नेपाल हिन्दू समाज अस्ट्रेलियाले अस्ट्रेलियाका विभिन्न शहरहरुमा लागि २०७७ सालको लक्ष्मीपूजा तथा भाइटिकाको शुभसाइत निर्धारण गरेको छ।
पञ्चाङ्ग समितीका अनुसार सबै राज्यमा छुटाछुट्टै लक्ष्मी पुजा र भाई टिकाको शुभसाइत जुरेको छ। सिड्नीमा लक्ष्मी पुजाको शुभसाइत १४ नोभेम्बरको सन्ध्या ७: ४२, मेलबर्नमा सन्ध्या ७:५९, ब्रिजवेनमा सन्ध्या ८: ३४, एडिलेडमा सन्ध्या ८: १८ बजे जुरेको छ। त्यस्तै क्यानबेरामा सन्ध्या ७: ४६, तास्मानियामा ८: ०२ , पर्थमा सन्ध्या ८: १८ अनि डार्विनमा सन्ध्या ७: १२ मा लक्ष्मी पुजाको साइत जुरेको छ।
त्यस्तै यस बर्षको भाई टिकाको शुभसाइत १६ नोभेम्बरको मध्यन्तार सिड्नीमा २: ०४ देखी ४: ५१, मेलबर्नमा २: ३० देखी ५: २१, ब्रिजवेनमा १२: ५४ देखी ३: ३६, एडिलेडमा २:२५ देखी ५: १२ बजेको साइत जुरेको छ। त्यस्तै क्यानबेरामा २: १३ देखी ५:०१, तास्मानियामा २: २४ देखी ५: १९, पर्थमा १: २४ देखी ४: १० अनि डार्विनमा १: ४८ देखी ४: २० मा साइतको टीका लगाउन सकिने समितिले जनाएको छ।