eNepal

“लेट्स डु दिस ग्लोबल” अब नेपालमा

कोभीड १९ को आतंकले गर्दा अहिले संसार नयाँ प्रारम्भको संघारमा छ । परम्परागत व्यवसायहरू सामान्य अवस्थामा छैनन् र आर्थिक मन्दीको अवस्थाले गर्दा नवप्रबर्धनात्मक सोचहरूले पनि धेरै स्थान पाउन सकेका छैनन्।

यही संकटका बीच २९ वर्षीय प्रतीक गौरी र ३९ वर्षीय शैलेन्द्र दीक्षितले संसारव्यापी रूपमा ‘लेट्स डु दिस ग्लोबल’ नामक व्यवसायको सुरुआत गरे। गौरी एक सामाजिक उद्यमी हुन्। उनले डेभोसमा वर्ल्ड इकोनोमिक फोरम र न्युयोर्कमा संयुक्त राष्ट्र संघमा भारतको प्रतिनिधित्व गरेका थिए (२०१८ मा) । दीक्षित इन्डियन स्कूल अफ बिजिनेसका एलमनाई, मार्केटिङ विशेषज्ञ र भारतका एक उत्कृष्ट कथावाचक हुन्। गौरी र दीक्षितले संयुक्त रूपमा सुरु गरेको यस व्यवसायको मूल उद्देश्य नयाँ स्टार्टअपहरूलाई प्रभावको नयाँ उचाइमा पुर्याउन सहयोग गर्नु र तथा उद्देश्यसँग जोडिएर लाभ निर्माण गर्न सहयोग गर्नु हो ।

‘लेट्स डु दिस ग्लोबल’ भारतको फ्ल्यागशिप ‘गो टू मार्केट’ इन्जिनले संसारभरिका अवसरहरू ल्याउँदैछ जसमा विश्वसनीय व्यवसायीहरू, पारिवारिक व्यवसायहरूका प्रतिनिधिहरू, करोडपतिहरू र भारत, हङकङ, जेनेभा, लन्डन, न्यु योर्क, कोस्टारिका र अफ्रिकी देशहरूका विज्ञहरू उपलब्ध हुनेछन्। संसारभरिका अति प्रभावशाली व्यक्तिहरू तथा कम्पनीहरू आफ्नो सहकर्मी भएको यस सन्जाल ‘सिक्स्थ डिग्री अफ सेपेरेसन’को अवधारणालाई दुई डिग्री भन्दा कममा ल्याउन तथा आफ्नो अगाडि आएको सबै अवसरलाई स्केल गर्न सक्षम छ ।

लाभ र प्रभावको मध्य विन्दुमा डिजाइन गरिएको ‘लेट्स डु दिस ग्लोबल’को नेपाल, भारत र विश्वभरिका सबै सरोकारवालाहरूलाई सहयोग गर्न महत्वपूर्ण भूमिका हुनेछ । फर्चयुन ५०० कम्पनीहरू, करोडपतिहरू, सामाजिक उद्यमी तथा सरकारलाई सँगै ल्याउने यस व्यावसायिक अवसरले नेपालमा देश, जनता, उद्योगधन्दा तथा व्यापारमा आर्थिक समृद्धि ल्याउँदै पाचौँ औद्योगिक क्रान्तिको लागि उत्पेरकको काम गर्नेछ । अहिले नेपालमा पाचौँ औद्योगिक क्रान्तिको (5IR) वातावरण निर्माणको लागि क्षमता प्रदर्शन गर्दै, स्थानीय रूपमा निर्मित तथा विकसित समाधानहरूको माध्यमबाट लाखौँ मानिसको जीवनमा सकारात्मक प्रभाव ल्याउने हो ।

