eNepal

ताईफुको कारण २९ जना घाईते ,भौतिक क्षति देखि लाखौ मानिस बिस्तापित

जापान – जापानी संचारसंस्था एनएचकेका अनुसार हाइशेन ताइफुका कारण क्युसुमा कम्तिमा २९ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा खागोसिमा प्रिफेक्चरमा ७ जना, मियाजाकी प्रिफेक्चरमा ६ जना, नागासाकी प्रिफेक्चरमा ६ जना, कुमामोतोप्रिफेक्चरमा ४ जना,  ओइतामा ३ जना,  फुकुओकामा २ जना र सागा प्रिफेक्चरमा १ जना रहेका छन् ।

अधिकारीहरुले उत्तरी क्युसुमा ट्रक पल्टाउने बराबरको हावाहुरी चलेको बताएका छन् । ‘क्युसु क्षेत्रमा हावाहुरी एकदम बलियो रहेकोपाइएको छ ।’ उनीहरुले भनेका छन ‘यसले थप क्षति गर्नसक्छ ।’

सोमबार बिहान २ बजे नागासाकी शहरको नोमाजाकिमा प्रति घण्टा २१० किलोमिटर मापन गरिएको थियो । त्यस क्षेत्र यत्तिको बलियोहावाहुरी लागेको पहिलो पटक रहेको पाइएको छ ।

यसैगरि ताइफु हाइसेन कै कारणले क्युसु, शिकोकु र च्युउगोकु क्षेत्रबाट जानेआउने एयरलाइन्सका ५७९ घरेलु उडानहरू रद्द भएको छ ।सडक तथा रेल यातायात पनि प्रभावित बनेको छ ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

Manoj Poudyal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

Manoj Poudyal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

Manoj Poudyal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

Manoj Poudyal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349