हिजो भर्खरै मात्र दुई दिनको अन्तरालमा सिड्नीमा दुई जना सुजन अधिकारी र सुजन शर्माको समुन्द्रमा पौडी खेल्ने क्रममा मत्युको खवरले केही लेख्न बाध्य बनायो।
उ बेला खेतको कुलो, नहर, खोलामा पौडी खेल्या जस्तो नहुदो रहेछ, समुन्द्रको छाल अनि करेन्टलाई छल्न। धन्न डुबाको नि मलाई।कसो कसो गरेर साथीको हात समाउन पाए र बाँचे।हो यो कथा मेरै हो। मलाई पौडी खेल्न खासै आउँदैन थियो।घरमा सँगै बस्ने दाजुहरुले लौ आज समुन्द्रको किनारा(Beach) जाउँ। वाटरफ्रन्ट पनि छ, नजिकै समुन्द्र पनि छ भन्नु भयो।हामी लाग्यौ त्यता तिर। मौसम थियो समर, ठ्याक्कै नयाँ बर्ष अनि क्रिसमसको बेला।सबैको छुट्टी।यो बेला प्राय सबैको लामो छुट्टी हुने गर्छ।कोही छुट्टी मनाउन लङ ड्राईभमा जान्छन्।कोही क्याम्पीङमा जान्छन्।कोही घरमानै बार्बेक्यु गर्छन्।सबैको आआफ्नै तरिकाले रमाईलो गर्छन्।
“बाबाले भन्नु भएको कुरा सम्झे हेर् केटा आगो र पानीसँग कहिल्यै हेलचेक्राई नगर्नु”
करिब डेढ घन्टामा यात्रामा हामी पुग्यौ।सबै खैरेहरु (बुझ्ने भाषामा) आ आफ्नै दुनीयाँमा मस्तसँग पानीको छालसँग पौडीदै थिए।साना साना खैरेका बच्चाहरु पौडी खेलेको देखेर आफुलाई नि गएर छप्ल्याङ छुप्लुङ गर्न मन लाग्यो।मसँग गएका दाईहरुलाई पौडी खेल्न आउने। हाम फाली हाले। म पनि के कम, त्यो उरन्ठ्यौलो बेला अनि मर्दाङ्गीनिको ढहस।म पनि लागे पानीसँग मित लगाउन।बास्तारै घँडा सम्म आउने पानीमा गए।बडो रमाईलो अनुभती भयो।त्यहाँबाट के अघाडी मात्र बडेको थिए।पानीले मलाई उचाल्न थाल्यो।अब चाहि डाईभ हान्नु पर्यो भनेर ज्यान मात्र के छोडेको थिएँ।साने देखि मोटो शरीर भएकोले आफुलाई कन्ट्रोलमा राख्न सकिन।एक्कासी आत्तीए, त्यति भईसक्दा त समुन्द्रको नुनीलो पानी खाई सके छु।हतार हतार अलिक पर पौडी खेल्दै गर्नु भएको दाई आउनु भयो र च्याप्प समाएर किनारामा ल्याउनु भयो।लामो सास फेर्दै अनि हैट धन्न बाँचीयो भने।त्यस पछि कसमनै खाए जिन्दगीमा पौडी भनेको कहिल्यै खेल्दीन।बरु किनारामा बसेर त्यहाँको बस्तु स्थितीलाई हेरेर रमाईलो गर्छु कदापी आफ्नो ज्यानलाई बाजीमा राख्दीन।बाबाले भन्नु भएको कुरा सम्झे हेर् केटा आगो र पानीसँग कहिल्यै हेलचेक्राई नगर्नु। अहिले पनि त्यही सम्झन्छु।
“घाँटीको नली कत्रो छ तेता ध्यान दिदैनौ, पायो भने सिङ्गो खसी एकै गाँसमा निल्न तयार हुन्छौ”
