्परागतदेखि लुकेर बसेको लाउके झरना एकाएक चर्चामा आएपछि नुवाकोटमा पर्यटकीय क्षेत्रको एक अर्को खम्बा थपिएको बताईएको छ । झरनाको लम्बाई करिव १२० मीटर रहेको छ । यो संगै संगै अर्काे सानो झरना पनि रहेको छ ।

ककनी गाउँपालिका वडा न. ५ का स्थानीय रामकृष्ण गुरुङका अनुसार लाउके झरना लगभग २ महिनादेखि चर्चामा आएको हो । भविष्यमा लाउके झरना ककनी गाउँपालिकाको मात्रै परिचय रहेन । नुवाकोटको मात्रै नभई अहिले देशकै चिनारी बन्न सफल हुने आशा जनप्रतिनिधि तथा स्थानीयले गरेका छन । यो झरना परापूर्वकालदेखि बहदै आएको थियो । उक्त झरनाको चर्चा हुन थालेपछि विभिन्न ठाउँबाट झरनामा रमाउन आउनेको भिड लाग्न थालेको छ । झरना भएको ठाउँमा आएपछि त्यहाँ आउने जोकोहीले पनि मनोरञ्जनको भरपुर आनन्द लिने ठाँउ छ ।

काठमाडौँबाट पासाङल्हामु मार्ग हुँदै ककनीको मनोरम दृष्य नियाल्दै लौके झरना पुग्न सकिन्छ । काठमाडौंको बालाजुबाट झरनासम्म करिव २९ किलोमिटर दूरीमा रहेको छ । ककनीबाट करिव ६ किलोमिटर यात्रा गर्नुपर्छ लौके झरना पुग्न । झरनाको छेवैमा बस्ने व्यवस्था नभएपनि ६ किमिमा ककनी बस्न सकिन्छ । १ रात बस्न जानेहरूका लागी यो यात्रा उत्तम हुनेछ । ककनी आफैमा सुन्दर रमणीय क्षेत्र हो । त्यसमाथि पनि लाउके झरनाले स्थानीय मात्र होइन आन्तरिक पर्यटकको मन लोभ्याउन थालेको छ । यो झरना स्थानीयले पहिलेदेखि नै हेर्दै आएपनि चर्चामा आएको २ महिना मात्रै भएको छ ।

झरनामा रमाउँदै जाँदा स्वर्गमा आएको जस्तो महसुस हुन्छ । झरनामा सबैभन्दा रमाइलो पक्ष भने त्यहाँबाट पानी खसिरहेको बेला लाग्ने सप्तरंगी इन्द्रेणीले सबैलाई मन्त्रमुग्ध गराउँछ । त्यो इन्द्रेणीले लौके झरनाको सुन्दरतालाई झनै आकर्षित बनाउँछ । लौके झरनासँगै अर्को सानो झरना पनि रहेको छ । त्यसमा गएर पौडी खेल्दा झनै रमाइलो महसुस हुने गरेको स्थानी बताउँछन्

काठमाडौँबाट झरनासम्म पुग्न हराभरा हरियाली डाँडा देखिन्छ । त्यसमा नुवाकोटका परिश्रमी किसानले लगाएका विभिन्न तरकारीका फर्महरू बाटैभरि देखिन्छन् । त्यतिमात्र नभएर जापानिज रेन्बो ट्राउट माछाका पारखीहरुलाई छ झनै लोभ्याउछ ककनीले । बाटाको छेउमा खुलेका ट्राउटका फार्म सहितका रेष्टुरेन्टले पर्यटकलाई तानिरहेको हुन्छ । ककनी ट्राउट माछाका लागि प्रख्यात छ । जिउँदो र ताजा ट्राउट माछा यहाँ पाईन्छ लेखिएका बोर्डहरु धेरै देखिन्थे । ककनी पुगेपछि सीम्ले गाउँ जानुपर्छ । त्यहाँबाट सीम्ले गाउँ जादा बाटोमा लीखु खोलाको फाँटले झनै रोमाञ्चक बनाउँछ । त्यसपछि विभिन्न हिमालका मनोरम दृश्यहरु पनि देख्न पाईन्छ । ककनी हाईकीङ र ट्रेकिङका लागि पनि प्रख्यात क्षेत्र हो।

लाउके झरना पहिलदेखि नै थियो । हामीलाई पर्यटकीय स्थलका बारेमा थाहा थिएन । तर पछिल्लो समय विभिन्न स्थानबाट रमाइलो गर्नलाई यहाँ आउन थालेपछि हामीलाई यसको महत्व थाहा पाएको स्थानीय राजु गुरुङ बताउँछन । उनले भने, “यो झरना चर्चामा आउन सकेको थिएन । एकाएक चर्चामा आयो । गाउँपालिका, रानीपौवा बजार लगायतका मानिसहरु आएपछि उनीहरुले फेशबुकमा हालेपछि एकाएक चर्चामा आएको हो ।” हाल काठमाडौदेखि आनन्द लिनको झरना हेर्न शनिबार भिड लाग्ने गरेको उनको भनाई छ ।

