eNepal

कोरोनाको माहामारीमा यसरी गरिदैछ मेल्बोर्नमा न्वारण, घर पुजा देखी श्राद्ध

हामी बिभीन्न बहानामा चाहे अध्ययनको शिलशिलामा होस् या कामको शिलशिलामा बिदेश लाग्यौ अनि बिदेशलाईनै कर्म थलोको रुपमा अङ्गाल्दै आयौ। हामीसँगै हाम्रो कला, सँस्कृती, रितीरिवाज, चाडबाढ पनि सँगै आए। परापुर्ब कालदेखी गर्दै आएका परम्परागत चाडबाढ अनि जन्म देखी मृत्यु सम्म गरिने सँस्कार पनि पछ्याउँदै मिले सम्म र पाएक परे सम्म गर्दै आयौ।

आजकाल बिदेशमा पनि ब्राम्हणहरु प्रसस्तै पाईन थालेको छ। न्वारन देखी ब्रतबन्ध, विवाहा, लाखबत्ती, चौरासी पुजा सबै सहज रुपमा गर्ने गरेको पाईन्छ।

कोरोना माहामारीबाट मेल्बोर्नमा पुरोहीत पेशापनि अछुतो रहन सकेन।पण्डीत पेशा दैनीक जसो धेरै जनसम्पर्क हुने पेशा भएकोले र आफ्नै समुदायमा जोखीम वदन गर्न सक्ने भएकोले यहाँका पुरोहीतहरु सजग भएर काम गरि रहेका छन्।

नयाँ प्रबिधीको प्रयोग गरेर अनलाईन मार्फत आ-आफ्ना सँस्कारहरु पुरोहीत मार्फत गराउने प्रचलन बढ्दै गएको छ। पूजा, लाखबत्ती, विवाहा, व्रतबन्ध जस्ता कार्यहरु जसमा नेपाली समुदायको बाक्लो उपस्थिती भएर नेपाली सँस्कार र परम्परा अनुसार गरिने कार्य  अहिलेका लागि स्थगीत गरिएका छन्। स्थानीय सरकारले प्रतीवन्धहरु खुलाए पछि यी कार्यहरु सुचारु हुनेछन् 

पण्डीत नारायण प्रसाद ज्ञावली भन्नु हुन्छ कोभीडको कारणले जन्म मृत्युका कार्यहरुलाई बढी प्रभाव पारेको छ। नेपालबाट घुम्न आउनु भएका बुबा आमाहरु पनि कोभीडको कारणले फर्किन नसक्नु भएको अवस्था थियो। यस पटक मेल्बोर्नमा तिथी श्राद्ध गर्नेको संख्या ह्वात्तै बढेको थियो तर कोभीडको कारणले पण्डीतसँग प्रत्यक्ष श्राद्धहरु गर्न नपाउँदा उहाँहरुलाई दुखीत तुल्याएको परिवेशमा अनलाईन मार्फत हुने सेवाहरुले केही राहत भएको महशुस बुबा आमाले गर्नु भएको छ।

त्यस्तै समयमानै पुजा आजा गरेर घरलाई शुद्धता बनाई घर भित्रीने आस्था बिस्वास भएकाहरुलाई पनि यसले असर पारेको छ। घर पुजा पछि गर्ने गरि सामान्य घर भित्रीने पुजा पनि अनलाईन मार्फत गर्ने चलन बढ्दो छ। यसले गर्दा आ आफ्नो आस्था र बिश्वासलाई बचाई राख्न पण्डीतहरुले मद्दत गरेको देखिन्छ।

हाम्रो बाक्लो उपस्थिती सँगै दोश्रो पुस्ताहरु मेल्बोर्नमा बढ्दो छ। दैनीक एक देखी तीन जना सम्म बच्चाहरु जन्मने क्रम देखिन्छ।यस अर्थमा नामाकरण कार्यलाई पनि कोभीडले नराम्रो असर पारेको छ।अनलाईन मार्फतको कार्यबाट पनि मेल्बोर्नमा नामाकरण गराउने कार्य वढ्दो छ।

