eNepal

भाइरल हुनका लागी भक्तपुरको सडकमा दूध फ्याकेको अनुसन्धानमा खुल्यो

काठमाडौं -केही पहिले काठमाडौ उपत्यकामा निषेधाज्ञा जारी गरेपछि भक्तपुरमा एउटा घटना चर्चामा आयो जुन घटना हो दुध नबिकेर किसानले सडकमा दुध फ्याके जुन घटना सामाजिक संजालमा भाइरल भएको थियो । बास्तबिकता तेस्तो रहेनछ उनले भाइरल हुन सडकमा दूध फ्याकेको अनुसन्धान खुल्न आएको छ ।

भक्तपुरको सूर्यविनायकमा गत साता सडकमा दूध पोख्ने डेरी सञ्चालक एक रात हिरासतमा बसेर छुटेका छन् ।शुक्रबार पक्राउ परेका रानीकोट डेरीका सञ्चालक मनोज श्रेष्ठ अबदेखि यस्तो नगर्ने कागज गरेर शनिबार छुटेको महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए ।

किसानको दूध नबिकेपछि प्रतिकात्मक रुपमा भाइरल हुन दूध पोखेको तर सामाजिक सञ्जालबाट राम्रो प्रतिक्रिया नपाएको बयान श्रेष्ठले प्रहरीलाई दिएका थिए । उनले भाइरल हुन खोज्दा गाली र सस्ती भोग्नुपरेको बताए ।

‘दूध पोखेर आफूले एकातर्फ सामाजिक सञ्जालमा गाली खाएको र अर्कोतर्फ दूध पनि नष्ट भएको भन्दै उनले माफी मागे,’ प्रहरी नायव उपरीक्षक जोशीले भने ।

अभावको बेला सडकमा दूध पोखेर निषेधाज्ञाको बिरोध गरेको तथा अत्यावश्यक वस्तु नष्ट गरेको भन्दै सामाजिक सञ्जालमा तीब्र बिरोध भएपछि जगाती प्रहरीले उनलाई प्रक्राउ गरेको थियो ।

निषेधाज्ञाले दूध बिक्री कम भएको भएपनि ठप्प भएकै कारणले दूध नपोखेको श्रेष्ठले प्रहरीलाई बताएका थिए ।

भदौ १३ गते शनिबार सूर्यविनायकमा रहेको रानीकोट डेरीले २२० लिटर दूध सडकमा पोखेको थियो । सडकमा दूध पोखिएको भन्दै डेरी सञ्चालकको निकै बिरोध भएको थियो ।

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal