eNepal

आत्मबल बलियो बनाएरनै कोरोनासॅंगको लडाॅंई जितीने रहेछ – लक्ष्मण बोम्जन तामाङ

( जिवनको काहाली लाग्दो क्षण… )

कतार-मानिसको जिन्दगीको मोड कहाँ निर के हुने हो कस्तो अबस्थामा आई पुग्ने हो थाहा नै नहुने रहेछ….आफ्नो कोठामा संगै बस्ने साथीकोस्वाब टेस्टको रिजल्ट पोजिटिभ आएपछि स्वत: मलाई पनि क्लोज कन्ट्याक्ट्को हिसाबले क्वारेन्टाइनमा हालियो । अनि मेरो पनितुरुन्त तेस्रो दिनमा स्वाब टेस्ट गरियो । चौंथो दिन निकै डर त्रास अनि भयका साथ रिजल्ट कुरी राखेको अवस्थामा लकिली मेरो नेगेटिभरिजल्ट आयो म निकै खुशी भयो अब चाहिँ बाँचियो भनेर भित्र भित्रै मनमा नयाँ  उमंग जोश जाँगर भरेर पनि आयो । यहाँको नियमकानुनलाई पालना गर्दै… मेरो रिजल्ट राम्रो भए पनि १४ दिने क्वारेन्टाइनमा चाहिँ बस्नु नै पर्ने भयो…र बसियो पनि। जब १४ दिनेक्वारेन्टाइनमा म १६ दिनसम्म नै बसेर क्वारेन्टाइन अवधि सकाएर आफ्नो कोठामा पुग्दाको क्षण म ज्यादै खुशी थिएँ । खुशीको सिमानानै थिएन…अहिलेको माहोलमा कोठामा जम्मा दुई जना….अनि साथीलाई कोभिड-१९ को स्वाब टेस्टको रिजल्ट पोजिटिभ आउनु अनिमेरो नेगेटिभ आउनु भनेको मेरो लागि चानचुने कुरा थिएन एक किसिमको भाग्य नै हो भन्ने लाग्यो । तर परिस्थितिले अर्कै मोड लियो ।लामो समयको अन्तरालपछि क्वारेन्टाइनको अवधि सक्नसाथ म दुई, तीन दिन ड्युटि पनि गएको थिए । तर एक्कासी मलाई लगातारलामो सुख्खा खोकी सुरु भयो । जिउ गल्दै भारी भएको जस्तो फिल हुँदै गयो…भित्र भित्रै ज्वरो आएको जस्तो फिल हुँदै गयो। मैलेआफैले आफैंलाई संम्हाल्ने कोसिस गरे । तर संहाल्न गाह्रो भैराखेको थियो ।

मैले साथीहरूलाई मेरो छेउमा नआउन अनुरोध गरे । म बोल्यो कि खोकी सुरु भैहाल्ने। मलाई भित्र भित्रै मन मनै शंका लाग्न थाल्यो किपक्कै पनि कोरोना भन्ने अलच्छिने भाइरस त लागेन। लक्षण हेर्दा त हो कि भन्ने पनि भयो किनकि म न चिया पिंउथे, न त चुरोटनै।एक्कासि लहरे खोकी कताबाट लागेको होला भनेर सोच्न थाले। म कोठामा दुई दिनसम्म एक्लै सेल्फ क्वारेन्टाइन गरेर पनि बसे । मैलेसके सम्म अरुलाई पनि नसरोस र मेरो पनि समयमा नै उपचार गराउनु पर्छ भन्ने सोंचे।

जुलाई ३० तारिखको दिन बेलुकी खाना खाए पछि मलाई खोकीले झन झन चाप्दै लग्यो। अब म रुममा बसेर काम छैन चेकअप चाहिँ गर्नुपर्छ भन्ने भयो। मैले कत्ति पनि ढिलो नगरी फोन गरेर तुरुन्त गाडीको बन्दोबस्त मिलाई दिनकोलागि आफ्नै कंपनीकै भाईलाई अनुरोधगरे। र म लगायत अरु एक जना भाई पनि बडि पैनको समस्या लिएर अल्खोर हस्पिटल हुइकियौं। जब मेरो नाजुक अबस्था देख्ने बित्तिकैडाक्टर र नर्सहरुले पनि कोरोनाको शंका गरिसकेको थियो । डाक्टरको कर्तव्य भनेकै बिरामीलाई पहिला बचाउनु तर्फ लाग्नु पर्छ भन्नेमहान बिचारका साथ मेरो क्रीटिकल सिचुयसन देख्ने बित्तिकै कत्ति पनि ढिला नगरिकन चाडाे भन्दा चाडैं मेरो उपचार शुरु गरिहाल्यो ।तुरुन्तै मेरो बि पी, बडि टेम्परेचर, इसिजी, चेस्ट एक्सरे अनि स्वाब टेस्ट यति चाँडो गरायो कि म त हेरेको हेरै बनाईदियो । अनि स्लाइनपानी बडिमा चढाउन शुरु गरिहाल्यो । 