यस बिषम परिस्थितीमा नेपाल तुरुन्त जान हामीलाई सम्भव छैन। आफन्तको मृत्युमा प्रत्यक्ष उपस्थितीहुन सम्भव छैन।यय्तो परिस्थितीमा पनि पुरोहीतहरुले सम्भव भए सम्मको सेवा प्रदान गरेर समवेदना प्रकट गरेको देखिन्छ।

यता मेल्बोर्नको नेपाली समुदायमाँझ लोकप्रीय रहँदै लामो समय देखि पण्डित्याई गर्दै आउनु भएका शंकर गौतमको भनाई भने केही फरक रहेको छ। अनलाईनबाट सेवा प्रदान गर्नुको बिकल्प यो कोरोना माहामारीमा अरु कुनै छैन तर युवापुस्तामा अनलाईनबाट सेवा प्रदान गर्न एकदमै गार्हो रहेको छ। केही अनुभव भएका र पहिलादेखी अनलाईन कार्य गर्दै आएकालाई सहज हुन सक्छ तर नयाँ भाई बहिनीहरुलाई भने अनलाईन पुजा कार्य गर्न एकदमै गार्हो छ। भनेको जस्तो रिती पुर्याउन सकिदैन। अझ न्वारण गराउन त एकदमै गार्हो छ। 

पहिलानै अनलाईन कार्य गरि सकेका र जानेकाहरुलाई अहिले पनि सेवा प्रदान गरि रहनु भएका गुरु शँकरले त्यसरी अनलाईन कार्य गर्दा हुलाकबाट हप्ता दिन अगाडीनै सामाग्री पुर्याउने र फोन मार्फत बिधी पढेर सुनाउने गर्नु भएको छ। ल्यापटपबाट भिडीयो कस गर्दा आवाज प्रष्ट नआउने, कहिले काँही नेटले धोका दिएर लामो समय कुर्न पर्ने  हुन्छ।

कतिपय कार्य गर्दा ब्राम्हण प्रत्यक्ष हुनु पर्ने हुन्छ त्यस्तो बेला मिलेसम्म गएर उम्काई दिने पनि गरि रहनु भएको छ। अहिलेको समयमा घर पुजा पछि लाई सार्न सकिन्छ। देशकाल परिस्थिती अनुसार ज्वाई चेलालाई टिका लगाएर सिधा उठाएर श्राद्ध गर्न सकिन्छ। बोरु नेपालमा दाजुभाई हुनुहुन्छ भने उहाँहरुलाई भनेर देवघाटमा गएर बृद्धहरुलाई दान गरौ त्यो पुन्य हुन्छ। 

श्राद्द भनेपछि मोटक बाट्न पर्ने हुन्छ, त्यो कतिलाई आउँदैन, जनै चाहिने हुन्छ। यी सबै सामाग्री सबैको घरमा नहुन सकजछ।एकहप्ता अगाडीनै हुलाकबाट पठाईदिने गरेर पनि आपतकालको अवस्थामा गर्न सकिने हुन्छ। तर खासै चित्तबुझ्दो चाँही नरहेको बताउनु हुन्छ पण्डित शंकर गौतम्। 

आझ चौथो श्राद्ध सकिदै गर्दा आझै मात्र एकजनाको श्राद्ध अनलाईन गर्दा कर्ता र पण्डित दुवैलाई सन्तुस्टी नभएको अनुभव गुरुको छ। ठ्याक्कै चार घण्टा लागेको अनुभव सुनाउँदै अव केही दिन पछि एकजनाको फोनबाटै श्राद्ध गर्ने तयारीमा रहेको बताउनु भयो तर कर्ता अनुभवी र पहिलाबाटनै फोनबाट पढेर गरिने भएर खासै गार्हो नरहने बताउनु हुन्छ। मैले सर्सर्ती पढ्दा उहाले सबै बिधी पुर्याएर गर्नु हुन्छ। तर कहिलै नगरेकालाई भने धेरै गार्हो हुने वहाँको भनाई छ।

नोटः मेल्बोर्नमा पण्डीत चाहिएमा निम्न गुरुहरुलाई सम्पर्क गर्न सक्नु हुनेछ।

शंकर गौतम – 0430 062 837

नारायण प्रसाद ज्ञावली ( मिलन ज्ञावली ) – 0451 070 296

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349