जैतुन (ओलिभ/Olive) को खेती गर्ने तरिका
जैतुन एक सदबहार रुख हो । यसको पात प्रत्यक २-३ बर्षमा फेरिन्छ । यसको हाँगा फकृने खालको हुन्छ तर राम्रो काँटछाँट गरेमा राम्रो रुख बन्छ यसको जरा बलियो हुन्छ र सतहको माटोमा मज्जाले फैलिन्छ । जैतुनको रुखको उचाई ३० फिटदेखी ५० फिटसम्म हुन्छ । यो धेरै समयसम्म बाँच्ने रुख हो । यसको आयु सरदरमा ५००-१००० बर्षसम्म हुन्छ । यसको फलको तेल स्वास्थ्यको लागी निकै फाईदा जनक मानिन्छ ।
खेती प्रविधि:
नेपाल मा जैतुनको खेती समुन्द्र सतहबाट १०५० मिटरदेखी २३०० मिटरसम्म गर्न सकिन्छ । हिँउ धेरै पर्ने ठाउँमा यसको खेती राम्रो हुँदैन । घाम लाग्ने, मलिलो माटो, चिस्यान बढी भएको र सिंचाई प्रसस्त भएको ठाउँमा जैतुनको खेती राम्रो हुन्छ ।
जैतुन लगाउँदा मिटरको दुरिमा विरुवा रोप्नुपर्छ । १ रोपनी मा १०-१५ बिरुवा लगाउन सकिन्छ , जैतुन खेतिको लागी माटोको PH लेभल ५ – ८.५ राम्रो हुन्छ । जैतुनले रोपेको ३ देखी १२ बर्षमा जात हेरी फल दिन्छ । Arbequina, Koroneliki जात ले ३ बर्षमा फल दिन थाल्छ । बिभिन्न जातका जैतुन लगाएमा परागसेचन (Pollination) मा मद्दत पुगी धेरै फल्छ ।एउटा बयस्क जैतुनको रुखमा २०० देखी ५०० किलो जैतुन फल्छ ।३ देखी ५ केजी जैतुनबाट १ लिटर ओलिभको तेल निकाल्न सकिन्छ । ( राम्रो ब्रान्ड हरुले १५ केजिबाट १ लिटर तेल पनि निकाल्छ्न )
नेपालमा जंगली जैतुनहरु पाइन्छ । (Olea Cuspridate डोल्पा, रुकुम, हुम्ला, बाजुरा Olea Glandulifera बजाङं) जर्मनिका ब्यबसायी हार्ट मुर्ड बौडरले मकवनपुरको चित्लाङमा जैतुन खेती ब्यबसायिक रुपमा गरेर उत्पादन लिईसकेका छन । अन्य ठाउमा पनि यसको खेती हुँदै छ (कालिकोट , भोजपुर , बाजुरा)
बजार :
बिश्व बजारमा जैतुनको माग अत्याधिक छ । नेपाली बजारमा जैतुनको तेल २५०० देखी ३००० सम्ममा बिक्री हुन्छ । साथै यसको हरियोमै अचार बनाएर पनि बेच्न सकिन्छ । एउटा बोट ५०० देखी १००० बर्ष बाच्ने हुँदा पुस्तौं पुस्तासम्म जैतुनको खेती राम्रो आम्दानिको श्रोत बन्छ ।