eNepal

लकडाउनमा खुलेको ग्यापु डटकमले करोडौंको ब्यापार गर्न सफल

काठमाडौं -बिश्व कोरोना भाइरसले आक्रान्त छ ,दैनिक लाखौं संख्यामा कोरोना संक्रमित वृद्धि हुने क्रम जारी छ दैनिकी हजारौं संख्यामा मानिसको ज्यान गएको छ। जस्को रोकथामका लागी अहिले बिश्वनै लकडाउन जस्तो स्थितिमा पुगेको छ जस्ले मानिस प्रत्यक्ष गएर बस्तु तथा सेवा लिनु भन्दा अहिले बिश्वमा आएको प्रबिधीको प्रयोग गरि बस्तु तथा सेवा उपभोग गर्नको संख्या वृद्धि हुँदै गएको छ। कोभिड–१९ को महामारी सुरु भएपछि यससँगै ई–कमर्स कम्पनीको स्थापना हुने क्रम बढेर गएको छ भने अर्कातर्फ घरमै सेवा लिन सकिने भएकाले यसको लोकप्रियता बढ्दो क्रममा छ । अनलाइन अर्डर र अनलाइन पेमेन्टबाटै सेवा लिन सकिने र बजार जानु नपर्ने भएकाले यो व्यवसाय फस्टाउँदो क्रममा छ । अझ यो कोभिड–१९ को महामारीमा अझ सुरक्षित र सहज रूपमा सपिङ गर्न सकिने भएकाले यसको लोकप्रियता अझ बढ्दो क्रममा छ । करिब १ सयभन्दा बढी अनलाइनले सेवा प्रदान गरिरहेको बताइन्छ । सरकारले ‘निषेध आदेशको समयमा अत्यावश्यक वस्तु तथा होम डेलिभरी गर्नेसम्बन्धी मापदण्ड–२०७७’ जारी गर्दै सर्तसहित सेवा प्रवाह गर्न दिएको छ । १५ वटा सर्त जारी गर्दै सरकारले अनलाइन कम्पनी सेवा प्रवाह गर्दा सम्बन्धित निकायमा दर्ता भएको हुनुपर्ने र साइटमा वस्तु तथा सेवाको मूल्य अनिवार्य गरिएको छ । प्राविधिको सहजतासँगै पछिल्लो समय नेपालमा ई–कमर्स कम्पनीको संख्या बढ्दो छ । घरै बसेर अनलाइनका माध्यमबाट सेवा लिन सकिने भएकाले ई–कमर्सको लोकप्रियता चुलिँदो छ । कोरोना महामारीका कारण घरैमा सीमित हुनुपरेको सन्दर्भमा ई–कमर्सको महत्व झन् ह्वात्तै बढेको छ । यहि समयमा अहिले ग्यापु डटकमको नाममा अनलाइन ब्यापार गर्ने एउटा ई-कर्मस कम्पनीको उदयमान भएको छ जस्ले यहि छोटो समयमा प्रभावकारी सेवा प्रदान गरिरहेको छ। यही लकडाउनको समयमा खुलेको कम्पनीले करोडौंको कारोबार गर्न सफल भएको छ।

ग्यापु डटकमका संस्थापक ज्ञानेन्द्र खड्का भन्नुहुन्छ छोटो समयमा आम सेवाग्राहीमा ग्यापुको लोकप्रियता बढ्नु र बजारमा अनलाइन मार्फत सेवाको माग बढनुले ई- कमर्स भबिस्य राम्रो भएको बताउनुहुन्छ। नेपालमा ई–कमर्स कम्पनीको माध्यमबाट सबै किसिमका सामग्री उपलब्ध गराउने सोचका साथ ग्यापुले सेवा सुरुवात गरेका हौ। कोरोना कहरको विषम परिस्थितिमा सुरु गरिएको व्यवसाय, नेपालमा पहिलो लकडाउन सुरु हुँदा हामीले पनि सेवा सुरु गरेका हौं । ग्यापुले उपभोक्तामाझ सबै सामग्री घरमा पु-याउने लक्ष्यका सुरु गरेको अनलाइन प्लेटफर्मको लोकप्रियता आज आएर बढ्दो क्रममा रहेको छ । अमेरिकी आईटी हब सिलिकन भ्यालीमा रहेर व्यवसाय गर्दै आएका खड्का भन्नुहुन्छ, लकडाउनसँगै नेपालमा ग्यापु सञ्चालनमा ल्याएका हौं । उपत्यकादेखि बनेपासम्म होम डेलिभरी गर्ने गरी सेवा प्रदान गरिरहेका छौं । ग्यापुले व्यापार विस्तार गर्ने रणनीतिअनुसार विभिन्न कम्पनीसँग साझेदारी सुरु गरेका छौं । ग्यापुले काठमाडौंको सिभिल मलका सबै पसलका सामान र सेल्सबेरीका समान ग्राहकहरूलाई घरमै निःशुल्क डेलिभरी गर्ने गरी सम्झौता गरेको छ । काठमाडौं, बनेपा र पोखराका २३ आउटलेटमार्फत सेवा दिइरहेको सेल्सबेरीमा उपलब्ध १ हजार ४ सयभन्दा धेरै घरायसी सामान ग्राहकले ग्यापु डटकमको वेबसाइट वा मोबाइल एपमार्फत अर्डर गर्न सक्नेछन् । ग्यापुले जी–बार सञ्चालनमा ल्याएको छ । जी–बार एउटा भर्चुअल बार हो, जहाँ ग्राहकले घरमै मेनु पाउनेछन् र आफूलाई आवश्यक सामग्री ग्यापु डटकमबाट सोझै अर्डर गर्न सक्छन् । जी–बारअन्तर्गत अल्कोहल र तयारी खाजा चौबीसै घण्टा डेलिभरी गरिरहेको छ । कालिमाटीमा तोकिएभन्दा कम मूल्यमा हाल ग्यापुले तरकारीका ६० जना कर्मचारीलाई रोजगारी प्रदान गरेर होम डेलिभरी गरिरहेको खड्का बताउनुहुन्छ । ग्यापुले छिट्टै भियतनाममा समेत आफ्नो सेवा विस्तार गर्ने सोचमा रहेका छौं । हाल ग्यापुमा हजारभन्दा बढी भेन्डर र ४ लाखभन्दा बढी उत्पादन उपलब्ध छन् । दैनिक ७ सय अर्डरको व्यवस्थापन गरिरहेको छ । ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाइटमार्फत अर्डर गर्न सकिन्छ । अहिले ग्यापु करोडौंको ब्यापार गर्न सफल भएको छ ,आउदो दिनमा झन प्रभावकारी काम गरेर सेवा बिस्तार गर्ने सोचमा छौ खड्का भन्नुहुन्छ ।

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal