eNepal

सुदूरपश्चिम नेपाली समाज भिक्टोरीयाको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

मेल्बर्न/ अस्ट्रेलीया

हाल सम्पूर्ण विश्व नै संक्रामक  कोरोना  भाईरससंग लड़िरहेको अवस्थामा नेपालीहरुको महत्वपूर्ण पर्व बडादशैं आइसकेको छ भने अर्को महत्वपूर्ण पर्व दीपावली पनि केही दिन मात्र पर छ । एक  ब्यक्तिबाट अर्कोमा सजिलै सर्न सक्ने भएकोले कोरोना भाईरसको संक्रमणबाट सुरक्षित रहदै चाडपर्वहरु मनाउनु पर्ने बाध्यतामा हामी छौं । सरकारले पनि सामाजिक दूरी कायम राख्दै चाडपर्वको खुसियाली मनाउन अनुरोध गर्दै आइरहेको छ । 

यसै प्रसंगमा अस्ट्रेलीयाको भिक्टोरीया राज्यमा बसोबास गर्ने सुदूर पश्चिमेली नेपालीहरुलाई एकिकृत गर्ने हेतुले खोलीएको  सुदूरपश्चिम नेपाली समाज भिक्टोरीया (Far Western Nepalese Society of Victoria) ले गत २३ अक्टुबर शुक्रवारको दिन भर्चुअल माध्यमबाट शुभकामना आदानप्रदान बिशेष कार्यक्रम आयोजना गरेको थियो। लामो समयको लक डाउन र सामाजिक दुरीबाट एकअर्कासँग भेटघाट नभएको परिस्थितीमा टाढा भएर पनि संगै भएको आभाष गराउने हेतुले सो कार्यक्रम आयोजना गरिएको आयोजक सुदूरपश्चिम नेपाली समाज भिक्टोरीयाका अध्यक्ष महादेव धानुकले जानकारी गराउनु भयो ।

https://www.facebook.com/enepal.net.au/videos/393878228275418/?vh=e&d=n

सुदूरपश्चिम नेपाली समाज भिक्टोरीयाले बर्षेनी  गर्दै आईरहेको विभिन्न सांस्कृतिक कार्यक्रमहरू मध्ये यो वर्ष भर्चुअल  माध्यमबाट सम्पन्न गरिएको यो पहिलो कार्यक्रम हो । सुदूरपश्चिम प्रदेशका माननीय मुख्यमन्त्री श्री त्रिलोचन भट्टज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विशेष अतिथिहरू अष्ट्रेलियाका लागि संघीय प्रजातांत्रिक गणतन्त्र नेपालका राजदूत महामहिम महेशराज दाहाल, भिक्टोरियाका लागि नेपालका अबैतनिक दूत चन्द्र योन्जन , भिक्टोरियाको माथिल्लो सदनमा प्रतिनिधित्व गर्ने क्लेरिण्डा क्षेत्रका सांसद मिङ हियङ्ग टाक Mr Meng Heang Tak तथा फेन्का Federation of Nepalese Community Associations of Australia (FeNCAA) का अध्यक्ष डा. राजु अधिकारी, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कँडेल, नेप्लिज एसोसियसन अफ भिक्टोरीया (न्याभ) का अध्यक्ष राम गुरूङ,  सुदूरपश्चिम नेपाली समाज केन्द्रीय समन्वय समितीका अध्यक्ष धन बहादुर बलायर, डा.गंगा राम चौधरी लगायत सबै समुदायका नेताहरु र शुभचिन्तकहरुले शुभकामना संदेशहरू आदानप्रदान भएको थियो ।

https://www.facebook.com/enepal.net.au/videos/772352526949759/?vh=e&d=n

सो कार्यक्रमको संचालन संस्थाका सचिव डा. एकिन्द्र तिमिल्सिना र लक्ष्मण संज्यालले गर्नु भएको थियो भने उपस्थित अतिथिहरू र सहभागीहरूलाई अध्यक्ष धानुकले स्वागत गर्नु भएको थियो । कार्यक्रममा सुदूरपश्चिम नेपाली समाज भिक्टोरीयाका उपाध्यक्ष द्वय प्रेमराज उप्रेती र नरेश रावलले अथितिहरूलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । सो कार्यक्रम लाई जूम प्रबिधी र फेसबुक लाईभ मार्फत संसार भरी बाट धेरै जनाले प्रत्यक्ष हेर्नु भएको थियो । सो कार्यक्रमलाइ MN TV Australia र eNepal TV Hd को Facebook पेज मार्फत पनि  प्रत्यक्ष  प्रशारण गरिएको थियो ।

https://www.facebook.com/enepal.net.au/videos/492524471707653/?vh=e&d=n

कार्यक्रममा सिजन २ का नेपाल आइडल रबी ओड, तथा सुदूरपश्चिमका चर्चित कलाकारहरू चक्र बम, अराज केशव, अनिता  चलाउने र टंक  तिमिल्सिनाले आफ्ना लोकप्रिय प्रस्तुतिहरूद्वारा दर्शक र सहभागीहरूलाई  मनोरंजन पनि गराउनु भएको थियो ।

यस वर्ष एक स्थानमा जम्मा भएर चाड पर्व मनाउन नमिल्ने अवस्थालाई मध्यनजर गर्दै विक्टोरीयन मल्टिकल्चरल कमिसनबाट यस्तो  डिजिटल कार्यक्रम आयोजना गरी चाड पर्व मनाउने प्रयोजनका लागि सहयोग प्राप्त भएको थियो  ।

Related posts

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

अमेजीङ प्यारेन्ट्सले फरक क्षमताका बालबालिका र उनीहरुका अभिभावक लक्ष्क्षित गर्दै दशै तथा दिपावली कार्यक्रम गर्दै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349