भिक्टोरियाबासी नेपालीले गर्वका साथ नेपाली सामुदायिक केन्द्र बनाउन खडा गरेको संस्था अष्ट्रेलियन नेपाली बहुसाँस्कृतिक केन्द्रको अब दुई बर्षका लागि नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ।अवको दुई बर्षको कार्यकालका लागि राजेश आचार्यको अध्यक्षतामा १३ सदस्यीय सर्वसम्मत चयन भएको हो।
बहुसाँस्कृतिक केन्द्रको बार्षिक साधारणसभा यहि नोभेम्बर ८ तारिखका दिन भर्चुअल माध्यमबाट गरिने भएको छ भने सोही दिन नयाँ कार्यसमितीले सपथग्रहण गर्ने कार्यक्रम रहेको छ।
नेपाली कला, संस्कृतिको प्रबर्द्धन गर्ने उदेश्यले गठन गरिएको यस अष्ट्रेलियन नेपाली बहुसाँस्कृतिक केन्द्रले भिक्टोरियामा पशुपतिनाथ मन्दिर र बौध्द गुम्बासहितको बहुसांस्कृतिक केन्द्र बनाउन मेलवर्न को उत्तर पश्चिमी भेग डिगर्स रेस्ट भन्ने ठाऊँमा १५ एकड (करिब ६०,७०० बर्ग मिटर वा १२० रोपनी बराबर) जग्गा खरिद गरि सकिएको छ।
भिक्टोरीयामा बसोबास गर्ने नेपालीहरु सबैको चासोको बिषय भनेको अव कहिले सम्म बन्ला त हाम्रो सामदायिक भवन भन्ने नै छ। यसै परिप्रेक्षमा अबका चुनौतीहरु के के हुन सक्छन् भनेर ईनेपालले नयाँ कार्यसमितीको अध्यक्ष राजेश आचार्यलाई प्रश्न गरेका थियौ। उहाँको प्रतिक्रिया यस्तो रहेको छ।
सबै भन्दा पहिले त एएनएमसीको नयाँ टिमले आगामी दुई वर्षमा गर्न सक्ने कार्यलाई स्पस्टसँग सदस्यहरु मार्फत राख्ने छ। हिन्दु मन्दिर, बोद्ध गुम्बा र सामुदायिक भवन हाम्रो लक्ष रहेता पनि पनि यी सबै प्रस्ताबहरु एकै चोटी लिएर काउन्सीलमा जाँदा काउन्सीलले स्वीकृति नगर्ने अधीक सम्भावना भएको कुरा बिज्ञहरुले बताई राख्नु भएको छ।
एएनएमसीले खरीद गरेको 100 Duncans lane Diggers Rest को जग्गा Green Wedge Zone मा पर्दछ।बिज्ञहरुको जानकारी अनुसार उक्त जग्गाहरु कृषीजन्य प्रयोगको लागि प्राथमिकतामा पर्दछ। उक्त जग्गाको कृषीजन्य स्वरुपलाई धेरै परिवर्तन नगर्ने गरि मन्दिर र गुम्बा (place of worship) जस्ता संरचनाहरुका लागि काउन्सीलमा प्लानिङ परमीट एप्लिकेसन हाल्नु पर्ने हुन्छ। उक्त आबेदनका लागि अनुभवी टाउन प्लानर, बिल्डीङ डिजाईनर तथा अन्य कन्सल्टेन्टहरु नियुक्त गर्न पर्ने हुन्छ।

अहिले हामीले तत्काल गर्न खोजेको भनेको हालको संरचनालाई प्लेस अफ वर्सिप वा प्लेस अफ एसेम्ब्लीमा परिबर्तन गर्नु हो। यस प्रकारको आवेदनलाई काउन्सीलको टाउन प्लानिङ डिपार्टमेन्टले बिषेश सावधानीका साथ हेर्ने गर्दछ।
टाउन प्लानरको सल्लाह अनुसार ट्राफीक जेनेरेसन रिपोर्ट, भेजिटेसन रिपोर्ट, सोईल टेस्ट, एकोस्टीक रिपोर्ट जस्ता धेरै रिपोर्ट बनाउन पर्ने हुन सक्दछ। एउटै कन्सल्टेन्टबाट उक्त रिपोर्टहरु नबन्ने हुनाले बिभीन्न कन्सल्ट्यान्ट तथा व्यक्तिहरुसँग सेवा लिनु पर्ने हुन्छ।
काउन्सीलमा आवेदन हाले पछि काउन्सीलका निती नियमहरुसँग रुजु गर्नु पर्ने हुन्छ। काउन्सीलबाट आफ्ना सबै आन्तरिक प्रकृया पुरा भएपछि पब्लीक एसिसमेन्टस्का लागि पव्लीक एडभरटिजमेन्ट साईटमा सुचना टाँस्ने, नजीकका छिमेकीलाई चिट्ठी लेख्ने तथा अन्य माध्यमद्वारा बिज्ञापन गरिने छ।यो सबै प्रक्रिया पुरा हुनलाई कम्तीमा एक बर्षको समयावधी अन्दाज गरिएको छ।
काउन्सीलबाट प्लानिङ पर्मिट एप्लिकेसन स्वीकृत भए पछि अहिले रहेको भवनलाई पव्लीक बिल्डिङमा परिबर्तन गर्न अनगिन्ती सर्त हुनेछन् जस्तै कार पार्किङ, डिसेबल एक्सिस्, ट्वाईलेटहरुको व्यबस्था, आवाज नियन्त्रण सम्बन्धी व्यबस्था, ईलेक्ट्रिकल सेफ्टी आदी। यी सबै प्लानिङ मिट गरिसके पछि मात्र प्लेस अफ वर्सिप र प्लेस अफ एसेम्बलीको स्विकृत दिनेछ।

उक्त स्विकृती प्राप्त गरे छि उक्त भवनमा गएर अस्थाई रुपमा बौद्ध र हिन्दुको मन्दिर स्थापना गर्न सकिनेछ र सानातीना भेला जमघटहरु गर्न सकिने छ। अवको दुई बर्षमा यो लक्ष्यमा पुग्नु नै मुख्य जिम्मेवारी यो कार्य समितीलाई छ। अवको लक्ष्य पुरा गर्नको लागि कबोल गरेको दान र सदस्यता शुल्क बाँकी भए पूरै वा भुक्तानी योजनामा तिरेर यस कार्यलाई गन्तव्यमा पुर्याउन टेवा मिल्नेछ।
अन्य समुदाएहरुले निर्माण गरेको मन्दिर / सामुदायीक भवन पनि प्राय जसो यस्तै खालको जग्गा लिएर धेरै बर्ष लगाएर (पन्द्र बिस बर्ष सम्म) मन्दिरको स्वरुपमा पुगेको र यहि सोच लिएर अघी बढेको अध्यक्ष राजेश आचार्यले जानकारी गराउनु भएको छ।