झल्याँस्स बिउँझिए म ।ओहो रात पनि कती चाडैं बितेको ।लाग्छ यसरी नै द्रु्त गतिमा समय बित्ने हो भने धेरै दिन उनको नजर अघि बस्न पाउँदिन। एकातिर बुबाको सपना चाँडो साकार गर्नु छ अर्कोतिर तिम्रो नजर बाट चाडैं टाढा हुन्छु कि भन्नी डर अझै मनमा जिबितै छ। आमा कसरी बस्न सक्नु तिम्रो नजरबाट टाढा। तिमी एक दिन त्यो भुन्टे मामाकोमा जाँदा त घर शून्य हुँदो हो ।झन् बर्षौको लागि बिदेश जान मरि मेटेकाे यो मस्तिष्कले मेरो यो मनलाई कसरी बुझाउँछ होला तिम्रो नजरबाट पर हुनुको पिडा ।
बुबा शिरमा भाद्गाउँले टोपी ढल्काएर बसेका थिए त्यो दिन ।जेठ महिनाको गर्मीको दिनमा पनि ओठ पोल्ने चिया बनाउन लगाउँदै थिए आमालाई। ल आमा म निस्के।सुमो आउने समय हुन लाग्यो बाहिर गएर कुर्छु एक्छिन। ल बुबा म निस्के है त। “अँ सुन त काठमाडौ गयेर राम्रो सङ IELTS पढेस,आफ्नो ख्याल राख,त्यहाँ गएर राम्रो साथीहरूको मात्र सङ्गत गरेस” भन्दै आशीर्वाद दिदै थिए बुबा तर मेरो ध्यान त्यो आशीर्वादमा भन्दा पनि आफूले अब पाउन लगेको स्व्तन्त्रता सोच्दै मन गदगद परेको थियो खुसीले।
कस्तो शहर रहेछ यो काठमाडौ पनि ।एक छिन त लाग्यो यति धेरै धुवाँ त मैले तर्कारी डढाउँदा नि हुदैन थियो भान्छामा। धुवाँ फ्याक्ने गाडीले तेति मात्रै कहाँ दुख दिएको हो र, कन्सिरी तात्ने गरि ट्याट्यार आवाज र चिप्लेकिरा घिस्रे जस्तै घिसृन बाध्य बनाएको त्यो ट्राफिक जाम।एति हुँदा हुदै पनि सबै मान्छेको गन्तव्य स्थल काठमाडौ ।
उफ् यो जेठको गर्मी त्यही माथी यस्तो धुलो धुवाँ।बल्लतल्ल साथीको कोठामा पुगे।ओए किसन ढोका खोल त। म ढोका अघि अडिए। भित्रबाट गुन गुन गरेको आवाज सुनी तर ढोका खोलिएन। फेरि ढोका ढक्ढकाए। एकछिन है भनेर आवाज आयो। कतिबेर लगाको जाठो तैले ढोका खोल्न पनि।कति समय पछि भेट्न आएको साथीलाई नि यसरी कुराउँछस। सरि यार हिड् भित्र जाम् भन्दै थियो किसन त्यही बेलामा एउटि केटि हत्त न पत्त कोठाबाट बाहिर निस्किएँ र यति छिटो त्यहाँबाट पलायन भई कि मानौ कुनै आठ रेक्टरको भुकम्प होस। किसन तेरै पो रैछ जिन्दगी भन्दै मन मनै सोच्दै कोठाभित्र प्रबेश गरे।
एकाबिहान मोबाइलमा घन्टी बज्यो। रेश्माको फोन रहेछ।”आज भेटुम है।स्वयम्भू जाम न आज घुम्नलाई” भन्दै थिइ। रेश्मा श्रेष्ठ काठमाडौमै जन्मे हुर्केको केटी।बाउ रिटायर्ड बृटिस आर्मी ।अथाहा धन दौलतको एक मालिक तर सन्तानको नाउमा केबल रेश्मा। “मेरो मामु म सानो हुँदा नै बित्नु भएको थियो। त्यसपछि मलाई स्कुलकै होस्टेलमा राखेर पढाउनु भयो मेरो बाबाले।मामु नभए पनि मेरो बाबाले मलाइ कहिलै मामुबाट टाढा भएको महसुस गराउनु भएन” भनेर भनेको थिइ रेश्माले।
हाम्रो कुराकानी फेसबुकबाट सुरु भएको थियो।फेसबुकमा बाबाको प्यारी छोरी नाम बाट चिनेको उनलाई वास्तवमै उनी बाबाको प्यारी नै रैछ्न्। सायद आर्मीको छोरी भएको हुनाले पनि आफ्नो पहिचान लुकाउने यो कलामा उनी पोख्त हुन सकेका हुन कि। आज सम्म त हाम्रो कुराकानी केबल फेसबुकमा भएको थियो तर आज उनको सामुन्ने हुनेवाला छु। उ यसरी शहरमा हुर्केकी म कहाँ गाउघरमा हुर्केको, उ विभिन्न कम्प्युटरमा गेम्स खेलेर रमाएकि आफू खल्तीमा गुच्चा छ्याङ्छ्याङ गर्दै टोलटोलमा दौडदा रमाउने, उ त सबैको परि रे आफू त गाउघरमा काले नाम ले चिनिन्थी।उस्ले म जस्तोलाई त घाँस नि हल्दिन होलि।यति हुँदाहुँदै पनि उनलाई इम्प्रेस गर्नलाइ किसनको परफ्युम अनि अलिकती फेयर ह्यान्सम दलेर स्वोयम्भु तिर लागे।