eNepal

देखासिकीको होडबाजीमा उच्छृङ्कल बन्दै छ समाज आखिरी किन!!!

हिजो काम सकेर थकित मुद्रामा घर फर्किदै थिए। क्रिसमस र नयाँ बर्षको लामो छुट्टी पछि मेलबोर्नको बजार अलिक ब्यस्त थियो। अक्सर दशैंमा काठमाण्डौं रित्तीए जस्तो मेलबोर्न पनि त्यस्तै खाली भएको भान हुन्थ्यो। शायद अरु देशबाट आएका नागरिकहरु बसोबास गरेको भएर पनि होला। यो छोटो बिदामा प्राय सबै आ आफ्ना देश गएका होलान्।बिदा मनाएर फर्किने क्रम पनि क्रमीक रुपमा बड्दै गएको देखिन्थ्यो।हिजो सम्म खाली देखिएको बजार आज अलिक भिड थियो।

“हेर्दा भर्खर नेपालबाट आए जस्ता देखिन्थे तर गफ र व्यबहार हेर्दा देश खाएर शेष भएका जस्तो आभास हुन्थ्यो”

हतार हतार ट्रेन स्टेसन दौडीदै गएँ। जम्मा पाँच मिनेटको दौरानमा थियो स्टेसन्।फटाफट आफ्नो गन्तब्य जाने प्लेटफर्म तर्फ लागे। ट्रेनले जाने सङ्केत गर्दै थियो।हतार हतार के ट्रेनमा छिरेको मात्र थिए। ट्रेनको ढोका घडक्क लाग्यो।कार्यलय समय भएकोले सिट पाउने मौका न्युन थियो।उभिएर ट्रेनको डन्डी समाउँदै गन्तब्य तिर लागे।एक स्टेसन पछि एक जोडी पनि छिरे।हेर्दा भर्खर नेपालबाट आए जस्ता देखिन्थे तर गफ र व्यबहार हेर्दा देश खाएर शेष भएका जस्तो आभास हुन्थ्यो।

बडो अजिबको ब्यवहार देखाउन शुरु गरे।हुन त देश अनुसारको भेषको सिको गरेका होलान्।तर हाम्रो समाज जहाँबाट हामी हुर्कयौ पक्कै पनि त्यो मानसिकताबाट आएका हामीलाई अहिलेनै त्यस्तो हर्कत पचाई हाल्ने स्थिती छैन।ट्रेन आफ्नो गतीमा अघि बडिरहेको थियो।ट्रेनमा मानिसहरुको कोचाकोचको अवस्था थियो।ति जोडीलाई कसैको प्रवाह थिएन।अनबरत रुपमा आफ्नो दुनियाँमा मस्त थिए।छेउमा उभिएका नागरिक जसलाई यी सब कार्य साधारण लाग्नेहरु पनि मुखा मुख गर्दै थिए।मानौ कि सबैलाई असहजको परिस्थीति श्रृजना भएको थियो।

“न त हामी नाङ्गो सँस्कृती र सभ्यतामा हुर्केर आएका हौ। हाम्रो सँस्कृतीले छाडापनलाई त्यति सजिलै पचाई सक्ने अवस्था नि भई सकेको छैन”

हुन त बेलै उरन्ठ्यौलो अनि अधबैशे, यी सव मानबिय स्वभाव हुन्।मायाँका आधारभुत तत्वहरु हुन्।तर कहिले काँही यौनको भोक र प्यासलाई केही समयको लागि आफ्नो बहसमा नराख्दा वरिपरिकालाई अपच्य हुन्छ भनेर सोच्न नसक्दा गर्नेलाई भन्दा देख्नेलाई लाज भने जस्तो हुन्छ।न त हामी नाङ्गो सँस्कृती र सभ्यतामा हुर्केर आएका हौ। हाम्रो सँस्कृतीले छाडापनलाई त्यति सजिलै पचाई सक्ने अवस्था नि भई सकेको छैन।

बिवाह गर्नु भन्दा अगाडी सम्बन्धमा बस्नु आजकाल सामन्य भईसकेको छ।लिभीङ टुगेदरको नाम दिएको यो सम्बन्धलाई आजकाल बिदेशमा मात्रै नभएर नेपालमा पनि देखिन थालेको छ।तर अहिले सम्म पनि खुलेर कसैले भन्न सकिरहेका छैनन् किनकि समाजमा त्यो आज पनि अपच्य मानिन्छ।

