eNepal

सिद्धार्थ बैंकले कृषि तथा पशुपालन व्यवसाय प्रर्वद्वन उद्देश्यका साथ १० करोड रुपैयाँसम्मको कर्जा सुविधा उपलब्ध गराउने

काठमाडौं – सिद्धार्थ बैंक लिमिटेडले कृषि तथा पशुपालन व्यवसाय प्रवद्र्धन तथा विकासमा टेवा पुर्याउने उद्देश्यका साथ १० करोड रुपैयाँसम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्न ‘व्यावसायिक कृषि तथा पशुपालन कर्जा’ योजना सञ्चालनमा ल्याएको छ।

कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवद्र्धन गरी देशमा उत्पादन एवं रोजगारी अभिवृद्धि गर्ने उद्देश्यका साथ बैंकले यो कर्जा सुविधा ल्याएको हो। कृषि क्षेत्रको विकासमा मध्यनजर गर्दे बैंकले प्रवाह गर्ने यो कर्जा सुविधाले ग्राहकलाई कृषि तथा पशुपालन व्यवसायमा संलग्न हुन अझ बढी हौसला पुग्ने र कृषि क्षेत्र विस्तारै आधुनिकीकरण एवं व्यावसायीकरणतर्फ उन्मुख हुने विश्वास बैंकको छ।

यस सहुलियतपूर्ण कर्जामा बैंकले आफ्नो आधार दरमा अधिकतम २ प्रतिशत प्रिमियम थप गरी ५ प्रतिशत ब्याज अनुदान उपलब्ध गराउने व्यवस्था रहेको छ। यस योजनाअन्तर्गत ग्राहकले १० करोड रुपैयाँसम्मको कर्जा सुविधा पाउनेछन् भने कर्जा लिँदा प्रशासनिक नवीकरण शुल्क नलाग्ने बैंकले जनाएको छ।

यस कर्जा योजनाका प्रमुख विशेषताहरू निम्न बमोजिम छन् :
-रु. १० करोड सम्मको कर्जा सुविधा
-प्रशासनिकरनवीकरण शुल्क नलाग्ने
-१५ वर्ष सम्मको कर्जा अवधि ९ब्याज अनुदान ५ वर्ष सम्म प्राप्त हुने

यो कर्जा सिद्धार्थ बैंक र यूकेएड सक्षम एक्सेस टु फाईनान्स प्रोग्रामबीचको सहकार्यमा ग्राहकसमक्ष ल्याइएको देशको कृषि तथा पशुपन्छीजन्य क्षेत्रका उद्यमहरुको वित्तीय पहुँचमा वृद्धि गर्न सञ्चालन गरिएको हो। यस कर्जाका लागि आवेदन दिन तथा थप जानकारीका लागि आफ्नो नजिकैको शाखा वा बैंकको ग्राहक सेवा केन्द्र (०१-५९७००२०) मा सम्पर्क गर्न बैंकले सबै ग्राहकलाई अनुरोध गरेको छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349