eNepal

कौशीमा अब तरकारी खेती मात्र होइन गमलामा फलाउन सकिन्छ युरेका कागती

फलफूल तथा तरकारीको उच्च मूल्यले उच्च जनघनत्व भएको क्षेत्रमा उपभोक्ताको दैनिकीमै असर परिरहेको छ। शहरी क्षेत्रमा आवश्यक उपभोग्य बस्तु सम्पूर्ण रुपमा अरुमा भर पर्नु पर्नेहुन्छ। जस्ले गर्दा शहरसम्म आइपुग्दा मुल्य अत्यधिक वृद्धि भएको हुन्छ ।

गाउँमा सस्तोमा पाइने फलफूल र तरकारी बिचौलियको हातमा परेर शहरसम्म आइपुग्दा ४ गुणासम्म महँगिन्छ। शहरमा घर भएकाहरुसँग खाली ठाउँ भनेको कौशी मात्र हुन्छ। पछिल्ला दिनमा केहीले कौशीमै तरकारी फलाउन थालेका छन्। कौशीमा अब तरकारी मात्रै होइन कागती पनि फलाउन सकिन्छ।

गमला वा आफैले कुनै ड्रम वा बोरालाई काटी ‘ग्रो ब्याग’ को आकारमा रोपेर फलफूल वा तरकारी फलाउन सकिने कृषि विज्ञहरु बताउँछन्। वरिष्ठ कृषि विज्ञ राजेन्द्र देवकोटाका अनुसार थोरै जमिन वा गमलाको प्रयोग गरेर खेती गर्न सकिने विभिन्न विधिहरु भित्रिरहेका छन्।

‘पछिल्लो समय कृषिमा विभिन्न आधुनिक प्रविधिहरु भित्रिरहेका छन्। पहिलेको जस्तो जमिन नै छैन भनेर चिन्ता गर्नुपर्ने अवस्था अब रहेन’ उनले भने ‘थोरै जमिनको प्रयोग गरेर पनि व्यवसायकै रुपमा उत्पादन गर्न सकिन्छ।’ खाली जमिनको नाममा कौशी मात्र भएकालाई भरपुर प्रयोग गरेर युरेका जातका कागतीको खेती गर्न उनी सल्लाह दिन्छन्। उनका अनुसार यो जातको कागती गमला, ग्रो व्याग, ड्रम जस्ता भाँडामा रोपेर कौशीमै फलाउन सकिन्छ।

कागतीमा युरेका जात नै किन ?

युरेका जातका कागती नै रोज्नुका पछाडि यसका फाइदामूलक विशेषता नै हुन्। यो वर्षभरि फल्छ। चार महिनाको अन्तरालमा फल दिने भएकाले यसलाई चौमासे कागती पनि भनिन्छ।

यसमा लाग्ने फूल सुगन्धित हुने गर्छ भने फल गाढा पहेलो रंगको हुने गर्छ। तर यसको बोट र पातको रङ्ग सधैं चम्किलो हरियो हुने गर्छ। यसले घरको कौशीलाई नै सुन्दर बगैँचाजस्तै बनाउँछ।

यसको बोट मध्यम आकारको हुने भएकाले गमला, ग्रो ब्याग वा कौशी सुहाउँदो हुन्छ। फलको बोक्रामा तेलको मात्रा धेरै हुने हुँदा यसलाई यूरोप तथा अमेरिकामा सलादको ड्रेसिङ्ग, लेमोनेड़ र बेकिंग कार्यमा बढी प्रयोग गरिन्छ।

कृषि बिज्ञ राजेन्द्र देवकोटाका अनुसार कागती भन्दा अलि ठुलो दाना र निबु भन्दा सानु हुने यो एक प्रकारको कागती प्रजाति हो । बढी गर्मि भन्दा चिसो हावापानी सहने यो जात हाल भक्तपुर मा ब्यबसायिक रुपमा नर्सरी गरि बजारमा फलेका र फल्दै गरेका कलामी बिरुवा आउदै छ कलमी बाट तयार गरेको हुदा एक वर्ष को उमेर देखि नै फल्ने , धेरै जुस हुने यो कागती ब्राहमासे जात हो। शहर केन्द्रित खेति अन्तर्गत रुफ टप खेति को लागि यो अति नै राम्रो हुन्छ । संसारको अतिनै जुसी यो कागती २ देखि ५ मिटर सम्मको उचाई हुने भएता पनि काटछाट गरि सानु बोट सम्म बनाउन सकिन्छ । सदाबर बोट हरियो हुने यो कागती मार्च देखि डिसेम्बर सम्म फल्दछ । यूरोप तथा अमेरिकन रेस्टुरेन्टमा जिन तथा भोड्कामा र कक्टेल वा मक्तेल बनाउदा यसको प्रयोग बढी गर्ने गर्दछन

किसान एग्रो मार्ट को प्राबिधिक सयोग र सो को potting समेत मार्ट कै terracotta pot मा गरि बजार मा आउदै छ । प्रति बोट फलेको लाई ६०० सम्म पर्ने यो यूरेका लेमनको बजार मूल्य pot अनुसार फरक फरक हुने नर्सरी संचालकको रहेको छ ।

कसरी गर्ने खेती ?

