eNepal

न्याभद्वारा खाद्य स्वच्छता र पोषण स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

अस्ट्रेलियाको भिक्टोरिया राज्यमा बस्ने नेपालीहरूको सबैभन्दा पुरानो संस्था नेपलिज एसोसीयसन अफ भिक्टोरियाको आयोजनामा गत अक्टूबर ३१ (२०७७ साल कार्तिक १५ गते) शनिबारका दिन खाद्य स्वच्छता र पोषण स्वास्थ्य सम्बन्धी एक दिवसीय जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा खाद्य बैज्ञानिकहरू डा. एकिन्द्र तिमिल्सेना, डा. फिलिप बट्टन, डा. बेद खतिवडा  र श्रुति शर्माले भोजन र पोषणका बिविध पक्षमा प्रस्तुति दिनु भएको थियो । सो कार्यक्रममा वर्तमान अवस्थामा बिकराल रूप लिएको कोविड महामारीको बेलामा खाद्यपदार्थ किनमेल गर्दा अपनाउनुपर्ने साबधानीको बारेमा पनि प्रस्तोता डा. फिलिप बट्टनले जानकारी दिनु भयो ।

कार्यक्रमको संयोजन न्याभका बर्तमान कोषाध्यक्ष डा. एकिन्द्र तिमिल्सेनाले गर्नु भएको थियो भने सह संयोजन ललिशा थापाले गर्नु भएको थियो । कार्यक्रममा उपस्थित पाहुनाहरू तथा सम्पूर्ण सहभागीहरूलाई स्वागत गर्दै न्याभले अति कमज़ोर जनसंख्यालाई मध्येनज़र गर्दै खानेकुराहरू पनि बितरण गरिरहेको न्याभका उपाध्यक्ष प्रेमराज उप्रेतीले जानकारी दिनुभयो । सो कार्यक्रमको लागि भिक्टोरीयन मल्टिकल्चरल कमिसनबाट सहयोग पनि प्राप्त भएको थियो । न्याभकी कार्यसमिति सदस्य ललिशा थापाद्वारा  कार्यक्रममा उपस्थित सहभागी र प्रस्तोता बिज्ञहरूलाई धन्यबाद ज्ञापन गर्दै कार्यक्रम समापन भएको थियो ।

स्वच्छ र सुरक्षित खाना र पोषणयुक्त आहारले शरीरलाई तंदुरुश्त राख्ने मात्र नभई बिभिन्न रोगबाट हुनसक्ने सम्भाबित संक्रमणबाट पनि बचाउने भएकोले यस महामारीको घडिमा यस्तो कार्यक्रमबाट जनस्वस्थमा सुधार हुने कुरामा दुई मत छैन । अब दोश्रो सेसन नोवेम्बर २१ मा हुनेछ ।

यस कार्यक्रमको प्रत्यक्ष प्रसारणको भिडीयो हेर्न तलको लिङ्मा क्लिक गर्नु होला।

https://www.facebook.com/enepal.net.au/videos/353497519055862/?vh=e&d=n

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

Manoj Poudyal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

Manoj Poudyal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

Manoj Poudyal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

Manoj Poudyal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349