पाँच दिनअघि सार्वजनिक भएको भितेनको “पारा” र्यापको भिडियोमा आपत्तिजनक शब्द प्रयोग भएको भन्दै र्यापर भिटेन अर्थात समिर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई पत्र पठाएको छ । उत्त ‘पारा’ शीर्षकको भिडियो अहिले नेपालको युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा छ ।
भिटेनले आपत्तिजनक शब्द प्रयोग गरी प्रहरीलाई समेत नराम्रो बोलेर भिडियो सार्वजनिक गरेकाले कारबाही गर्न निर्देसन दिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी गराएका छन्। साइबर ब्युरोले पनि प्रहरी प्रधान कार्यालयको पत्र प्राप्त भइसकेको जानकारी दिएको छ ।