एजेन्सी- नेसन्स लिग फुटबल प्रतियोगितामा आज एक रोमाञ्चक खेल हुँदैछ, जहाँ युरोपका हेभिवेट टोलीहरू नेदरल्यान्ड्स र इटालीआमनेसामने हुँदैछन् । समूह चरणअन्तर्गत दोस्रो खेलमा यी दुई ठूला टोली भिड्न लागेका हुन् । खेल नेदरल्यान्ड्सको घरेलु भूमिमानेपाली समयअनुसार राति ठीक १२ः३० बजेबाट सुरु हुनेछ ।
यी दुई टोली लिग एक–समूह १ मा छन् । पहिलो खेलपछि हाल अंक तालिकामा नेदरल्यान्ड्स स्पष्ट जित निकालेर शीर्ष स्थानमा छन् ।उसले यसअघि पोल्यान्डलाई हराएको थियो । यसअघिको खेलमा बराबरी खेलेका बोस्निया एन्ड हर्जगोभिना र इटाली समान १–१अंकसहित दोस्रो र दोस्रो स्थानमा छन् ।
समूह विजेता बन्न नेदरल्यान्ड्सका लागि आजको खेल महत्त्वपूर्ण हुनेछ । आफ्नो घरमा इटालीलाई स्वागत गर्दा उसले स्पष्ट ३ अंकजोडेर ६ अंकसहित ग्रुप लिडर बन्ने दाउमा छ । यदि इटाली विजयी भए ऊ ग्रप लिडर बन्नेछ ।