एजेन्सी- बार्सिलोनाका स्टार फरवार्ड एन्टोनी ग्रीजम्यानलाई इंग्लिस क्लबले भित्र्याउन चासो देखाएका छन् । क्याम्प नोउमा पछिल्लोसमय विकसित घटनाक्रमको अध्ययन गर्दै २९ वर्षका फ्रेन्च फरवार्ड भित्र्याउन लिभरपुल र म्यानचेस्टर युनाइटेड दौडमा निस्किएकोअन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।
बार्सिलोनामा क्लब छाड्ने निर्णय गरेका कप्तान मेस्सीले क्लब छाड्ने निर्णय फिर्ता लिएर बार्सिलोनामै रहने निर्णय गरेपछि फेरि पनिग्रीजम्यानको भविष्य अनिश्चित बन्ने देखिएको छ । यसअघि मेस्सीले क्लब छाड्ने निर्णय गरेपछि नयाँ सिजनबाट मेस्सीको स्थानमाग्रीजम्यानले प्रमुख भूमिका पाउने अवस्था थियो । नयाँ प्रशिक्षक रोनाल्ड कोएमानले पनि आफूले नयाँ सिजनमा ग्रीजम्यानलाई प्रमुखभूमिका दिने बताएका थिए ।
अघिल्ला प्रशिक्षकले ग्रीजम्यानलाई आफ्नो पोजिसनअनुसार नखेलाएको भन्दै नयाँ कोच कोएमानले आफ्नो योजनामा ग्रीजम्यानलेसेन्ट्रल फरवार्डको भूमिका पाउने बताएका थिए । जबकि, त्यसबेला मेस्सीले क्लब छाड्ने निर्णय गरिसकेका थिए । मेस्सी बार्सिलोनामैरहेको अवस्थामा ग्रीजम्यानले आफ्नो पोजिसन पाउने सम्भावना छैन । किनभने, बार्सिलोनामा सेन्टर फरवार्ड पोजिसनमा कप्तान मेस्सीखेल्छन् ।
टोलीमा एकै पोजिसनमा खेल्ने २ जना स्टार खेलाडी हुँदा प्रशिक्षकलाई टोली बनाउन समस्या पर्ने देखिएको छ । यसअघि नै कोएमानलेग्रीजम्यानसँग बैठक गरेर आफ्नो योजनामा उनले प्रमुख भूमिका पाउने विश्वास दिलाएका छन् । तर, मेस्सीले क्लब नछाड्ने अवस्थामाफेरि पनि मेस्सी टोलीका प्रमुख भूमिकामा रहने हुँदा ग्रीजम्यानले नयाँ सिजनमा प्रमुख भूमिका पाउने सम्भावनै छैन ।
नयाँ प्रशिक्षकले लिभरपुलबाट अट्याकिङ मिडफिल्डर जर्जिनो विज्नाल्डुमसहित इटालियन इन्टर मिलानका लौटारो मार्टिनेज र फ्रेन्चक्लब लियोनका मेम्फिस डिपेमध्ये एकजना भित्र्याउन चाहेका छन् । उनीहरू ३ जनामध्ये २ जना अनुबन्ध भए बार्सिलोनाको आक्रमणलाइनमा खेलाडीको संख्या बढ्नेछ । बार्यन म्युनिखबाट फिलिपे कोउटिन्हो फर्किएकाले पनि केही प्रमुख खेलाडीको भूमिका नयाँसिजनमा खुम्चिने देखिन्छ । किनभने, कोउटिन्हो नयाँ सिजनमा प्रमुख योजनामा रहने पक्का छ ।
यी सबै स्थिति बुझेका इंग्लिस क्लबले विश्वकपविजेता खेलाडीलाई भित्र्याउन चासो देखाएका हुन् । बार्सिलोनामा आफ्नो प्रमुखभूमिका सुनिश्चित नदेखे ग्रीजम्यानले पहिलो रोजाइको खेलाडी बन्ने अवसर आउँदा बार्सिलोना छाड्ने सम्भावना देखेका छन् ।बार्सिलोनाले लुइस स्वारेज बेचेर उनको स्थानमा डिपे भित्र्याउने सम्भावना प्रबल छ । यदि डिपे र मार्टिनेजमध्ये एकजना भित्रिएग्रीजम्यानको भूमिका खुम्चिने पक्का छ ।