eNepal

डेमोक्र्याट जो बाइडन संयुक्त राज्य अमेरीकाको ४६औं राष्ट्रपति बन्न सफल

डेमोक्र्याट जो बाइडनले शनिबार राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गरेर संयुक्त राज्य अमेरीकाको ४६औं राष्ट्रपति बन्न सफल भएका छन्। कोरोना जस्तो ऐतिहासिक महामारी अनि त्यसपछि सृजीत आर्थिक र सामाजिक उथलपुथलको संगमले ग्रस्त राष्ट्रको नेतृत्व अब बाइडनले गर्ने छन्।

उनको जीत तीन दिन भन्दा बढि अनिश्चितताको पछि सम्भव भएको हो। अमेरिकी सञ्चार माध्यमहरूका अनुसार पेन्सलभेनिया राज्यको मतगणना सकिएसँगै बाइडेनका लागि ह्वाइट हाउस प्रवेशको बाटो खुलेको हो ।

जितका लागि महत्त्वपूर्ण मानिएको पेन्सलभेनियाको मतपरिणाम आएसँगै बाइडेनले जितका लागि आवश्यक २ सय ७० इलेक्टोरल भोटको आँकडा पार गरेका हुन् । 

अमेरिकामा नोभेम्बर ३ मा राष्ट्रपति पदका लागि मतदान भएको थियो । सन् १९०० पछिका राष्ट्रपति चुनवमा सबैभन्दा बढी मतदान भएको बताइएको छ । राष्ट्रपतिमा विजयी बाइडेनले यो निर्वाचनमा ७ करोडभन्दा बढी भोट प्राप्त गरिसकेको र यसअघि कुनै पनि अमेरिकी राष्ट्रपतिले यति धेरै भोट पाएका थिएनन्।  सन् २००९ देखि सन् २०१७ सम्म बाराक ओबामाका उपराष्ट्रपति रहेका बाइडन दशकौँको अनुभवप्राप्त, विदेशनीतिका ज्ञाता अनि प्रखर वक्ता राजनीतिज्ञका रूपमा परिचित रहेको बीबीसीले जनाएको छ ।

Related posts

हरि खड्काको नेतृत्वमा एनआरएनए भिक्टोरीयाको कार्यसमिती निर्विरोध चयन (सुचीसहित)

Manoj Poudyal

अस्ट्रेलीयाको नेपाली समुदाए र नेपालमा भैपरि आउने संकटमा सदैव अग्रसर छु: बवीन मिश्र

Manoj Poudyal

प्रबासी नेपाली बिधार्थी संगठन अस्ट्रेलियाको एनएसडब्लु राज्य कमिटि बिस्तार

Manoj Poudyal

किन ढिला गरिदैछ तास्मानियामा निर्वाचन आयुक्त घोषणा गर्न,यसपाली कसको समुहले मार्ला बाजी

Manoj Poudyal

प्रवासी नेपाली विधार्थी संगठन अस्ट्रेलियाको केन्द्रिय कमिटी विस्तार

Manoj Poudyal

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौं पटक प्रधानमन्त्रीमा नियुक्त

Manoj Poudyal