हो हामी खाली अरुको देखासिकी गर्न माहिर छौ।अरुले जे गर्छ खाली त्यसको नक्कल गरि टोपल्छौ।चाहे देखाउन होस् या रिस र डाहले होस् त्यो भन्दा म के कम्। सम्पतीकै कुरोमा होस्, या नैतीक व्यबहारको कुरोमा होस्। बरु भकुरुन्जेल ऋृण थाप्लामा बोक्न तयार हुन्छौ।भोली आउने आपत बिपतलाई खासै बेवास्ता गर्दैनौ तर क्षणीकको आवेगमा आएर कहिले काहीँ आफ्नो जिन्दगीलाईनै दाउमा राख्न लागि पर्छौ।एउटा उखान हामी नेपालीहरुसँग ठ्याक्कै मिल्छ “पुजी न सुजी देखाउँछ……”। घाँटीको नली कत्रो छ तेता ध्यान दिदैनौ, पायो भने सिङ्गो खसी एकै गाँसमा निल्न तयार हुन्छौ।हामी नेपालीले गर्व गर्ने पने कुरोनै यहि जस्तो लाग्छ कहिले काँही।
“ज्यानै जान्छ र पनि कालले कुत्कुती लगाए जसो।त्यही समुन्द्रमा हाम नफाली रमालो गरेको महसुस हुँदैन”
फलानोले त क्या प्रगती गरिसक्यो, आफुलाई भने सँधै चिल्लाराम ठान्छौ। अनि यहि देखाउने होडबाजीमा जिन्दगीलाई बन्दक बनाउन लागि पर्छौ।थाहा छैन भोली त्यसले के असर गर्छ।हान्दीयो बाजी भन्दै झ्याप्प औंठा छाप लगायो।अनि जिन्दगी भरको लागि तनाब बोक्यो बस् तनाबी शिकार बन्यो।
हामीले बर्षेनी सुनी राखेका छौं। समुन्द्रमा पौडी खेल्ने क्रममा युवाको मृत्यु भयो।थाहा छ पानीसँग रेला गर्यो भने त्यसले बिकराल स्थिती ल्याउँछ।ज्यानै जान्छ र पनि कालले कुत्कुती लगाए जसो।त्यही समुन्द्रमा हाम नफाली रमालो गरेको महसुस हुँदैन।
“पढ्न पठाएको छोरो पौडी खेल्ने क्रममा डुवेर मृत्यु भयो रे भन्ने खवरले कस्तो असर पर्छ परिवारमा! के त्यो सोच्नु भएको छ”
अरे बाबा हामी पानीमा खेलेर हुर्केका होईनौ नी, हामी त केबल कुलो नहर अनि साना तिना खोलामा पौडी खेल्थ्यौ।साथीभाईसँग रमाईलो गर्थ्यौ। खैरेको जस्तो जन्मजातनै स्विमीङ अनि बिजसँग लुकामारी खेल्दै कहाँ हुर्केका हौं र! बरु हामी ढुङ्गा माटो पचाउन सक्छौ तर पानीको छाल कटाउन कहाँ सक्छौ र। फेरी हामीले न कुनै पौडी सम्बन्धी तालीमनै लिएका छौ,न त कुनै कुसल पौडीबाजनै हौ।न त हामीलाई समुन्द्रको गहीराई थाहा हुन्छ न त हामीलाई समुद्रमा बहेको करेन्टको बेगनै। मजै मजामा झ्याप्प हामफाल्यो बाँचे हे भगवान नत्र केबल राम राम।
एकचोटी सोच्नु होस त आफ्नो घरलाई,आमा बुवालाई।तपाईको खुसीको लागि कती मरिमेटी दुख गरेर पढ्न भनेर बिदेश पठाउनु भयो। भविस्यमा केही गर्छ, आफ्नो खुट्टामा उभिएर राम्रो जिवीको पार्जन गर्छ भनेर ठुला सपना बुनेर पठाएका हुन्छन्। अनि हामी बिदेश आएर अरुको लहै लहैमा लागेर विदेशी कल्चरलाई फलो गर्न थाल्छौ। क्लब र पवमा गएर पैसा उडाउँछौ। कहिले काही रमाईलोको लागि जानु स्वभाविक हो तर यहाँ त घर परिवार बेवास्ता गरेर खैरेको सिको गर्दै पाँच दिन घुँडा धसेरेर, पीना भईन्जेल काम गर्छौ अनि छुट्टी भएको दिन पव र क्लवमा अनि क्यासीनोमा पैसा भुट्छौ।
