अशोक टन्डन
बुटवल – नेपाल संघीयता गएपछिको पहिलो निर्वाचनमा बिशेष गरि प्रदेश नम्बर ५ मा राजधानी दाङ वा बुटवल बनाउने होडमा मतदाताललाई आफ्नो क्षेत्रमा राजधानी बनाउने प्रतिबद्धता साथ चुनाव प्रचारप्रसार गरिएको थियो। दोस्रो बरीयताका वामपन्थी नेताको बाहुल्य रहेको प्रदेश नं ५ को राजधानी कहाँ बनाउने विषय पेचिलो बन्दै गएको थियो। निर्वाचनका समयमा बुटवल र दाङलाई प्रदेश राजधानी बनाउने जोडबलसहित चुनावी प्रचार गरेका नेता अहिले आएर संकटपूर्ण अवस्थामा थिए। प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेल दाङ जिल्लाकै भएको हुँदा आन्तरिक रुपमा उनले दाङलाइ राजधानी बनाउने अभिप्रायका साथ अहिले बुटवलबाट सेवा दिइरहेको भएपनी राजधानी घोषणा गरेका थिएन। संविधान तह प्रदेशसभालाई राजधानी र प्रदेशको नामकरण गर्ने अधिकार भएपनी सहमति जुट्न नसकेपछि अहिलेसम्म नामकरण र राजधानी तोकिएको थिएन। अहिले आएर सत्ताधारी पार्टीका शिर्ष नेताको मतलाई जुटाएर अहिले दाङको राप्ती गाउँपालिकाको भालुवाङ आसपासको क्षेत्रलाई समेट्ने गरि प्रदेश सभामा कानुन मन्त्रीले राजधानी र प्रदेश नाम प्रस्ताव पेस गरेका छन। प्रदेशसभामा सत्ताधारी पाटीको बहुमत भएको हुँदा अन्तिममा यो प्रस्ताव पास हुनेमा कुनै शंका छैन। आन्तरिक रुपमा दाङ ,प्युठान, अर्घाखाँचीको उत्त भु- भागमा राजधानी बनाउने सहमति भएपछि उत्त प्रस्ताव प्रदेशसभामा पेस गरिएको बुझिएको छ ।
केही समयदेखि एउटै पार्टीका नेता राजधानीको विषयमा मत विभाजित भएपछि राजधानी तोक्ने मुद्दा झन् पेचिलो बनेको थियो । प्रदेशसभाको पहिलो बैठकले राजधानी रहने स्थान र नामकरण गर्ने संवैधानिक प्रावाधान छ । प्रदेशसभाका धेरै बैठक बसे तर अहिलेसम्म राजधानीको नाम र प्रदेश राजधानी घोषणा गर्न नसक्दा जनतामा असन्तुष्ट छाएको थियो। नेकपाका दुई नेता महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य शंकर पोखरेलले जोडतोडका साथ प्रदेश राजधानीका विषयलाई चुनावी नारा बनाएका थिए । नेकपाका अर्का नेता कृष्णबहादुर महरा पनि दाङ राजधानी बनाउने विषयमा तीव्र लबिङमा थिए । प्रदेशसभामा निर्वाचित उनकै पार्टीका प्रदेश सदस्य बुटवलमा राजधानी बनाउने विषयमा अडिग भएका कारण प्रदेश राजधानी तोक्न सकेको थिएन।
नेकपा महासचिव पौडेलले विभिन्न कार्यक्रममा बुटवलबाहेकका स्थानमा राजधानी तोकिए आन्दोलन चर्काउने चेतावनीसमेत दिएका थिए । ‘प्रदेश ५ को राजधानी बुटवलबाहेक अन्यत्र हुनै सक्दैन’, उनले भनेका थिए, ‘प्रदेश विभाजनविरुद्धको आन्दोलनजस्तै सडकमा मानवसागर उत्रिनेछ।’ उनले पटकपटक भन्दै आएका थिए तर अहिले आएर उनि मौन छ्न जस्को कारण हुनसक्छ अहिले नेकपामा शिर्ष नेताबिच राजधानी दाङ बनाउने बिषयमा एकमत सहमति भएको बुझिएको छ । नेकपाका अर्का नेता कृष्ण बहादुर महराले समग्र प्रदेशको समृद्धिका लागि दाङमै राजधानी हुनुपर्छ भन्दै आएका छन। दाङमा राजधानी तोक्दा सबैलाई सेवा लिन सजिलो हुने हुँदा दाङ बाहेक अन्यत्र राजधानीको विकल्प छैन , यसका लागि राजनीतिक रूपमा सहमति हुनेछ भनेका थिए। बुटवलबाहेक स्थानमा राजधानी तोकिए आन्दोलनका लागि सडकमा मानवसागर उर्लिन्छ भन्दै निर्वाचन बेला भाषण गर्दै हिड्ने विष्णु पौडेल अहिले मौन हुनुने आन्तरिक रुपमा राजधानी दाङमा राख्ने सहमति भएको बुझिएको छ।
