पछिल्लो २४ घण्टामा देशभर २३६४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले अध्यावधिक गरेको विवरण अनुसार थप २३६४ मा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ३ हजार ३८ रहेको छ । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख २४ हजार ८६२ रहेको मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा १७ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । नेपालको कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९०४ पुगेको छ ।