कलेजको फि तिर्न सक्दैनौ , प्रेममा फेल खान्छौ, घरपरिवारले लगाएको गुणको बदला उल्टै खर्च पठाई देउ भनेर थर्काउँछौ।केही शिप नलागे पछि आत्महत्या गर्न लालाहीत हुन्छौ। एकछिनको शितलता अनि रमाईलोको लागि समुन्द्र जान्छौ अनि केही झणमानै सदाको लागि सँसारबाट बिदा हुन्छौ।
“साथीले उक्सायो भनेर यौनकर्मीसँगको लतमा फस्छौ।पैसा सवै बुझाएर मर्दाङ्गीनीको आबेग पोख्छौं”
घरमा यो खवरले कस्तो प्रभाव पार्छ, के तपाईले कहिल्यै सोच्नु हुन्छ। पढ्न पठाएको छोरो पौडी खेल्ने क्रममा डुवेर मृत्यु भयो रे भन्ने खवरले कस्तो असर पर्छ परिवारमा! के त्यो सोच्नु भएको छ।
हो बिदेशको ठाउँ रमाईलो गर्ने समय एकदमै थोरै हुन्छ।अझ बिदार्थी जिवन एकदम कस्टकर हुन्छ। पढाई अनि काममा दौडीदाँ दौडीदा,रमाईलो गर्ने समय हामी माँझमा हुँदैन।यसो बिदा भयो कि त काँही जाउँ, घुमौ भन्ने सबैलाई हुन्छ।केही फरक गरौं भन्ने मनसाय हुन्छ। पर्तीस्पर्धामा तैले कति बोतल बियर खाने कि मैले भनेर छात्ती ठुलो बनाउने होड बाजी चल्छ। साथीले उक्सायो भनेर यौनकर्मीसँगको लतमा फस्छौ।पैसा सवै बुझाएर मर्दाङ्गीनीको आबेग पोख्छौं।
कतै पलभरको खुसीको लागि आफ्नो अमुल्य जि्दगीलाई काठको बाकसमा राख्न पाईला अघाडी बडाई रहेका छैनौ”
हामी किन यस्तो हर्कत गरि रहेका छौं। के पक्कै हामी पिंजडाबाट उम्केको चरा जस्तो स्वतन्त्र भएका त होईनौ।कतै कसैको डर नभएर त हैन। झणभरको रमझममा के हाम्रो भविस्य भड्खालोमा त पारी रहेका छैनौ। कतै पलभरको खुसीको लागि आफ्नो अमुल्य जि्दगीलाई काठको बाकसमा राख्न पाईला अघाडी बडाई रहेका छैनौ।हामी बिदेशमा बस्ने सबैले बुझ्न जरुरी छ कि हाम्रो खुसीको पछाडी खुसीको अनुभुती गर्ने कोही छन् जो कुरेर बसेका छन्।आवेशमा आएर कुनै पनि हर्कत नगरेको राम्रो। एउटा फोटोको लोभमा होस या एकछिनको जोसमा होस् त्यसले के कस्तो प्रभाव पार्छ।सबै हामी बिशेष युवाहरुले बुझ्न जरुरी छ।
अन्त्यमा म के भन्न चहान्छु भने हामी कदापी स्विमीङेश्वर होईनौ।पानीमा हाम फाल्नु भन्दा अगाडी सोचौ के म तैरिन सक्छु, क वरिपरी कोही छ कि छैनन्, के कदमकदाचीत केही भएको खण्डमा लाईफ गार्डहरु छन् कि छैनन्। सबै बुझेर हाम फाल्नु होस्। बर्षेनी समुन्दमा पौडने क्रममा मृत्यु भएको खबरले भावविहल बनाउँछ।यस्ता घटना कदापी नदोहोरीयोस्। यहि अपेक्षा गरौ र मृतक आत्माको चीर शान्तीको कामना गर्दै भगवानले परिवार माथी धैर्य धारण गर्ने शक्ती प्रदान गरुन।