काठमाडौँ – नेपालमा शनिबार थप १ हजार २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या ६१ हजार ५९३ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नेपालमा थप २०२० जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको बताउनुभयो ।
होम आइसोलेसनमा ७ हजार ९७६ र संस्थागत आइसोलेसनमा ९ हजार १९३ रहेको छ । अहिले देशका विभिन्न आइसोलेसनमा १७ हजार १२९ जना संक्रमित उपचाररत छन् । गत २४ घण्टामा १ हजार ४ सय ४७ जना जना डिस्चार्ज भएका छन् भने आजसम्म डिस्चार्ज हुनेको संख्या ४५ हजार २६७ पुगेको छ ।
आज थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४०१ जना रहेको छ । शनिबार पीसीआर विधिबाट १० हजार ३३३ जनाको कोरोना परीक्षण भएको छ । अहिलेसम्म ९ लाख ४ हजार ७०६ जनाको कोरोना परीक्षण भएको छ । अहिले देशभरीका विभिन्न क्वारेन्टाइनमा ७ हजार ७३५ जना रहेका छन् ।