केही समय अगाडि दाङमा विभिन्न आयोजित कार्यक्रममा नेकपा नेता कृष्णबहादुर महराले पुरानै अडान दोर्याए। ‘समग्र प्रदेशको समृद्धिका लागि दाङमै राजधानी हुनुपर्छ । यसका लागि राजनीतिक रूपमा सहमति हुनेछ ।’त्यो बेला प्रदेश ५ को मुख्यमन्त्रीका रूपमा चर्चा पाएका नेता शंकर पोखरेलले दाङ नै राजधानी हुने विषय जोडतोडका साथ राख्दै आएका थिए । निर्वाचन अघि र विजयी भएपछि पनि उनले दाङ पुगेर मतदातालाई राजधानीका विषयमा शंका नगर्न आग्रह गरिरहेका थिए।
यसअघि प्रदेशको अस्थायी राजधानी कहाँ राख्ने विषयमा पूर्वाधार अध्ययन समितिले बुटवल र दाङका भौतिक संरचनाको अध्ययन गरेको थियो । दुवै स्थानमा भएका पूर्वाधारको विषयमा प्रतिवेदन सरकारलाई बुझाएको थियो। पूर्वाधार अध्ययनका लागि बुटवल र दाङ आएको टोलीले स्थानीय व्यवसायी, राजनीतिक दलका नेतासँग छलफलका क्रममा संरचना उपयुक्त रहेको बताएको थियो।
केन्द्रीय राजनीतिमा प्रभाव पार्न सक्ने नेताको भीड रहेका कारणले पनि प्रदेश ५ को राजधानी मुद्वा रोचक बन्दै गएको थियो । प्रदेश ५ नेकपाका उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य घनश्याम भुसाल, गोकर्ण विष्ट , प्रदीप ज्ञवाली, टोपबहादुर रायमाझी , बर्षमान पुन ,कृष्ण बहादुर महरा ,छविलाल विश्वकर्मा र शंकर पोखरेलको निर्वाचन क्षेत्र हो । यी नेतामध्ये वामदेव गौतम मात्रै पराजित भए । अरु नेता यहि प्रदेशबाट विजयी भएर प्रतिनिधिसभामा छन् ।
वामपन्थी दलका दोस्रो बरीयताका नेताको बाहुल्य भएको प्रदेश भएकाले राजधानीको विषय राजनीतिक सहमतिका आधारमा टुंग्याउनुपर्ने धेरैको मत थियो। राजनीतिक छलफल र सहमतिका आधारमा प्रदेश राजधानी तोकिने भएकाले जनता विभाजन गर्ने काम गर्न नहुने घनश्याम भुसाल बताउँदै आएका थिए। ‘जनसंख्याका आधारमा बुटवल राजधानी हुनु राम्रो देखिन्छ, भूगोलका आधारमा दाङ राम्रो हुने भन्दै आएका थिए।, ‘यो प्रदेशसभा छलफलबाट टुंग्याउने विषय हो । चुनावी नारा बनाउनु हुदैन्थो उनले भनेका थिए। यसलाई अब राजनीतिक छलफलका आधारमा टुंग्याउनुपर्छ । नभन्दै सत्तारुढ पार्टी भित्र एक किसिमको सहमति भएको बुझिएको छ ।
बुटवल र दाङलाई प्रदेश राजधानी बनाउने विषयमा कांग्रेसका नेता पनि विभाजित छन् । भूगोलअनुसार नेता बाँडिएपछि राजधानी कहाँ हुने भन्ने विषयको अन्योल झन् बढ्दै गएको थियो । तेतिबेलाको देउवा सरकारलाई प्रभावमा पारेर बुटवलमा अस्थायी राजधानी तोक्न पूर्वी क्षेत्रका कांग्रेसी नेता सक्रिय थिए । कांग्रेस नेता बालकृष्ण खाँडको गृहजिल्ला भएकाले देउवा सरकारलाई अस्थायी राजधानी तोक्दा रूपन्देही पार्न जोडबल लगाएका थिए। रूपन्देहीबाट प्रतिनिधिसभामा निर्वाचन जितेका भरत शाह र प्रमोद यादवसहित पराजित नेता पनि राजधानी बुटवल तोक्न प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पुगेका थिए । पराजित भए पनि जनतामाझ राखेका एजेन्डा पूरा गर्न आफूहरू लागिपरेको प्रदेशसभाका उम्मेदवार महेशमान सिंहले बताए।