बिभिन्न समाजिक कार्य गर्दै आइरहेको समाजिक संस्था चितवन समाज अस्ट्रेलियाले रक्तदान नै जीवनदान हो भन्ने मुला नाराका साथ ब्लड डोनेट अस्ट्रेलियाको सहयोगमा अक्टोबर १७ मा पारामाट़ा डोनर सेन्टरमा रक्तदान सम्पन्न गरेको छ।
बिशेष गरी चितवनमा जन्मेका र चितवनमा बास्थान भएको अनि प्रबासमा बिभिन्न कार्य गर्दै आइरहेका नेपालीहरुको साझा संस्था चितवन समाज अस्ट्रेलिया हो। कोरोनाले विश्व अस्थव्यस्थ भएकोबेला पनि कसैलाई रगतको कमि नहोस भनि रक्तदान गरेको चितवन समाज अस्ट्रेलियाका अध्यक्ष छबि सापकोटा ले बताउनु भयो। समाजले प्रबासमा मात्र होईन नेपालमा आपत बिपत पर्दा पनि सहयोग गर्दै आइरहेको समेत बताउनु भयो।