eNepal

द ब्लाईन्ड ड्रिम्स -एक अनबरत यात्रा(भाग-२)

परबाट निलो रङ्को प्लेजर स्कुटि मेरो अगाडि आएर रोकियो।निलो स्कुटी,सेतो रङको अम्ब्रेला अनि निलो रङ्को स्यान्डल लगाएको रेश्मा हेर्दा निलो आकाशमा बादल चडेको जस्तै देखिएको थिइ।भर्खर नुहाएर फिजारिएको जस्तो केश अनि ज्यास्मिन स्याम्पुको खुस्बुको अगाडि किसनको पर्फ्युम्को खुस्बले आफ्नो अस्तित्व कतिखेर गुमाएछ पत्तो नै भएन।गौंगोरो छाला अनि गालामा डिम्पल।फेसबुकमा त मैलेसधै उनको आखाको बयान गर्थे तर आज उनको सामुन्ने उभिदा लाग्यो की उनको आँखा भन्दा पनि ति गुलाबी ओठ ओहो! यो गर्मीमा भ्यानिला आइस्कृम जस्तै खाउँ खाउँ लाग्ने। धेरैजसो त फेसबुकमा म नै सुरुमा हाइ भनेर उसलाई बोलाउँथी तर त्यति बेलामा म केही बोल्न सकिन ।उसले नै सुरुमा हाइ भनेर बोलाइ। “बिदान तिमिलाइ मैले धेरै बेर त कुराइ न नि”।तिमिलाइ त थाहा नै छ यो काठमाडौको जाम। अझै पनि केही बोल्न सकिन तर उनको ती प्यारा ओठ्बाट सोधिएको प्रश्नको उत्तर दिन जरुरी सम्झेर ईसारा मै अहँ भनेर टाउको हल्लाए।

रेश्मा आउ जाम माथी गएर कुरा गरुम्ला।स्वोयम्भु त पहिले पनि आफ्नो साथीसँग घुमिसकेको थिए म।त्यति बेलामा त्यो भर्याङ चड्न निकै बेर लागेको थियो।तर यस पाली त त्यो भर्याङ चड्न केही समय नै नलागेको जस्तो महशुश भयो। कुनै साउथ इन्डियन मुभीमा हिरोले गुन्डालाइ पिटे भन्दा फास्ट।हिड्दा हिड्दा खुट्टा दुखिसक्यो। बिदान हेर त उ त्या गएर बसुम् न।मुख खोलेर हवस् मात्र के भन्न लागेको थिएँ अलिक पर साथीहरुको झुंड रैछ।रेश्मा होइन त्यहाँ न बसुम ।आकाश नि गडगडाइ राको छ बरु उ त्यो चौतारामा बसौ।कहिले काइ त अचम्म लाग्छ ,जब केटि सङ घुम्न गयो तब पल्लो घरे काकी देखि लिएर आतेपाते च्यान्टे भ्यान्टे सप्ले देख्छन।

बिदान तिमिलाइ पानीमा भिज्न डर लाग्छ हो।मलाइ त पानीमा भिज्न असाध्यै मन पर्छ। पानी को एक एक थोपा मेरो शरिरमा स्पर्श गरेर टुकृदा लाग्छ यो सन्सारमा हरेक वस्तु नश्वर छन र त्यस्तै म पनि नश्वर छु र सोही नै मेरो आमा भैसिन्थ्यो।बिदान मेरो बिचार मा यो जीवन एक अनबरत यात्रा हो।कति बेला के हुन्छ कसैलाइ थाहा हुन्न।त्यसैलेे जति नि पल बाच्छौ हरेक पल खुसी भएर बाच्न सिक्नु पर्दो रैछ।उन्को यस्तो शब्द सुनेर म स्तब्ध भए। लाग्थ्यो धनीहरु त पैसाको मात्र भासा बुज्छन तर रेश्मा अलग थिइ। उसले पैसा होइन मन बुझेको थिइ। सानो सानो कुरामा खुसी हुन्थी।पाँच तारे होटलमा होइन ठेलामा बेच्न राखेको चट्पटे र पानी पुरी खान रुचाउथी। आहै मेरो चुल्बुली रेश्मा।माफ गर तिमिले गरेको गफ सुन्नमा भन्दापनि ध्यान तिमिले बोलेको हेर्नमा गाको छ मेरो।सारै भाग्यमानी रहेछन ती तिम्रा शब्दका झोकाहरु।तिम्रा ती गुलाबी ओठसँग सधै स्पर्श गर्न पाइराख्छन। रेश्मा अब हामी छुट्टिउ।साझ पनि निकै छिप्पिदै गैसक्यो।तिमिलाइ अबेर होला।हुन्छ बिदान म जान्छु भनेर रेश्मा आफ्नो निलो स्कुटीमा चढेर ती गाडिहरुको भिड्मा मानौ जुनकिरीले अन्धेरी रातमा आफ्नो बत्ती निभाउदा बिलाएझै बिलाइन।

कोठामा पुग्दा रातको नौ बजिसकेको थियो। यसपाली निकै प्यारो स्वरमा लेघ्रो तानेर किसन भनेर बोलाए।एकछिन त किसनले पनि सोच्दो होला मलाइ एति प्यारो स्वरले त मेरो गर्ल्फ्रेन्ड्ले नि बोलाउदैन थियो। ढोका खोलिएको आबाज आयो। कम्लेस पो रहेछ।कोठाको माहोल त खतरापो बनाको रहेछन केटहरुले।बिस्तारामा न अटेर होकि जमिनमा तन्ना ओछ्याएर बसेका थिए।खानेकुराहरुको मगमग बास्ना अनि कम्लेसको मोबाइल्मा “हे निरा जैले रेसौने भन्नी गीत”।हैन के को खुसियालिमा एस्तो पार्टी हो आज।कम्लेसको ब्रेकअपको पार्टी भन्दै किसन पेट मिचिमिचि हास्न लाग्यो। शायद उसले जोक्स गरेको होला तर न मैले बुझे न कम्लेसले। हामि हाँसेनौ केबल किसन हासेको टुलुटुलु हेरि रहेउ।हामी न हासेको देखेर किसनको हासो नि डिस्क ब्रेक लगाएर रोकियो।

ल केटाहो सितन रेडि छ फोडौ न त खम्बा। हैन के खम्बा फोड्नी कुरा गर्छन यी मोराहरु। खाट्मुनीबाट किसनले गोल्डेन ओक व्हिस्की झिकेर फोड्यो।डाम्नाहरु गोल्डेन ओक्लाइ खम्बापो भन्दो रइछन। सितन तन्नामाथी राखेर न खाउो बरु तन्नामाथी पत्रीका ओछ्यएर राखौ अनि खाउँ। यस्तो गर्दा तन्ना फोहोर नहुने कृयटिभिटी किसनले देखाइहाल्यो।चिएर्स केटा हो।व्हिस्किको हरेक सीप सङ्गै केटाहरुको मनको सपनाहरु गाग्री भरिएर पानि पोखेझै पोखिन लागे।
क्रमश:

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

Manoj Poudyal

The civilisational beauty of Pompeii

Manoj Poudyal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349