eNepal

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन विजय उन्मुख

काठमाडौँ – निर्णायक राज्यहरु विस्कन्सिन र मिसिगनमा जित हात पारेसँगै अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन विजय उन्मुख भएका छन् ।

विस्कन्सिनमा (१००) र मिसिगनमा (१६) इलेक्टोरल मत रहेको यी दुबै राज्यमा २०१६ को चुनावमा ट्रम्पले जित हासिल गरेका थिए । उनले कुल ५३८ इलेक्टोलर सिटमध्ये विजयका लागि आवश्यक २७० सिट नजिक आफूलाई पुर्‍याएका छन् । नेपाली समयअनुसार बिहीबार बिहान यो समाचार तयार पार्दासम्म उनले २६४ सिटमा जित निश्चित गरेका छन् ।

उनका प्रतिष्पर्धी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिलेसम्म २१४ सिटमै आफूलाई सीमित राखेका छन्। विस्कन्सिन र मिसिगनमा जित हासिल गरेसँगै बाइडेन विजयको बाटोमा उन्मुख रहेका हुन्।

Related posts

प्रधानमन्त्री देउवाद्वारा सदनमा दुई प्रतिवेदन पेश

Dev Chapagain

अस्ट्रेलियाका यी राज्यमा लकडाउन जारी

Dev Chapagain

एनआरएनए अस्ट्रेलीया निर्वाचन: को को भिड्दैछन्, कुन राज्य छन् त अहिले सम्म निर्बिरोध

Manoj Poudyal

हरियो चुरा र मेहेन्दी बन्यो फेसन!

Dev Chapagain

आज साउने संक्रान्तिमा लुतो फाल्ने चलन कसरी भयो सुरु? लुतो फाल्न के-के चाहिन्छ र कसरी फाल्ने ?

enepal

अर्जेन्टिनालाई २८ वर्ष पछि कोपा अमेरिकाको उपाधी

Manoj Poudyal