यसको बोटमा काँडा नहुने, त्यति धेरै काँटछाँट गरिरहनु नपर्ने हुँदा सुरक्षित तरिकाले बिरुवाको व्यवस्थापन गर्न सकिन्छ। यूरेका जातको कागती प्राय सबै प्रकारका माटोमा फल्ने गर्छ। यसका लागि कुनै छुट्टै प्रकृतिको जमिन तयार गरिरहनु पर्दैन।

तर पानी नजम्ने तथा प्रशस्त प्रांगारिक मात्रा भएको माटो भने यसको पहिलो सर्त हो। मध्यम गर्मी हावापानी सहन सक्ने यसका लागि तुसारो भने प्रतिकुल हुन्छ।

यस जातको कागतीलाई जमिन, गमला, ग्रो ब्याग वा अन्य भाँडामा रोप्ने हो त्यसै अनुरुप यसको रोपाई विधि फरक हुने गर्छ। जमिनमा रोप्ने हो भने सर्वप्रथम करिब ३० घन सेन्टिमिटरको खाडल खन्नु पर्छ। यसरी खाडल खन्दा निस्केको तलको र माथिको माटोलाई अलग-अलग गरी राख्नुपर्छ।

खाडल खनिसकेपछि त्यसलाई सोही अवस्थामा केही हप्तासम्म घाममा छाडिदिनुपर्छ। यसो गर्दा सो खाल्डो सुक्नुका साथै हानिकारक कीरा तथा रोगका जिवाणु नस्ट हुन्छ।

त्यसपछि प्रसस्त प्रांगारिक पदार्थ राखी खाडल पुर्नुपर्ने हुन्छ। पुर्दा तलको माटो माथि र माथिको तल हुने गरी पुर्नुपर्छ। यसपछि खाडलको केन्द्रमा बिरुवा रोप्ने र रोपीसकेपछि तत्काल सिंचाई गर्नुपर्छ।

गमला वा अन्य भाँडामा रोपेको खण्डमा भने रोपाइ विधि केही फरक हुन्छ। गमला वा भाँडामा एक भाग माटो, अर्को एक भाग कोकोपिट (कोकोपिट नभए माटो) र कम्पोस्ट मल मिसाएर रोप्ने ठाउँ बनाइन्छ।

त्यस्तै यसलाई आवश्यक परेमा एउटा भाँडोबाट अर्कोमा सारेर पनि रोप्न सकिन्छ। चिसो मौसममा घरभित्र र गर्मीमा घर बाहिर राखेर समेत यसको खेती गर्न सकिन्छ।

बाहिर जमिनमा रोप्ने हो भने यसको उचाई करिब १५ देखि २० फिटसम्म अग्लो हुने गर्दछ। यसलाई काँटछाँट गरेर सानो बनाउन सकिन्छ। धेरै फल्ने गुण भएकाले एउटै बिरुवाबाट सानो परिवारका लागि पर्याप्त कागती फलाउन सकिन्छ।

माटो बढी चिसो हुँदा फल झर्ने समस्या देखिन सक्ने भएकाले बिरुवा रोपेको वरिपरि औंला गाढेर माटोको अवस्था आफैले जाँच्न सकिन्छ। यदी २ इन्च जति औँला गाढ्दा चिसो नभेटिएमा मात्र पानी हाल्नुपर्छ।

हावा बढी चल्दा र गर्मी मौसममा यसलाई धेरै पानीको आवश्यक पर्छ। सुक्खा मौसममा गमला वा भाँडामा कागती रोपिएको छ भने ३ देखि ४ दिनको फरकमा पानी हाल्ने गर्नुपर्छ। रोप्नु अगाडि तथा बिरुवा बढ्दै गएपछि बाङ्गाटिङ्गा, रोग तथा कीरा लागेका हाँगालाई हटाउनु पर्छ।

Related posts

Yellow Pills: What are They Made use of For?

अविलास

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349