eNepal

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अघि बढ्यौ

राष्ट्रिय गौरबको रुपमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको रुख गणना मंसिरभित्र सम्पन्न गर्न पर्यटन मन्त्रालयले डिभिजन वनकार्यालय बारालाई निर्देशन दिएको छ।

मन्त्रालयले जनशक्ति थपेर भए पनि मंसिरसम्म रुख गणना र नम्बरिङ सक्ने निर्णय गरेको हो। हालसम्म सो क्षेत्रका ५७ हजार ३५० रुखगणना कार्य सकिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको संयोजकत्वमा बसेको उच्चस्तरीय सहजीकरणसमितिको बैठकले आउँदो मंसिर मसान्तभित्र रुख तथा पोलहरूको लगत नम्बरिङको कार्य सम्पन्न गर्ने निर्णय गरेको हो।

बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रमा पर्ने आयोजनास्थलमा अवस्थित टाँगिया बस्ती स्थानान्तरणका लागि १५दिनभित्र मोडालिटी टुङ्ग्याउने निर्णय समेत गरेको छ।

२०७६ माघ २ गतेको निर्णयानुसार भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठितसमितिलाई स्थलगत निरीक्षण गरी बस्ती व्यवस्थापनका लागि स्थानसहितको मोडालिटी तयार गर्न १५ दिनको समय तोकेको छ। साथै, उक्त समिति सदस्यमा डिभिजन वन कार्यालय, बाराका प्रमुखलाई थप गर्ने निर्णय गरिएको छ।

त्यस्तै, विमानस्थल निर्माण क्षेत्रको चार किल्ला वरिपरि सडक निर्माण, पहुँच मार्ग निर्माण र सो क्षेत्रमा पर्ने वन क्षेत्रको रुख कटान गर्नेकार्य सम्पन्न गर्न नेपाल वन निगम लिमिटेडमार्फत रुख कटानको काम अगाडि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाईनिर्देशनसमेत दिइएको छ।

बैठकले विमानस्थलको गुरुयोजना निर्माणको खरिद सम्झौता प्रक्रियाका बाँकी कार्य आगामी हप्ता दिनभित्रमा सक्न नेपाल नागरिकउड्डयन प्राधिकरणलाई निर्देशन समेत दिएको छ।

लगानी बोर्डले विमानस्थल निर्माणका लागि छनौट भएको जुरिच इन्टरनेशनल कम्पनीसँग निरन्तर संवाद र पत्राचार गरी सेप्टेम्बर ३०भित्रमा परियोजना प्रस्तावमाथि अन्तिम निर्णय लिनेसमेत निर्णय गरेको छ।

मन्त्रालयले हाल १९ सय हेक्टर जमिनमा विमानस्थल निर्माण गर्ने गरि काम अगाडि बढाएको छ।

यसअघि २५ सय ५६ हेक्टरमा विमानस्थल निर्माण गर्ने गरी रुख काट्न पर्यटन मन्त्रालयले वन मन्त्रालयलाई पत्राचार गरेपछि विवादभएको थियो।

व्यापक विरोधपछि सरकार उक्त प्रस्तावबाट पछि हटेको थियो। निजगढमा विमानस्थल निर्माणको प्रारम्भिक अध्ययन गरेकोल्याण्डमार्क वर्ल्डवाइडले भने १३ सय हेक्टरमा विमानस्थल बनाउन सुझाएको छ।

सरकारले सुरुवातमा विमानस्थलसँगै एयरपोर्ट सिटी समेत बनाउने तयारी गरेको थियो। तर, संसदीय समितिहरूले एयरपोर्टसँगै सहरबसाउने योजना कार्यान्वयन नगर्न निर्देशन दिएका थिए।- एजेन्सी

Related posts

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि निर्वाचित

Manoj Poudyal

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान जारी

Manoj Poudyal

नेपाली फुटबल टोलीका खेलाडीहरूलाई प्रतिव्यक्ति ५ लाख रुपैयाँ मन्त्रिपरिषद्को निर्णय

Manoj Poudyal

नेपाली टोलीको विमानस्थलमा भव्य स्वागत, रोहित चन्द भने मालदिभ्सबाट सिधै इन्डोनेशिया गए

Manoj Poudyal

हास्य कलाकार मनोज गजुरेलले गरे विवाह

Manoj Poudyal

मन्त्रिपरिषद् विस्तारः रक्षामा मिनेन्द्र रिजाल, कानूनमा दिलेन्द्रप्रसाद बडु

Manoj Poudyal