eNepal

अमेरिकी रास्ट्रपति डोल्नाड ट्रम्पलाई कोरोना संक्रमण

काठमाडौ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरसको संक्रमण भएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै आफूलाई कोरोना संक्रमण भएको सार्वजनिक गरेका छन्। उनले आफू र आफ्नी पत्नी मेलिना ट्रम्पलाई पनि कोरोना भएको जानकारी दिएका छन्।

कोरोना संक्रमण देखिएपछि आफू क्वारेन्टाइनमा बसेको जनाएका छन्।

राष्ट्रपति ट्रम्प कोरोना भाइरसलाई ‘चिनीयाँ भाइरस’ भन्दै गिज्याउँदै आएका थिए। उनले स्वास्थ्य मापदण्ड समेत पालना गरेका थिएनन्। आफू पनि मास्क लगाउदैन्थे भने अरुलाई पनि मास्क लगाउँदा जिस्काउने गरेका थिए।

केही दिन अघि भएको राष्ट्रपतिका उम्मेदवारको बसहमा समेत उनले मास्क लगाएका थिएनन्। राष्ट्रपतिका अर्का उम्मेदवार जो बाइडेनलाई ‘तिमी त एक सय मिटर टाढाबाट कुराकानी गर्दा पनि मास्क लगाउँछौं’ भनेर होच्याएका थिए।

अमेरिकी स्वास्थ्य अधिकारी तथा विज्ञहरुले भने मास्क लगाउन, दूरी कायम गर्न, हात धुन र स्यानीटाइजरको प्रयोग गर्न बारम्बार आग्रह गर्दै आएका थिए। अहिले संसारभर सबैभन्दा बढी संक्रमित अमेरिकामा नै छन्।

शुक्रबार बिहानसम्म अमेरिकामा ७४ लाख ९४ हजार ६ सय ७१ जनामा कोरोना संक्रमण भएको छ। जसमध्ये दुई लाख १२ हजार ६ सय ६० जनाको मृत्यु भएको छ।

राष्ट्रपति ट्रम्प कोरोना भाइरसलाई चिनीयाँ भाइरस भन्दै गिज्याउँदै आएका थिए। उनले स्वास्थ्य मापदण्ड समेत पालना गरेका थिएनन्। आफू पनि मास्क लगाउदैन्थे भने अरुलाई पनि मास्क लगाउँदा जिस्काउने गरेका थिए।

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

Manoj Poudyal

चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

Manoj Poudyal