eNepal

भ्याक्सिन खरिद गर्न जापान सरकारले ६ सय ७० अर्ब रकम विनियोजन गर्यो

टोकियो । सेप्टेम्बर ८ तारिख बसेको मन्त्री परिषद बैठकले सबै नागरिकलाई कोरोना भाइरस बिरुद्धको भ्याक्सिन उपलब्ध गराउन ६ सय७० अर्ब भन्दा बढी जापानी येन सुरक्षित कोषमा राख्ने निर्णय गरेको छ ।

यो रकम जापान बाहिर भ्याक्सिन उत्पादन गर्ने कम्पनीबाट खरिद गर्नको लागि खर्च गरिने सरकारी अधिकारीहरुले बताएका छन् ।

हालसम्म सय खर्ब येन कोरोना भाइरस बिरुद्धको लागि खर्च गर्न जापान सरकारले बजेट छुट्याएकोमा हालसम्म भ्याक्सिनको लागि खर्चनभएको बाँकी बजेटबाट ६ सय ७१ अर्ब ४४० करोड येन बिनियोजन गर्ने निर्णय गरेको हो ।

जापान सरकारले भ्याक्सिन खरिदको लागि बेलायती र अमेरिकी कम्पनीसँग यदि उनिहरुले बनाएको भ्याक्सिनले सफलता पाएमाजापानलाई १० करोड वटा भ्याक्सिन उपलब्ध गराउने सम्झौता गरिसकेको छ ।

हाल तेस्रो चरणको परिक्षण क्रममा रहेको भ्याक्सिन आगामी बर्षको सुरुवातसम्ममा टुंगो लागिसक्ने विश्वास गरिएको छ ।

सरकारका स्वास्थ्य, श्रम तथा कल्याण मन्त्री कातो खाचुनोबुले सरकारले आगामी बर्ष सन् २०२१ को मध्यसम्ममा सबै नागरिकलाईभ्याक्सिन उपलब्ध गराउने लक्ष्य राखेको बताएका छन् ।

मंगलबारको मन्त्रीपरिषद बैठक र निर्णयपछि मन्त्री कातोले भने-‘भ्याक्सिन सुरक्षित गर्न एक औषधि कम्पनीसँग सम्झौताको अन्तिमतयारी भइसकेको छ । त्यसपछि भ्याक्सिनलाई आपुर्ति र सबैलाई पहिलो ६ महिना भित्रमा उपलब्ध गराईनेछ । अर्को बर्ष सबैको लागिसहज रुपमा भ्याक्सिन सुरक्षित बनाउन म सक्दो प्रयास गर्नेछु ।’

Related posts

Online Gambling Enterprise Slot Machines: The Ultimate Guide

अविलास

Understanding High Cholesterol: Reasons, Results, and also Management

अविलास

Exactly how to Detox Your Body: A Comprehensive Overview

अविलास

अविलास

Experience the Thrill of Free Live Roulette Gamings

अविलास

The Very Best Actual Cash Casinos: Your Overview to Online Gambling

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349