eNepal

शनिबार थप २२२५ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा  थप २२२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको जानकारी दिए ।

यससँगै देशभर सक्रिय संक्रमितको संख्या ४६ हजार ५७ पुगेको छ । त्यस्तै २४ घण्टामा २८४६ जना कोरोना संक्रमणबाट डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख ८ हजार ३३४ संख्या पुगेको छ ।

मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा १८ हजार ४  सय ५९ जना होम आइसोलेसनमा छन्। 

त्यस्तै प्रदेश १ मा  ५ हजार ९  सय २१, प्रदेश २ मा १ हजार २ सय ७८, लुम्बिनी प्रदेशमा  ३ हजार ८ सय ४२, सुदूरपश्चिम प्रदेशमा १ हजार ५७, गण्डकी प्रदेशमा १हजार ४६० र कर्णाली प्रदेशमा ८५६ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। 

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349