eNepal

जापानमा नेपाली खानाको स्वाद अब एकै छाना मुनि, आउनुहोस जमघट रेस्टुरेन्टमा

जापान -एक दशक अगाडी जापान अध्यन गर्न आउनु भएका चितवन निवासी प्रेम राज घले पछिल्लो समयमा व्यावसायिक यात्रामा अग्रसर हुनुभएको छ। बिद्यार्थी जिवनमा पाएको दुख पिडालाइ बिर्साउन ,ब्यबसायबाट सफलता हासिल गर्न सकिन्छ भन्ने उदेश्यले तथा यहाँ अध्यन गर्न आएका युवा बिद्यार्थीलाई रोजगारी दिलाउने उदेश्यले अहिले पसल हुँदै नयाँ रेस्टुरेन्ट संचालनमा ल्याउन लाग्नु भएको छ । केहि वर्षयता जापानमा अध्यन सिद्धाएर पसल सन्चालन गर्दै आएका प्रेम राज घलेले १ करोड ३० लाख रुपैँया लगानीमा नयाँ रेस्टुरेन्ट -जमघट रेस्टुरेन्ट एन्ड बार सुरु गरेका छन् ।

अक्टोबर २३ तारिखदेखी औपचारिकरुपमा सुरु हुने रेष्टुरेन्ट जापानको गुन्मा केन चियोदामाची मायबासी सिटि स्टेसनबाट ५ मिनेटमै पुग्न सकिन्छ । दैनिक १०० जना भन्दा बढि जापानी लाइ नेपाली खाना खुवाउने तथा जापानमा बसोबास गर्ने नेपालीलाई जमघट भएर नेपाली खाना खुवाउने , रमाइलो गर्ने ,भेटघाट थलो रुपमा साथै नेपालको पर्यटनमा सहयोग पुगोस भन्ने हेतुले हिमाल, पहाड, नेपालका चर्चित ठाँउहरु,विभिन्न मन्दिरहरुको सजावट र बुद्धको चित्राङ्कनको गरिएको छ । रेस्टुरेन्टमा छिर्दा, नेपालको संग्राहलय जस्तो आभास हुन्छ । रेस्टुरेन्टमा नेपाली कला सँस्कृति झल्कने बिभिन्न तस्बिरहरुको अवलोकन गर्दै खाना र नास्ताको सेवा लिन सकिनेछ।

नेपालका पुरातात्विक सम्पदा, गाँउघरको चौतारी, लेकबेसीका पोस्टरले ग्राहकलाई आकर्षित गर्ने उनको विश्वास रहेको छ। पारिवारिक भेटघाट, बैठक, विवाह, व्रतबन्ध,पास्नी, बेबी सावर, वार्षिकोत्सव तथा जन्मदिनका पार्टिहरु मनाउन परेमा बाहिर कतै जानु नपर्ने व्यवस्था पनि रहेको छ ।

सम्पूर्ण खानाका सेटहरु टिपिकल नेपाली स्वादमा पाइनेछ। रेस्टुरेन्ट भित्र क्यबिन सहित ५० जना अट्न सक्ने क्षमता रहेको छ। यो जापानमा नेपालीहरु द्वारा संचालित रेष्टुरेन्टहरु मध्ये सबैभन्दा आकर्षक तथा सुन्दर हुने उनको दाबि रहेको छ।साथै दैनिक उपभोग्य खाध्य सामाग्री खरिद गर्न चाहने ग्राहक हरुको निम्ती हलाल फुडको समेत व्यवस्था रहनेछ।

मासिक लाखौ बराबरको कारोबार गर्ने उनको लक्ष्य रहेको छ । जमघट को अर्थ भेटघाट हुने साथै सुखदुःखका कुरा गर्ने भएको हुनाले एउटै छाना मुनी बिभिन्न नेपाली परिकारहरुको स्वादसहित नेपाली कला, सस्कृति र नेपालीको समस्यालाइ समाधान गर्नको निम्ति यसरी जमघट नामाकरण गरिएको हो उनले बताए ।

नेपालको चितवन भरतपुर महानगरपालिका-१६ मा जन्मिएका घले लामो समयदेखी जापानमा व्यावसायसंगै सामाजिक काममा समेत सक्रिय रहदै आएका छन् । व्यवसायसंगै कर्पोरेट सोसियल रेस्पोन्स पुरा गर्न पनि सँधै अग्रसर घलेले नेपालीहरु जापानमा आपत बिपत्ति परेका नेपालीलाई सहयोग गर्दै आएका छ्न ।

Related posts

Mastercard Gambling Enterprises: An Overview to Playing Online

अविलास

Beste Mastercard Online Gambling Establishments: An Informative Overview

अविलास

Best Skrill and Neteller Casinos: A Comprehensive Guide

अविलास

Leading Gambling Establishments that Approve Neteller

अविलास

Online Live Roulette Bonus: A Comprehensive Overview

अविलास

Understanding Online Casino Bonuses

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349