कलाकारहरुको सम्मान गर्नु हाम्रो दायीत्व हो।अझ समाजलाई बिशेष योगदान दिने कलाकारहरुलाई गरिने सम्मान त अतुलनीय हुन जान्छ।आफ्नो हठ भन्दा माथि उठेर आफ्नो घर, परिवार अनि आफुले गर्दै आएको कामलाई एकातीर थाती राखेर देश र जनताको लागि केही राहत होस भन्ने हेतुले नेपाली हाँस्य व्यङ्ग्य क्षेत्रका उज्जवल नक्षत्र द्वय धर्मुस उर्फ सिताराम कट्टेल अनि सुन्तली उर्फ कुन्जना घिमीरेले एउटा उदाहरणीय कामको शुरुवात गरे।
बैसाख ११ गतेको बिनासकारी भुकम्पमा परि लगबग ९००० भन्दा बडिले ज्यान गुमाए।हजारौ मानिस घरबार बिहीन भए। कतिले आफ्ना सन्तान गुमाए त कती टुहुरापनि भए। सबै भन्दा बढि भुकम्पको चपेटामा परेको जिल्ला काभ्रेपलान्चोक जिल्लाको डाँडा गाउ वडा नः १६ पहरी बस्ती हुँदै सिन्धुपलान्चोक जिल्लाको मेलम्ची नगरपालीका वडा नः ८को गीरान चौरमा दोस्रो नमुना बस्ती बनाएर पिडीतलाई हस्तान्तरण गरि सकेका छन्।यसैलाई निरन्तरता दिन तेस्रो एकीकृत नमुना बस्तीको रुपमा महोत्तरी, बर्दिवास नगरपालिका–२ स्थित मुसहर बस्ती बनाउने उद्घोष गरि सकेका छन् र यसको सिलन्यास पनि हास्यकलाकारद्वय हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ र सरसफाइ अभियन्ता रामआशिष यादवले संयुक्त रुपमा गरि सकेका छन्।
यिनै कलाकार द्वय सिताराम कट्टेल र कुन्जना घिमीरेलाई सम्मान स्वरुप सहास नामक सँस्थाले आगामी २९ जनवरीका दिन धुर्मुस सुन्तली साँझ आयोजना गर्ने भएको छ।मेल्बोर्न स्थित थोनबरी थिएटरमा आयोजना हुने सो कार्यक्रममा नेपाली पप गायक भरत सिटौलाले पनि साथ दिने भएका छन्।स्थानिय सँघ सँस्थाहरुबाट सामाजीक कार्यका अभियन्ता द्वय धुर्मुस र सुन्तलीलाई अभिनन्दनको कार्यक्रम पनि हुने भएको छ।यसलाई सिड्नी स्थीत “द नेक्सट” नामक डान्स क्रियुले आफ्नो नृत्यको जादुले दर्शक दिर्घालाई थप मनोरन्जन दिने आयोजकले बताउनु भएको छ।
धुर्मुस सुन्तली फाउन्डेसनले सन्सार भरी रहेका नेपाली मनहरुबाट सहयोग, साथ र समर्थन पाई रहेको छ। यही साथ र सहयोगको अपेक्षाका साथ उनीहरु अस्ट्रेलीया भ्रमणमा आउने भएका हुन्।यस कार्यक्रमलाई एक्सपर्ट एजुकेसन एन्ड भिषा सर्भिसले मुख्य प्रायोजक गरेको हो।