काठमाडौं -अहिले क्रीकेट महासग्राम पर्व आइपिएल चलिरहेको छ । यसै बिच अहिले बढी जानकारी आइपिएल समाचार र पिचक्चर दिने अन्तर्राष्ट्रिय क्रिकेट परिषदले ( आईसीसी ) नेपालमा बालबालिकाहरुले क्रिकेट खेल्दै गरेको फोटो आफ्नो सामाजिक संजालमा सार्वजनिक गरेको छ। आईसीसीले विश्वभर बिभिन्न देश र भूभागमा क्रिकेट खेलिरहेको तस्विर नियमित रुपमा आफ्नो सामाजिक संजाल ह्याण्डलमा राख्ने गरेको छ जसमा नेपालको फोटो पनि प्राथमिकतामा पर्ने गरेको छ। त्यसै शिलशिलामा पुनः क्रिकेटको सर्वोच्च संस्थाले पुनः नेपालको फोटो राखेको हो। यस्ले पनि बताउँछ कि नेपाललाई आइसिसीले कति महत्त्वका साथ हेरेको छ ।
आज बिहिबार बेलुका सार्वजनिक गरेको फोटोमा बालबालिकाहरु पहाडी भेगमा क्रिकेट खेलीरहेका छन्। फोटोको रोचक पक्ष के छ भने उनीहरुले स्टम्पको रुपमा डोकोको प्रयोग गरिरहेका छन्। पृष्टभूमिले फोटो पहाडी भेगको गाउँको भन्ने प्रस्ट देखिन्छ। फोटो स्याङ्जामा खिचिएको हो। बिश्वास भट्टराईले खिचेको फोटोमा आईसीसीले ‘फाइन लेगको, राम्रो दृश्य’ ‘A fine view at fine leg भन्दै क्यापसन लेखेको छ।
यो फोटोले जनाउछ कि नेपालको हरेक भुभागमा क्रीकेट प्रती कति लगाव छ भन्ने बुझिन्छ। यसरी नेपालको बारेमा सकारात्मक हुनुले नेपाललाई आइसिसीले कति प्राथमिकता राखेको छ बुझन सकिन्छ।