त्यो बेला सम्म खोक्दा खोक्दै म लगभग अर्धचेत अबस्थामा पुगीसकेको रहेछु…मेरो अबस्था झन झन क्रीटिकल हुदै गएपछि त्यहाँबाटपनि मलाई रेफर गरेर अरु सुबिधा संपन्न हस्पिटल पठाइहालेछ ……( कतारको दुखान स्थित क्युबान हस्पिटल ) अनि त्यहाँ पुग्ने बित्तिकैस्थिति झन नाजुक झन नाजुक भएपछि आइ सि यु मा लगेर भेन्टिलेटरमा पुर्‍याइ हालेछ । त्यो अवस्थासम्म म निस्सासिरहेको अलि अलिथाहा पाए । त्यसपछिको अबस्था चाहिँ म दस दिन पछि होसमा आएपछी मात्र थाहा भयो कि म त बाँचेछु भन्ने । अन्तमा उपचार सफलभएपछि  बल्ल आई सि यु बाट निस्किएर तीन दिनसम्म नर्मल वार्डमा राखियो । तीन दिन पछि बल्ल कंपनीको क्वारेन्टाइनमा बसें ।कंपनीको क्वारेन्टाइनमा १९ दिनको बसाई पछि बल्ल काममा फर्किन सफल भएको छु । जब आई सि यु मा बिताएको त्यो क्षण संझिदाअझ पनि आङ सिरिङ्ग हुन्छ । मैले पाएको यो अहिलेको जिबन मेरो दोस्रो जिबननै हो भन्दा पनि कत्ति पनि फरक पर्दैन । कतारमारहेका जति पनि हस्पिटलहरु छ्न् र  जुन ढंगले उपचार गराइरखेका  छन् ….. त्यो पक्का पनि इन्टरन्यास्नल स्ट्यान्डर्डको छ ।  

अस्पतालको ब्यबस्थापन र उपचार पद्धतिलाई मैले ह्युज स्यालुट ठोक्नै पर्ने हुन्छ । साच्चै नै डाक्टरहरु नर्सहरुलाई दोस्रो भगवानकोरुपमा नै मैले पाँए । मेरो सफल उपचार पछि त मैले डाक्टर नर्सहरुलाई गर्ने माया, इज्जत र सम्मान झन पहिलाको भन्दा तेब्बर भकोछ…..म बिरामी हुँदा मेरो सिघ्र स्वास्थ्यलाभको कामना अनि पुजा गर्नु हुने मेरो घर परिवार, आफन्तहरु, साथीभाईहरु, दिदिबहिनीहरुसंपूर्णलाई एकमुस्ट रुपमा हृदय देखिनै आभार व्यक्त गर्न चाहन्छु । बिरामी अबस्थामा बिदेशी भुमिमा त्यस माथी ब्यस्तताका बाबजुतपनि जुन साथीहरूले, आफान्तहरुले गर्नु भएको सहयोग संझदा खुशीको आँसु अहिले पनि झर्ने गर्दछ । त्यी आफन्त र साथीहरुको गुणसायद जिबनको अन्तिम क्षणसम्म भुल्ने छैन ! म ऋणि भएको छु किनकी तपाईंहरुले लगाउनु भएको गुण मैले सयौं जुनीमा पनि तिर्नसकिदैन । र गर्व पनि लाग्छ कि कतार आएर धेर थोर पैसा मात्र हैन मैले मन मिल्ने पर्दा खेरी जस्तो सुकै घडीमा सहयोग गर्नु हुने साथीहरुपनि कमाएको रहेछु । कुन कुन साथीहरु आफन्तहरुले के कति सहयोग गरे गरेन त्यस्को राम्रो हिसाब किताब मेरो दिमाग र मनमाराखेको छु । र सबैजनाको पैंचो तिर्ने तर्खरमा छु। 

 मेरो अनुभवमा चाहि यो भाइरस नर्मल हुँदै होइन यो एक किसिमको ज्यानमारा भाइरसनै हो। त्यसैले यो भाइरसबाट जोगिनको लागितपाईंहरु  सबैजनालाई सजकता अपनाउनु हुन मेरो विनम्र अनिरोध छ । जो नर्मल भन्ने गर्छन् सजिलै निको भयो भन्छ्न् उनीहरुलाईसायद नर्मल खालको भाइरस नै संक्रमित भएको थियो होला भन्ने मेरो अनुमान हो । तर मलाई चाहिँ खतरनाक भाइरसको संक्रमितभएको रेहेछ भन्ने पुस्टि भयो ।

Related posts

तेश्रो ग्रेस ईन्टरनेशनल तालबराही कप मेल्बर्न अल स्टार्सको पोल्टामा

Manoj Poudyal

दिदीबहिनी समाज सेपार्टन शाखाले तीज कार्यक्रम आयोजना गर्दै

Manoj Poudyal

मेल्बर्नमा पहिलो पटक बिधिपूर्बक जनैपूर्णिमा कार्यक्रम सम्पन्न

Manoj Poudyal

मेल्बर्नको हाम्रो कम्युनिटी बिधीवत् रुपमा सँस्थागत, प्रकाश अर्याल अध्यक्षमा चयन

Manoj Poudyal

न्याभको नयाँ कार्यसमितीले पायो पूर्णता

Manoj Poudyal

नेपाल फेस्टिबल मेल्वर्नमा नै मैले मेरो मायालाई भेटेको हुँः कन्दरा गायक विवेक श्रेष्ठ

Manoj Poudyal