लाउके झरनालाई पर्यटकीय क्षेत्र बनाउन पहल गरिरहेका सीम्ले रामदान टोलका स्थानीय राजेश गुरुङले बताए । उनका अनुसार वडा र गाउँपालिकामा लाउके झरनालाई अझै ब्यवस्थित बनाउन माग गरेपछि सकारात्मक प्रतिक्रिया पाएको छ । लाउके झरना पर्यटकीय क्षेत्र बनेपछि रामदल टोललाई होमस्टे बनाउने पनि योजना रहेको उनको भनाई छ । यसका लागि पहल भईरहेको उनले बताए । उनले भने, “त्यहाँ रेष्टुरेण्ट, होटल बनाउनु पर्ने छ । गर्मीको सिजनमा छाँगाको शितलले एकदम आनन्द आउँछ । त्यहाँसम्म पुग्यो भने आफ्ना दुःख, पिडा वा कष्टहरु पनि पिडा हराईदिने महसुस गर्छन । त्यस्तै हामीले रामदल टोललाई होमस्टे गाउँ बनाउने पनि योजना रहेको छ ।” लाउके झरनालाई अझै ब्यवस्थित गर्न सकेमा गाउँमा अझै पर्यटक भित्राउन सकिने स्थानीय रामकृष्ण गुरुङ बताउँछन् । परम्परागत खेति किसानी गर्ने स्थानियहरु पर्यटक आउन थालेपछि होटल व्यवसायमा लागेका छ्न।

ककनी गाउँपालिक वडा ५ का अध्यक्ष राम लामा थिङ
लुकेर बसेको लाउके झरनासम्म पर्यटक ल्याउन आफूले गर्ने पहल पूर्ण रुपमा रहने ककनी गाउँपालिक वडा ५ का अध्यक्ष राम लामा थिङ बताउँछन् । आफ्नो वडामा यति रमाइलो झरना छ भनेर थाहा नभएको उनको भनाई छ । उनले भने, “यो भन्दा अघि मलाई पनि थाहा थिएन । अलि कुनापट्टि रहेछ । अव यसलाई डीपीआर गर्छु । आउने बाटो र माथि काउले थाना हुँदै टोखा रोडसम्मको लागि डिपीआर गर्ने छुँ । झरनासम्म जानको लागि बाटो भने तत्काल पुरा गर्छु ।” तत्काल झरनाको छेउमा फोटो खिच्नको लागि ब्यवस्था मिलाउने उनले बताए । झरना लामो भएकोले नुवाकोटमा नै नमुना झरना हुनसक्ने अध्यक्ष थिङले बताए । ककनी गाउँपालिका वडा नं. २ का अध्यक्ष केदार पौडेल झरनासंग फोटो खिचेर सामाजिक सञ्जालमा हालेको देख्दा आफूलाई जान मन लागेको र घुम्न पाउँदा धेरै रमाइलो भएको ककनी गाउँपालिका वडा नं. २ का अध्यक्ष केदार पौडेलले बताए । उनका अनुसार आफूले सोचेको भन्दा धेरै राम्रो पाएको छु ।

पर्यटकहरु भित्र्याउन लौके झरनाले धेरै पहल गर्ने छ । लुकेर रहेको लाउके झरना नुवाकोटको नै चिनारी बन्ने ककनी गाउँपालिका वडा नं ४ का अध्यक्ष दिपेश तामाङले बताए ।ककनी गाउँपालिका वडा नं ४ का अध्यक्ष दिपेश तामाङ
पर्यटकहरु भित्राउनको लागि झरनाले ठूलो सहयोग गर्ने उनको भनाई छ । उनले भने,“आफूपनि कार्यपालिका सदस्य रहेकाले झरनाको विकास गर्न बजेट छुट्याउनमा लविङ गर्ने छु । वडा र गाउँपालिकाबाट मात्रै नभएर प्रदेश र केन्द्रसम्ममा पनि पहल गर्न भूमिका निर्वाह गर्ने छु ।” मनमोह दृष्यको साथै गणेश हिमालको दृष्य पनि देख्न सकिन्छ । ककनीबाट लीखुखोला फाँट, शिवरात्री डाडा र शिवपुरीका साथै काठमाण्डौंका दृश्यहरु पनि देख्न सकिन्छ ।

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal