अस्ट्रेलीयाको मेल्बोर्नमा आजकाल यती धेरै ईभेन्टहरु हुन्छन् कि कति त दर्शकहरुलाई थाहा पत्तो हुँदैन। हरेक हप्ता जसो हुने ईभेन्टहरुले दर्शकहरुलाई त्यती नतानेको आभास आजकालका ईभेन्टमा दर्शकहरुको आवतजावतबाट पनि अन्दाज लगाउन सकिन्छ।किन दर्शकहरु पातलीदै गए भन्ने बारे छलफल नगरीकन कस्ले पहिला फेसबुकमा पोस्टरमा राख्ने, कुन र कसलाई चाँहि प्रायोजकको रुपमा आफ्नो ईभेन्टमा राख्ने भन्ने दौड धुपमा लागेको मात्र देखिन्छ ईभेन्ट कम्पनीहरु। दर्शकले के रुचाएका छन् या दर्शकको रोजाई के हो भन्ने बारे मेसो नपाउँदा लगानी पनि नउठ्ने गरेको पाईएको छ।
अरुको देखासिकीमा होस या केही फरक सोचका साथ केही भिन्न गर्छौ भनेर नयाँ जोस र जाँगर सहित नयाँ ईभेन्ट कम्पनीहरु बजारमा आउने क्रम पनि निरन्तर बड्दै आएको छ।दर्शक आउन् या नआउन्, नाफा होस या नहोस कसरी हुन्छ बजारमा ईभेन्ट ल्याई राख्नु पर्छ भन्ने मान्यता पनि केही ईभेन्ट कम्पनीहरुले लिएको देखीन्छ।
बर्ष २०१६मा केही एकाध ईभेन्ट कार्यक्रमहरु देखी बाहेक प्राय ईभेन्टका कार्यक्रमहरुमा दर्शकहरुको उपस्थिती त्यति उत्साहजनक रहेको थिएन।यहि क्रम बर्ष २०१७मा नदोहोरीएला भन्न सकिन्न यदी दर्शकको रोजाई र चहाना अनुसारका ईभेन्ट भएनन् भने।साँच्चै भन्नु पर्दा एक आपसमा सरसल्लाह नगरी कन ईभेन्टहरुको मिती तोकिने भएकोले पनि यसको असर दुवै दर्शक अनि आयोजकलाई पर्ने गरेको तितो यथार्थ बिगतमा आयोजना भएका कार्यक्रमबाट अन्दाज लगाउन सकिन्छ।
बर्ष २०१६लाई बिधाई अनि नयाँ बर्ष २०१७लाई स्वागत गर्ने हेतुले एस ईभेन्ट्स एन्ड मल्टीमिडीया र हैट क्रियसनको सहकार्यमा “Do The Dab” नामक डान्स पार्टी आयोजना हुने भएको छ। $३० प्रबेश शुल्क राखिएको यो पार्टी मेल्बोर्नको म्याक्स वाट्समा हुने छ जहाँ पाँच जना डिजेको सहभागीता हुने छ भने भेन्युमा आतासबाजी लगाएत फोटो बुथपनि हुने भएको छ।
स्मार्ट एक्सिस एन्ड ईनटरटेन्मेन्टले नेपाली चलचीत्र शव्दको प्रदर्शन १५ जनवरीका दिन नोभा सिनेमा हलमा गर्ने भएको छ।सौगात मल्ल र कमला वाईवाको साथमा मेल्बोर्नका दर्शकहरुले शो चलचीत्र हेर्न पाउने भएका छन्। १६ जनवरीका दिन भने कलाकार द्वयसँग भेटघाटको कार्यक्रम रहेको छ।
ईभेन्टहरुकै भिडमा चहलपहल मेल्बोर्नले यही २२ जनवरीको दिन नेपाली साङ्गीतिक व्यान्ड अनुप्रस्थ लाईभ कन्सर्ट गर्ने भएको छ।ग्रेस ईन्टरनेसनल प्रायोजन रहेको शो कन्सर्ट म्याक्स वाट्समा हुने निश्चीत भएको छ।
लाग्दै छ कि बर्षको शुरुवाती महिनामानै ईभेन्टहरुको भिड हुने पक्का पक्की छ।हाँस्य ब्यङ्ग क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाई सकेका कलाकार द्वय धुर्मुस सुन्तली जो अहिले नमुना बस्ती -३ को अर्को अध्यायमा लागि परि सकेका छन्। बर्दीबास २ महोतरीको मुसहर बस्तीका टहरामा एकिकृत नमुना बस्ती बनाउने घोषणा गरि सकेका छन्।यिनै कलाकार सिताराम कट्टेल र कुन्जना घिमेर अनि गायक भरत सिटौला र सिड्नीमा रहेको द नेक्स्ट नामक नृत्य समुहले सहभागीता जनाउँदै छ।
त्यस्तै गरेर प्रणय दिवसलाई लक्ष्क्षीत गर्दै हैट क्रियसन् एन्ड ईन्टरटेनमेन्टले सबिन राई एन्ड व्यान्ड ल्याउने भएको छ।१३ फेव्रुअरीमा हुने यो कार्यक्रम थेरापी नाईट क्लब,क्राउनमा हुने भएको छ।
बहु प्रतीक्षित नेपाली चलचीत्र लुटको सिक्वेल लुट-२ पनि आगामी २६ फ्रेबुउरीमा हुने नेप्ले ईभेन्ट्सका डाईरेक्टर सन्जय शाहले जनाएका छन्। यस चलचीत्रको मागलाई हेरेर बाँकी शोहरुको मिती तय गर्ने बताउनु भयो।स्थानीय चाईना टाउनमा यसको पहिलो र दोस्रो शो पक्का भई सकेको छ।त्यस्तै बजाउँछ अस्ट्रेलीयाको दोस्रो सँस्करण पनि अप्रीलको ईस्टर सोमबार हुने लगभग पक्का पक्की भएको छ।कर्मा व्यान्ड र पप गायक सन्जय श्रेस्ठको साथमा हुने यो कार्यक्रम अस्ट्रेलायाको सबै शहरमा हुने निश्चीत भईसकेको छ।
भर्खर मेल्बोर्नमा आएको नयाँ ईभेन्ट्स सहि हो ईभेन्टले फ्रेवुअरी र मार्चलाई लक्ष्क्षीत गरेर एउटा पृथक कार्यक्रम ल्याउने तयारी गर्दै गरेको आयोजक मध्यका एक सुजन खरेलले बताउनु भयो।मिती, भेन्यु र कार्यक्रमको बिवरण केही दिनमानै फेसबुक मार्फत जानकारी गरिने बताउनु भयो।
मेल्बोर्नको अर्को ईभेन्ट्स कम्पनी सोलाङ्चरले एम फेस्टीभल पनि मार्चमा आयोजना गर्ने भएको छ। सोलाङ्चरले नै यहि फेस्टीभललाई लक्ष्क्षीत गर्दै नेपाली फ्युजन ईन्स्ट्रुमेन्टल व्यान्ड कुटुम्ब पनि यहि मेलाको अवसर पारेर ल्याउँदै छ।बिपुल क्षेत्री अस्ट्रेलीया टुर पनि यहि बर्ष हुने भएको छ।यसको मिती चाँही तय भईसकेको छैन। सोलाङ्चरले हरेक महिना जसो गर्दै आएको डबली कार्यक्रमपनि यहि ईभेन्टहरुको बिचमा हुने निश्चीत छ।
यी त भए बर्षका शुरुवाती महिनामा हुने केही ईभेन्टका जानकारीहरु मात्र।यी बाहेक पनि अरु धेरै ईभेन्ट कम्पनीहरु छन् जसले आफ्ना कार्यक्रमहरु सार्वजनीक गरि सकेका छैनन् तर पक्कै पनि कार्यक्रमहरु बड्ने निश्चीत छ।
अव यसरी कार्यक्रमहरु हुने भएपछि दर्शकहरुमा पनि रोजी र छाडीको स्थिती आउने पक्का पक्की छ।खैर कार्यक्रम ल्याउनु दर्शकहरुलाई मनोरन्जन दिनु सराहनीय काम हो।एकातीर दर्शकहरुले मनोरन्जन लिन पाउँछन् भने अर्को तिर कलाकारहरुको पनि राम्रो आयस्रोत बनेको छ बिदेशको साङ्गीतिक यात्रा।अव ईभेन्ट कम्पनीले पनि यो बुझ्न जरुरी छ कि प्रतीस्पर्धामा गएर ईभेन्ट जुध्नु भनेको अन्तत: घाटा आफैले बेहोर्नु हो।दर्शकहरुको रोजाई, उचीत समय र भेन्युको तारतम्य बुझ्न एकदम जरुरी रहेको छ।अन्यथा केवल खदा ओडाउने अनि प्रायोजक र केही नजीकका साथीभाईको उपस्थितमा कार्यक्रम भव्यताका साथ सम्पन्न भयो भन्दै ताली बजाउँदै दिनहरु क्रमीक रुपमा बिती रहने छन्। ईभेन्ट कम्पनीहरु बेलैमा सजग हुन जरुरी छ।