काठमाडौं -शनिबार थप १ हजार २०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। आज थपिएकासहित हालसम्म संक्रमित हुनेको संख्या ५३ हजार १२० पुगेको छ।