एजेन्सी- चीनको जनमुक्ति सेनाले भारतको अरुणाचल प्रदेशबाट ५ जना भारतीय युवकहरुलाई बन्दी बनाएर लिएर गएको समाचारसार्वजनिक भएको छ । रिपोर्टअनुसार चीनको सेनाले अन्य २ जनालाई पनि लैजान चाहेका थिए तर उनीहरु बच्न सफल भएका छन् ।भारत चीन सीमा क्षेत्रको सुबानसिरी जिल्लाको नाछो क्षेत्रका युवालाई अपहरण गरिएको दावी गरिएको छ । यहाँका गाउँलेहरु आजभारतीय सेनाका अधिकारीलाई भेट्न जान लागेको बताइएको छ ।
अरुणाचल प्रदेशका सांसद निनंग एरिंगले ट्जीटरमा अपरणमा परेका युवाहरुको नामसमेत उल्लेख गरेका छन् । एरिंगले लेखेका छन्‘चीनका सैनिकले नाछो क्षेत्रमा बस्ने ५ जना युवाहरुलाई अपहरण गरेका छन् । घटना यस्तो बेलामा भएको छ जब रक्षा मन्त्री राजनाथसिंहले रुस र चीनका रक्षा मन्त्रीसँग भेटवार्ता गरिरहेका छन् । पीएलएको यो कार्यले निकै गलत सन्देश जानेछ । चीनलाई उपयुक्तजवाफ दिइनै पर्छ ।’
रिपोर्टका अनुसार अपहरण गरिएका पाँचै जना युवा तागिन समुदायका हुन् ।चिनियाँ सैनिकले नाछो क्षेत्रको जंगलबाट उनीहरुलाईउठाएर लिएर गएका थिए । घटनाको जानकारी उनीहरुका एक आफन्तमार्फत सार्वजनिक भएको हो । आश्चर्यको कुरा गउँलेहरुले योघटनाबारे भारतीय सेनालाई कुनै जानकारी दिएका थिएनन् । केही मानिसहरुले शनिबार आफूहरुले भारतीय सेनालाई यसको जानकारीदिन जान लागेको बताएका छन्