“विश्व व्यवसायको लागि खुलेपछि, लेट्स डु दिस ग्लोबल ले ग्लोबल ब्रान्डहरूजस्तै स्थानीय ब्रान्ड तथा उत्पादनहरूले नागरिकहरूको दैनिक जीवनको हिस्सा बनाउन भूमिका खेल्नेछ । हामी यो विश्वास गर्छौं कि मूल चुनौति भनेको जमिनमा आफ्नो कान राख्नु र व्यवसाय सन्चालन गर्दा आइपर्ने गतिशील चुनौतिहरू महसुस गर्न सक्नु हो । सँगसँगै हामीले व्यवसायमा प्रभाव र लाभको पुल बनाउन ध्यान केन्द्रित गर्नु पर्दछ”, लेट्स डु दिस ग्लोबलका अध्यक्ष तथा सह-संस्थापक प्रतीक गौरी भन्दछन् ।

यस Global Go To Market अन्तराष्ट्रिय सहकार्य तथा दिगोपनको क्षेत्रमा कार्यरत हाम्रा प्रविधि विज्ञ शिव कँडेलका साथ नेपालमा कार्यालय स्थापना गर्नमा गौरवान्वित महसुस गर्दछ। कँडेल प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहनेछन्। नेपालमा व्यवसायको सुरुआत गर्न स्पष्ट उद्देश्य र जोशका साथ कँडेलको टीमले लेट्स डु दिस ग्लोबलको को माध्यमबाट विभिन्न खाद्य र पेय सेवा, स्वास्थ्य, व्यक्तिगत हेरचाह, उपभोक्ता इलेक्ट्रनिक्स, गैर-नाफामुखी संगठनहरू, अनलाइन कम्पनी, फिन्टेक, फूड टेक, सामाजिक प्रभावका ब्राण्डका साथ साझेदारी गरी सकेको छ । यस स्टार्टअपले विभिन्न उद्योगबाट उत्कृष्ट COX मनोनयन गरेको छ र ६ महिनाको लकडाउनको दौरान १० भन्दा बढी सेवाग्राहीलाई प्रवेश गराइसकेको छ । यो अवसर संसारव्यापी हो । यो वास्तविक हो । म नेपालका देशवासीलाई यसबाट बढी भन्दा बढी फाइदा लिन र अन्तराष्ट्रिय तहमा नेपालीलाई आर्थिक रूपमा पुनरुत्थान गर्न आमन्त्रण गर्दछु ।

यस अलायन्समा सुदृढ सम्बन्ध बिस्तार गर्न नेपालका दुई स्टार्ट अप Yelko (वेबसाइट निर्माणकर्ता) र Yeklo(सामाजिक संजाल) ले यस सहकार्यको माध्यमबाट आफ्नो कार्य सन्चालन भारतमा गर्ने छन् । यसबाट नेपालको स्टार्ट अप पारिस्थितिक प्रणालीलाई भारतीय प्रणालीमा एक्सपोजरको अवसर मिल्नेछ । विगतका वर्षहरूमा यो तहमा पुनरुत्थान गर्ने परिस्थिति संसारले देखेको थिएन । अहिले हरेक व्यक्तिमा आफ्नो व्यक्तिगत जिन्दगी,,समुदाय, सहर, देश र ग्रह कस्तो बनाउने भन्ने जिम्मेवारी आफूमा नै निहित छ ।

सँगसँगै हामी सक्छौँ ।

Related posts

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि निर्वाचित

Manoj Poudyal

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान जारी

Manoj Poudyal

नेपाली फुटबल टोलीका खेलाडीहरूलाई प्रतिव्यक्ति ५ लाख रुपैयाँ मन्त्रिपरिषद्को निर्णय

Manoj Poudyal

नेपाली टोलीको विमानस्थलमा भव्य स्वागत, रोहित चन्द भने मालदिभ्सबाट सिधै इन्डोनेशिया गए

Manoj Poudyal

हास्य कलाकार मनोज गजुरेलले गरे विवाह

Manoj Poudyal

मन्त्रिपरिषद् विस्तारः रक्षामा मिनेन्द्र रिजाल, कानूनमा दिलेन्द्रप्रसाद बडु

Manoj Poudyal