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, विमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनीसहित पूर्वाधार विकास भइसकेकाले बुटवल राजधानीका लागि उपयुक्त हुने पूर्वतर्फका नेताको दाबी छ । साविक लुम्बिनी अञ्चलको केन्द्र बुटवल बहुल जनसंख्याको पायक पर्ने स्थान रहेको उनीहरूको तर्क थियो। पश्चिमतर्फका नेताले मध्यभागमा पर्ने र प्रशस्त खाली भूभाग रहेकाले दाङ उपयुक्त हुनेमा जोड दिएका थिए । नयाँ स्थानमा राजधानी बनाउँदा विकासले समेत फड्को मार्ने भएकाले दाङ उपयुक्त हुने उनीहरूको तर्क थियोे । बुटवललाई राजधानी तोक्ने विषयसँग प्रदेश विभाजनविरुद्धको आन्दोलनसमेत जोडिएको थियो । संविधान संशोधनको प्रस्तावमा प्रदेश ५ बाट पहाडी जिल्ला टुक्र्याउनेविरुद्धको आन्दोलनमा दाङ, बर्दिया, बाँकेबाहेकका ९ जिल्ला सहभागी थिए । रोल्पा, रुकुम र प्युठानसमेत प्रदेश ५ बाट पहाडी जिल्ला टुक्र्याउन नहुने पक्षधरमा थिए ।
अहिले प्रस्ताव प्रदेशसभा पुगिसकेको छ आन्तरिक रुपमा सत्ताधारी पार्टीमा सहमति भएको हुँदा यस्मा एकमत हुनेमा कुनै शंका छैन। प्रत्यक्षतर्फ ५२ जना सांसद निर्वाचित भएका छन् । त्यसमध्ये बुटवल राजधानी राख्ने पक्षमा ३० सांसद थिए । साविक लुम्बिनी अञ्चलका यी सांसदले चुनावी नारामै प्रदेश राजधानी बुटवलमा हुने समावेश गरेका थिए । २२ जना सांसद पश्चिमतर्फका छन् । समानुपातिकतर्फ ३५ जना सांसद छन । । प्रत्यक्षतर्फका ५२ सिटमध्ये नेकपाका ४२ कांग्रेसले ७, संघीय समाजवादी फोरमले तीन सिट जितेका छन्। यसरी हेर्दा अब प्रदेश न ५ को राजधानी दाङमा हुनेमा पूरा बिस्वत हुन सकिन्छ ।
आन्तरिक रुपमा मुख्यमन्त्री शंकर पोख्रेललाई जसरी भएपनी राजधानी दाङ बनाउने कसरतमा थिए। तेहि भएर राजधानी र प्रदेश नामकरणमा आलटाल गर्दै आएको बुझिएको छ। जस्को लागी प्रादेशिक राजधानीका विषयमा दाङमा पटकपटक पूर्वाधार निरीक्षण गरिएको थियो। मध्यपश्चिमाञ्चल क्षे त्रीय प्रशासक एवं राजधानी पूर्वाधार अनुगमन समितिका संयोजक सुरे श प्रधान नेतृत्वको टोलीले दुई दिन लगाएर जिल्लामा पूर्वाधारको अवस्था र संरचनाबारे अध्ययन निरीक्षण गरेको थियो। तर दाङको कुन ठाउँमा राजधानी राख्ने बिषयमा कभिन्स हुन नसक्दा बिषय अन्योलमा परेको थियो। दाङमा राख्ने तर कुन क्षेत्रमा राख्ने भन्ने दुबिधा थियो ।
दाङमा केकस्ता संरचना एवं पूर्वाधार छन् भन्ने विषयमा अध्ययन गरी प्रतिवेदन बुझाउनुपर्ने भएकाले यहाँका पूर्वाधारको व्यवस्थापन गर्न निरीक्षण गरिएको संयोजक प्रधानले जानकारी दिएका थिए । टोलीले दाङका विभिन्न १५ वटा सरकारी तथा गैरसरकारी संस्थाका भवनको स्थलगत निरीक्षण गरी प्रतिवेदन पेस गर्ने तयारी गरेको थियो तर अहिले भौतिक संरचना नभएको क्षेत्र भर्जिन ल्यान्डको रुपमा चिनिने भालुवाङ क्षेत्रलाई राजधानी बनाउने निर्णय गरियो। जुन क्षेत्र केही समय अगाडि ब्यापारीक केन्द्र भएपनि अहिले आएर सुस्ताएको छ। त्यो क्षेत्रमा एलानी जग्गा प्रशस्त भएको हुँदा प्रदेश सरकारलाई भौतिक संरचना बनाउन र आवस्यक नयाँ शहर बसाल्न पनि सजिलो हुने साथै सबैक्षेत्र सुबिधाको हिसाबले पायक पर्ने बुझिएको छ । जुन क्षेत्र वन बढी भएको क्षेत्र पर्छ जहाँ अहिले बसोबास गर्ने धेरै जसोको नाममा लालपुर्जा छैन तर जमिन उपभोग गरिरहेका छ्न। यस्ले गर्दा अर्घाखाँचीको सितगङ्गा नगरपालिकाको बिकास हुन नसकेको क्षेत्र ,प्युठानको केही क्षेत्र, दाङ भालुवाङको उत्त क्षेत्रमा आगामी दिनमा योजना सहित नयाँ शहरको बिकास हुने बिज्ञहरु बताउँछ । सेवा केन्द्रका हिसाबले पनि उत्त भूगोल उपयुक्त भएको जानकार हरु बताउछन् ।