मेरो दुर्भाग्य भनौ या ति जोडीको।म केबल तिनीहरुको हर्कत हेरिरहें। लाग्थ्यो बिवाहीत जोडी पक्कै होईन।तर हद नागेर कामुक व्यबहार गर्दै थिए कि मानौ उनीहरु त्यो पल खेर फाल्ने अवस्थामा थिएनन् र तिनीहरुको लागि कुनै बन्द कोठा भन्दा त्यो ट्रेनको यात्रानै उत्तम समय छ आफ्नो यौवनको तृष्णा मेटाउन। ट्रेनबाट मान्छेहरु झर्ने क्रम हरेक स्नेसनमा हुँदै थियो।खचाखच भरिएको ट्रेन बिस्तारै कम हुँदै थियो।मान्छेहरु एकआपसमा मुखामुख गर्दै झर्दै आफ्नो गन्तव्य तिर फटाफट लम्किदै थिए।म पनि देखेको नदेखे झै बसिरहे।मलाई पनि असहजको परिस्थीति श्रृजना भएको थियो।तर मेरो गव्तब्य आउन अझ केही स्टेसन पार गर्नु पर्ने थियो।

“बिदेशी भाषामा लिभीङ् टुगेदर आजकाल सामान्य भई सक्यो”

सोचे हामी किन यस्तो हर्कत गर्छौ।हो हाम्रो समाज धेरै बिकर्सीत भईसकेको छ। त्यो बर्षौ कुरेर मायाँका पत्र कोरेर आफुलाई मन पर्ने व्यक्तिलाई दिनु, त्यसको नतिजा कस्तो आउने हो प्रतिक्षामा बस्नु अनि मायाँ साट्न लुकेर कतै जानु भनेको आजकाल दन्त्य कथा जस्तो लाग्छ। आजकालको मायाँ,प्रेम ज्यादै सस्तो भई सक्यो।आजकाल प्रेम गर्नलाई न त घरले रोक्छ न त समाजले। अनि बिछोड हुनलाई न त कुनै औंशी कुर्न पर्छ न त कुनै पुर्णे । बिदेशी भाषामा लिभीङ् टुगेदर आजकाल सामान्य भई सक्यो। अझ बिदेश आई सकेपछि त यो अपरिहार्य जस्तो भई सक्यो।

हाम्रो समाज अझ पनि बिदेशमा भएको छोरोको लागि सुयोग्य बधु अनि छोरीको लागि सुयोग्य बर खोज्न कस्सैकस्सीका साथ मेहीनेत गर्छन्।बिदेश गएको छोरोको लागि सरिफ बधु खोज्न सय ठाउँमा लमी पठाउँछन्।अनि बिदेश बसेकी छोरीलाई भने पछि आँखा सन्काउँछन्। किन कि छोरो कहिलैपनि बिग्रीदैन तर छोरी माथि सङ्का र उपसङ्काका घेराहरुले हेर्छ हाम्रो पुरुष प्रदान भनौदो समाज।सँधै आफ्नो छोरो सज्जन देखिन्छ भलै जति बिग्रेको होस् या जतिवटि केटी फेरेर हिडेको होस्। अझ आफुलाई मर्दाङ्गी सम्झन्छन्।तर यो समाजमा अहिले पनि छोरो जति बिग्रे पनि दोष कदापी उस माथि जाँदैन तर छोरीको सानो गल्तीलाई पनि ठुलो तवरले हेरीन्छ।किनकी हाम्रो सोचनै त्यसतै भई सक्यो।

अझ पाश्चात्य समाजको सिको गर्नेलाई त डेटीङ अनि मायाँको परिभाषा आलु प्याज खरिद बिक्री गरे जस्तो सस्तो भएको छ

बिग्रीने जसरी जहाँ गएनी बिग्रीन्छन्। उ बेलामा गाउँघरमा भन्ने थेगो “यस्तो त मकै बारीमा कति हो कति”भन्ने थेगो त्यो समयमा खुबै परिचीत थियो।अहिले केबल अलिक बडि स्वतन्त्रा भएको हो।मायाँ साट्नलाई महिनौ कुरी राख्नु पर्दैन।फेसबुक र ट्विटर जस्ता सामाजिक सन्जालले अझ सजिलो र सस्तो बनाई दिएको छ मायाँ साटासाट गर्न।डेटीङ भनेको आज भोली दैनीक चिया खाए जस्तो भई सक्यो। अझ पाश्चात्य समाजको सिको गर्नेलाई त डेटीङ अनि मायाँको परिभाषा आलु प्याज खरिद बिक्री गरे जस्तो सस्तो भएको छ।

मायाँमा फस्नु अनि भावना साटासाट गर्नु कुनै नौलो होईन र जिन्दगीलाई अगाडी बडाउन अपरिहार्य छ तर क्षणिक रम्झम् र एकछिनको रमाईलोको लागि कसैलाई प्रयोग गर्नु नितान्त गलत हो यसले कसैको जिन्दगीलाई फाईदा हुँदैन र कालान्तरमा प्रश्चाताप सिवाय अरु कोही हुँदैन।

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

Manoj Poudyal

The civilisational beauty of Pompeii

Manoj Poudyal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

Manoj Poudyal