eNepal

सयपत्रि फूलको तिहारमा मात्र होइन सधै यसको महत्त्वको चर्चा

काठमाडौं -त्यसै पनि फूल हामी सबैलाई मनपर्छ । चार्डपर्वको बेलामा त फूलको महत्व र आकर्षण नै बेग्लै हुन्छ । जब फूलको चर्चा हुन्छ, सयपत्री फूलको स्थान अग्रपंक्तिमा आउँछ । खासगरी तिहार जस्तो विशेष चार्डमा त सयपत्री फूलको महत्व शब्दमा वर्णन गरेर सकिँदैन । सयपत्री एक मात्र त्यस्तो फूल हो, जुन तिहारजस्तो चार्डपर्वमा मात्र होइन हरेक प्रकारका धार्मिक, सांस्कृतिक पर्वका साथै उत्सव र महोत्सवहरुमा समेत प्रयोग हुन्छ । सयपत्री फूल केवल पूजा गर्न मात्र होइन, सजावटको लागि पनि उत्तिकै प्रयोग गंरिन्छ ।

त्यसैपनि धार्मिक-सामाजिक कार्यक्रमहरु, उत्सव तथा वैवाहिक समारोहहरुमा विभिन्न प्रकारका फूलहरुको आफ्नै महत्व हुन्छ । ती फूलहरुमध्ये सयपत्री फूलको एउटा बेग्लै स्थान छ । सयपत्री फूलको एउटा मुख्य विशेषता भनेको यो फूल विभिन्न रंगमा फुल्छ । जस्तै, पहेँलो, सुन्तले, रातो, कलेजी, केसरी तथा सेतो । यी सबै रंगका सयपत्री फूलहरुले प्रायः हरेक चार्डपर्वमा आफ्नो मनमोहक वासना फैलाइरहेको हुन्छ ।

घरमा होस् अथवा कार्यालयमा, सवारी साधनमा होस् अथवा मन्दिरमा, सयपत्री फूलले हरेक स्थानमा एउटा बेग्लै सम्मान पाउँछ । निकै नै मन्द, कस्तूरी झैं गन्ध आउने यो फूललाई संस्कृति भाषामा स्थलपद्यम् नामले चिनिन्छ ।

१६ औं शताब्दीमा मेक्सिकोमा फुलेको सयपत्री फूल बिस्तारै-बिस्तारै अन्य देशहरुसम्म पनि फैलिन थाल्यो । विश्वभरीमा सयपत्री फूलको ५० भन्दाबढी प्रजातिहरु छन् । नेपालमा पनि सयपत्रीका एक दर्जनभन्दा बढी प्रजातिहरु उपलब्ध छन् । सयपत्री फूल नेपालमा निकै लोकपि्रय मानिन्छ । किनभने यो फूलको एउटा विशेषता के छ भने यो फूल वर्षभरी नै फुलाउन सकिन्छ ।

फूल एक प्रतीक अनेक

सयपत्री फूलको बारेमा पुरानो कथन के छ भने यसले मनुष्यको अहंकारलाई कम गर्छ र फूलको केसरी रंगले त्याग र माया-मोहको दुरीलाई दर्शाउँछ । यसबाहेक एउटै बिउमार्फत् धेरै वटा पत्रहरु एक-अर्कासँग जोडिएका कारण यो फूलको तुलनामा एउटा राम्रो नेतासँग पनि गरिन्छ ।

सयपत्रीको फूलको अर्को एउटा रोचक कुरा के छ भने यो एक मात्र त्यस्तो फूल हो, जुन सयपत्रीको एउटा सानो पत्रबाट समेत उमार्न सकिन्छ । सयपत्रीलाई फूलको तुलना शरीरको आत्मासँग पनि गरिन्छ ।

जसरी आत्मा कहिले पनि मर्दैन, केवल शरीरमात्र परिवर्तन गर्छ । यसबाहेक घरको मुख्य ढोकामा सयपत्रीको फूलको तोरण लगाउनेले घरमा नकारात्मकता रहन पाउँदैन । सयपत्री फूलको बारेमा अर्को एउटा रोचक कुरा के छ भने यो फूल ओइलाउन अथवा सुक्न थाल्यो भने पनि यसको सुगन्ध फैलिरहन्छ । यसले के सन्देश दिन्छ भने तपाईं थाके पनि, निराश भए पनि आफ्नो धैर्यको बलमा आफ्नो लक्ष्यलाई प्राप्त गर्न सक्नुहुनेछ । उर्जा तथा प्रेरणाले भरिएको यो फूलको नौरंगी रंगको महत्व पनि कम छैन ।

परम्पराको अंग

फूलहरुको सजावटको परम्परा प्राचीनकालदेखि नै चल्दै आएको छ । जब भगवान श्रीराम १४ वर्ष वनवास काटेर अयोध्या फर्किएका थिए, त्यो बेला उनको स्वागत पुष्प वर्षामार्फत नै गरिएको थियो । त्यो बेला पनि सयपत्री फूलकै प्रयोग गरिएको थियो । यसैगरी नेपालका अधिकांश चार्डपर्व अथवा उत्सवको बेला सजावट तथा अतिथिहरुलाई फूलको मालाले स्वागत गर्ने परम्परा छ, त्यो बेला पनि सयपत्री फूल नै प्रयोग गरिन्छ । भनिन्छ, सयपत्री फूलद्वारा जो कोहीको स्वागत गर्नाले उनीहरुको मान-सम्मान बढ्छ ।

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal