eNepal

डनको भुत

भर्खर १२ कक्षा सकिएको हुन्छ।पल्सर बाईकमा कलेज अनि बन्क गरेर बङ्कर्स पाटीमा ग्याङ बनाएर गएको रन्कोले छोडेको हुँदैन। कहिले डिस्को त कहिले पव। घरमा बा आमालाई ढाँटेर बिभीन्न बहानामा कति दिन गायब भएको त्यो यादगार समय झल्झली याद आउँछ।न केटा न केटी आजकालका टिन एजर्स (बुझ्ने भाषामा) न त मायाँ गर्न औशीले छेक्छ, न त आमा बाको डर र धम्कीले।फेसबुक।ट्वीटर जस्ता सामाजीक सन्जालले यति सजिलो र फराकीलो बनाई दीयो कि मन पर्नेलाई प्रपोज गर्न उ बेलाको जस्तो मेला अनि माहौल बनाउनु नपर्ने भो। न त लमीनै चाहिने भो। फोटो हेरेर मन मात्र पर्न पर्यो, को, के, कस्तो त्यति वास्ता हुन छोड्यो।उ बेलाको चि्ठीको काम अहिले फेशबुकमा फ्रेन्ड रिक्वेस्ट (बुझ्ने भाषा) पठाएनै सकिन्छ।कसैले एसेप्ट स्विकार गरेमा लगभग आधा उधी ग्रिन सिग्नल बुज्छन् आजकालका युवा।

“आजकाल त जोडी छैन भने समाजले के हामीलाई स्विकार्ला र भन्ने कुरामा बहस चल्छ”

कुनै पापड बेली राख्न पर्दैन आजकल व्याई फेन्ड र गर्ल फ्रेन्ड बनाउन।त्यस माथी आजकाल त जोडी छैन भने समाजले के हामीलाई स्विकार्ला र भन्ने कुरामा बहस चल्छ।एउटा बाईक, साथमा गर्ल फ्रेन्ड अनि भए आईफोन न भएनि स्क्रीन टच फोन जसबाट फोटो चाँही राम्रो आउनु पर्यो अनि पर्समा दुई चार हजार।यत्ति भए पछि उ त्यो बजारको डननै कहलिन्छ।अझ कलेज जाने बेला चार पाँचवटा बाईकमा, जोडी जोडी टोलनै हल्लीने गरेर हिड्दाको सान कहाँ त्यति छिट्टै बिर्सन्छन् र आजकालका युवाहरु।

“हुन त श्रोत र साधनले भरिपर्ण भएर पनि होला या समाजले हेर्ने दायरा अलिक फराकिलो भएरपनि होला उ बेलामा बर्षौ लाग्ने मायाँ प्रेम साट्ने कुरा, आजकाल क्षणभरमै बनिन्छन् अनि क्षण भरमै टुटिन्छन्”

मायाँ प्रेम पनि यति सस्तो भयो कि हिजो सँगै हिडेका जोडी आज अर्कैसँग देखिन्छ। समाजले के भन्छ या अबिभावकले के भन्छन् त्यो भाँड मे जाओ भने जस्तो अनि सर्पले काँचुली फेरे जस्तो फेर्छन् आझकाल प्रेमी र प्रेमीका।भन्ने बेलामा पाश्चात्य सँस्कृतीको प्रभाव भन्छौ तर त्यसले निम्ताउने दिर्घकालीन असरको कुनै वास्ता हुँदैन।हुन त श्रोत र साधनले भरिपर्ण भएर पनि होला या समाजले हेर्ने दायरा अलिक फराकिलो भएरपनि होला उ बेलामा बर्षौ लाग्ने मायाँ प्रेम साट्ने कुरा, आजकाल क्षणभरमै बनिन्छन् अनि क्षण भरमै टुटिन्छन्।केबल रवाफ र अरुको सिकोमा सिमीत छ
आजकालको सस्तो मायाँ प्रेम।

एउटा साथी के बिदेश जान्छ अनि के दुईवटा फोटो फेसबुकमा हाल्छ।उसका साथी सबैलाई ओहो क्या रमाईलो,वहा क्या मोज हुँदो रहेछ भनेर साथीहरुलाई नि जसरि पनि जान पर्ने हुन्छ। बुझ्नु सुझ्नु केही पर्दैन, साथी गएको छ।म जसरी पनि बिदेश जान पर्छ भन्ने भुतले पछ्याउँछ।कस्तो छ,गएर के गर्ने, काम कुरो के कस्तो छ। खर्च कतिको हुन्छ नबुझीकन घरमा थर्कायो।म पनि बिदेश जाने हो।फलानो साथीले अस्ट्रेलीया गएर क्या मोज गरेको छ भनेर घरमा तनाब दियो।बिचरा आमा बा,छोरा छोरीको राम्रो भविस्यको लागि किन पो नाई भन्थे र।जसो तसो गरेर पठायो!

बिदेशमा पाईला के टेकेका हुन्छन् अनि त्यो नेपालमा गरेको मोज मस्ती,दादागीरिको रबैया देखाउन शुरु गर्यो।

“बिताएका यादगार सम्झनाहरुले झन् मन छट्पटिन्छ, कुडीन्छ अनि आत्तीन्छ”

काम खोज्यो पाईन्न, कलेजको फि तिर्ने समय आउँछ घरमा फोन गर्यो,पैसा पठाउन लगायो।अन्तमा धेरै हन्डर र ठक्कर खाए पछि जे जस्तो भए पनि काम गर्यो। अलि अलि पैसा कमाउन थाले पछि फेरी उही पारा।कहाँ बिर्सिन्छ र त्यो नेपालमा गरेको मोज मस्ती।झन् बाईकमा घुमेको अनि घुमाएको, बा आमालाई साथीकोमा छु भनेर ढाँटेर कैयौ रात नगरकोटको भ्यु टावरमा होस् या पोखराको लेक साईड बिताएको।झन अहिले त बुलेट बाईकमा मनाङ र मुस्ताङ नगएत आजकालका प्राय युवाहरुलाई जिवन सार्थक नभएको महसुस हुन थालेको छ। यसरी बिताएका यादगार सम्झनाहरुले झन् मन छट्पटिन्छ, कुडीन्छ अनि आत्तीन्छ।

कलेजको जिन्दगी अनि बचेको समय काममा व्यतित गर्दा वाक्क दिक्क प्याक्क होईन्छ।रमाईलो गर्न बानी परेकाहरुलाई केले नै पो छेक्न सक्थ्यो र। बिस्तारै बार अनि क्लवको यात्रा।साथीहरुको सङ्गतमा घोसीत र कानुन सम्बत वेश्यालयहरु।झन् फेरी फेरी अनि जुन देशका भए पनि रोजी र छाडी छान्न पाईने आफ्नो च्वाईस।न त परिवारले रोक्छ जानलाई न त समाजले न त कानुनले। हप्ताभरि दु:ख गरेको पैसा क्षण भरमा स्वाह:।

“नपिएको बेला मरेको स्याल हुने हामी पिए पछि जङ्गकको बाघ भई टोपल्छौ।बिर्सन्छौ कुन धरातलमा छौ भनेर”

पैसा र रक्सीको रनामा बिदेश हो भन्ने भेउ पाईन्न।बिर्सन्छौ हामी कहाँ छौ,के गरि रहेका छौ यहाँको कानुन अनि कानुनको परिधी। जुन देशमा थुक्दा पनि फाईन लगाईन्छ अनि मुख्य सडकमा फोन चलाएर हिड्दा समेत फाईन तिर्न पर्छ त्यस शहरमा आफुलाई डन सम्झन्छौ। नपिएको बेला मरेको स्याल हुने हामी पिए पछि जङ्गकको बाघ भई टोपल्छौ।बिर्सन्छौ कुन धरातलमा छौ भनेर।आफुलाई त्यही टोलको डन भै खाको अनुभुती गर्छौ।

“के थाहा रिसको झोँकमा के कस्तो हबिगत हुन्छ भने। आफुलाई डन सोचेर त्यहाँ मर्दाङगीनि पन देखाउन तयार हुन्छौ”

आजकाल नेपाली कार्यक्रमहरु बाक्लै हुने गर्छन्।नेपालीहरुको बड्दो आगमनसँगै कार्यक्रममा मानिसहरुको उपस्थिती पनि बाक्लै हुने गर्छ। कन्सर्ट होस या डान्स पार्टी नपीईकन रमाईलो हुन्न।अझ भन्नौ पुरै मातिने गरेर पिउन पर्छ। आफ्नो खुट्टाले भर पाई रहेको हुँदैन र पनि धोक्न छोड्दैनौ।अनि नाँच्दा नाच्दै कदमकदाचीत कोही कसैसँग ठोकीयोस् या आफ्नो प्रेमीकालाई कसैले छड्के हेरेको मात्र के होस्।त्यहाँ रणसग्रामनै हुन्छ।कुटाकट हानाहान मारामारको नै स्थितीनै हावी हुन्छ।के थाहा रिसको झोँकमा के कस्तो हबिगत हुन्छ भने। आफुलाई डन सोचेर त्यहाँ मर्दाङगीनि पन देखाउन तयार हुन्छौ।

कस्तो बिडम्बना हामी भित्रको त्यो दम्ब अनि हट जहाँ गए पनि नछुट्ने रहेछ।केटीको निहुँमा झगडा गर्ने बानी, जाँड खाएर पाखुरीको धमास देखाउने अिन आफ्नै मिल्ने साथीलाई नचिन्ने र हात हाल्ने सम्मको हबिगत गर्न तत्पर हुन्छौ।कि त पढेर सिकीन्छ रे कि त परेर सिकीन्छ रे तर अहँ न त हामी पढेरनै चेतनशील भयौ न त परेरनै आफुलाई परिवर्तन गर्न सक्यौ।बस् डनको भुतले तर्साई रह्यो केबल झक्झकाई रह्यो।

(नोटः लेख हाम्रै समाजको बस्तु स्थितीलाई आधार मानेर लेखीएको हो, यदि कसैको बास्तबीक जिवनसँग मेल खान गएमा केबल सम्योगको रुपमा मात्र लिएर आफुलाई परिवर्तन गर्ने कोशीस गर्नु होला)

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

Manoj Poudyal

The civilisational beauty of Pompeii

Manoj Poudyal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349