eNepal

केलियन एम्बाम्पेको एक मात्र निर्णयक गोलले फ्रान्स विजयी

एजेन्सी । युवा स्टार खेलाडी केलियन एम्बाप्पेको निर्णायक गोलमा फ्रान्सले यूईएफए नेसन्स लिग अन्तर्गत समूह चरणको पहिलोखेलमा जित निकालेको छ । शनिबार राति भएको खेलमा फ्रान्सले स्वीडेनलाई १–० गोल अन्तरले हराएको हो ।

स्वीडेनको घरेलु मैदानमा भएको खेलमा फ्रान्सलाई जित दिलाउन एम्बाप्पेले निर्णायक गोल गरे । उनले खेलको ४१ औँ मिनेटमा गरेकोगोल नै निर्णायक गोल बन्न पुगेको थियो । विश्ककप विजेता टोली फ्रान्सले पहिलो खेलमा जितसँगै सुरुआत गरेको छ । 

फ्रान्सको आजको खेलमा बार्सिलोनाका स्टार खेलाडी एन्टोनी ग्रिजम्यान, चेल्सीका खेलाडी ओलिभर जिरुडले पनि खेलमा प्रभावजमाएका थिए । 

जितसँगै फ्रान्सले एक खेलमा जित निकाल्दै एक खेलबाट तीन अंक जोड्न सफल भएको छ । यसै समूहमा रहेको पोर्चुगलले पनिपहिलो खेलमा जित निकाल्दै तीन अंक जोडेको छ ।

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

Manoj Poudyal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal