काठमाडौं -कम्पनीले यसपटक खसीबोका कम ल्याउन सक्ने भन्दै पहिलो दिनमै खरिदका लागि सर्वसाधारणको भिड लागेको छ ।
यसपटक कम्पनीले जिउँदो खसी तथा बोकाको मूल्य प्रतिकिलो ५६० रुपैयाँ तोकेको छ । जसमा प्रतिकिलो १० रुपैयाँ छुट दिएर ५५० रुपैयाँमा खसी-बोका बिक्री गरिरहेको छ ।
आइतबार साँझसम्म मकवानपुर र दाङबाट ४०५ वटा खसी-बोका थापाथली बिक्री केन्द्रमा आइपुगेको कम्पनीले जनाएको छ । यो वर्ष कम्पनीले च्यांग्रा भने खरिद गरेको छैन ।