eNepal

अध्यागमन कानूनको उल्लघंन गरेको आरोपमा जापानमा दुई नेपाली पक्राउ

टोकियो । अध्यागमन कानूनको उल्लघंन गरेको आरोपमा जापानमा दुई नेपाली पक्राउ परेका छन् । जापानको इवाराकी केन स्थितअध्यागमन कार्यालयले नक्कली कागजपत्र बनाई आवास अनुमति लिन खोजेको आरोपमा एक महिला सहित अर्का एक पुरुषलाईपक्राउ गरेको जापानी समाचार संस्था एनएचके टेलिभिजन तथा अनलाइनमा खबर प्रकाशित छ ।

समाचारमा जनाइएअनुसार पक्राउ पर्नेमा ३८ बर्षिय दिपेन्द्र शाहनी र २२ बर्षिय सिर्जना बोहोरा छन् । शाहनीले गलत व्यहोरा उल्लेखितकागजपत्र बुझाएर बोहोरालाई आफ्नी छोरीका रुपमा भिसा दिलाएका थिए ।

गत मे महिनामा गलत कागजपत्र बनाई बसोबास अनुमति थप गर्नका लागि आवेदन दिएका उनीहरुको घटनालाई इबाराकी अध्यागमनकार्यालयले यस्तो प्रकृतिको घटना आफ्नो कार्यालयमा पहिलो भएको बताएको समेत समाचारमा उल्लेख छ ।

शाहनी हिताची शहरको हिगाशी तागाच्योमा रेष्टुरेन्ट व्यवसायमा संलग्न रहेको र उनले छोरीका रुपमा कागजात पेश गरेकी महिलाशाहनीकी पूर्वपत्नि तर्फकी साली रहेको समेत समाचारमा उल्लेख छ ।

तयार पारिएको नक्कली कागजातमा छोरीको नाम दिपिशा शाहनी राखिएको समेत समाचारमा उल्लेख छ । शाहनीले ओभरस्टे बसीपक्राउ परेका अरु ३ जना नेपालीहरुलाई पनि यसैगरि नक्कली नाता देखाई जापान भित्र्याएको विषयमा समेत छानविन भइरहेको छ ।

Related posts

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

अमेजीङ प्यारेन्ट्सले फरक क्षमताका बालबालिका र उनीहरुका अभिभावक लक्ष्क्षित गर्दै दशै तथा दिपावली कार्यक्रम गर्दै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349