eNepal

आज बस्ने मन्त्रीपरिषदको बैठकले कुलमान घिसिङलाई पुनः नियुक्ति गर्ने सम्भावना

काठमाडौँ – नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको कार्यकाल भोलि आइतबार पूरा हुँदैछ । सरकारले समयमै प्रबन्ध निर्देशक नियुक्त नगरेमा सोमबारदेखि प्राधिकरण नेतृत्वविहिन हुनेछ । नेकपाका नेताहरुको विभाजित मानसिकता बीच घिसिङले फेरि नियुक्ति पाउलान् ? ऊर्जा मन्त्रालय स्रोत भन्छ – प्राधिकरणमा घिसिङलाई नै दोहोर्याउने तयारी भइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली डाक्टर युवराज खतिवडालाई राष्ट्रिय सभामा दोहोर्याउन चाहन्थे । नेकपाका अर्का अध्यक्ष पुष्कमल दाहाल प्रचण्डको दबाब र पार्टी सनतुलनका कारण रिक्त पदमा उपाध्यक्ष वामदेव गौतमको नाम सिफारिस भयो ।

यता नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा कुलमान घिसिङलाई पार्टी अध्यक्ष प्रचण्ड र ऊर्जामन्त्री वर्षमान पुनले दोहोर्याउन चाहेको खबरहरु बाहिरिएका छन् । यस्तो परिस्थितिमा प्रधानमन्त्री ओली कुलमानका सम्बन्धमा सकारात्मक होलान् ?

लोडसेडिङ अन्त्य गरेको जस पाएका र जनतामा लोकप्रिय घिसिङको चार वर्षे कार्यकाल भदौं २८ गते आइतबार पूरा हुँदैछ । पार्टीका नेताहरुको मानसिकता विभाजित भइरहेको बेला अर्को चार वर्षे कार्यकालका लागि घिसिङ प्राधिकरणमा फेरि नियुक्त होलान् ? विश्वस्त स्रोतका अनुसार ऊर्जा,जलस्रोत तथा सिँचाई मन्त्रालयले घिसिङलाई नै दोहोर्याउने गरी प्रस्ताव तयार गरिरहेको छ ।

बिहीबार वा शुक्रबार बस्ने भनिएको मन्त्रिपरिषद नेकपाको स्थायी कमिटी बैठकका कारण बस्न सकेन । आइतबार बस्ने मन्त्रिपरिषदमा कुलमान घिसिङलाई आगामी चार वर्षे कार्यकालका लागि नियुक्त गर्ने गरी प्रस्ताव लगिँदैछ ।

सरकारमा रहेका प्रभावशाली मन्त्रीहरुले नियुक्तिमा आफन्तलाई प्राथमिकता दिएको तर राम्रो काम गरेर देखाउने घिसिङलाई प्राधिकरणमा दोहोर्याउन आलटाल गरिरहेको आम बुझाइ छ ।

घिसिङले आफ्नो कार्यकालमा ११ प्रतिशत चुहावट नियन्त्रण गरी प्राधिकरणलाई गत आर्थिक वर्षमा ११ अर्ब नाफामा पुर्याइदिए । उद्योगबाहेकबाट लोडसेडिङ पनि अन्त्य हुन पुग्यो ।

अर्कोतिर उनको कार्यकालमा प्राधिकरणको लगानीमा बनिरहेका कुनै पनि योजना पूरा भएनन् र प्राधिकरणको तर्फबाट राष्ट्रिय प्रशारणलाईनमा एक मेगावाट विद्युत पनि थप भएन । यो तथ्य छाडेर घिसिङको पक्षमा भइरहेको दबाबलाई प्रायोजित मान्नेहरु पनि छन् ।

प्राधिकरण सुधारमा महत्वपूर्ण भूमिका खेलका घिसिङ पुनः नियुक्त भएमा अधुरा योजना पूरा गर्ने अभिभारा उनीमाथि स्वतः पर्ने छ । आफन्त, चाकडीवाजलाई मात्रै सरकारले नियुक्ति बाँड्छ भन्ने जनधारणा बनिरहेको बेला, घिसिङ पुनः नियुक्त भएमा यसबाट सकारात्मक सन्देश नै जान सक्नेछ

Related posts

Neteller Casino Sites: The Ultimate Guide to Protect and Convenient Online Gambling

अविलास

Blackjack Online For Money – Where to Gambling Online For Money?

अविलास

The Ultimate Guide to Free Live Roulette: Play and Win Without Investing a Dime

अविलास

The Rise of Bitcoin in the Casino Market

अविलास

FreeCell Klondike Solitaire

अविलास

How to Find Online Casino List For Real Money Games

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349