eNepal

जापानको दक्षिण-पश्चिम क्षेत्रमा हाइशेन ताईफुको प्रबेश हुॅंदै सतर्क रहन आग्रह

टोकियो । जापानको दक्षिण पश्चिममा शक्तिशाली ताइफु आउने क्रममा रहेको छ । आइतबार वा सोमबार क्युशु टापुमा हाइशेन ताइफुआउने अनुमान मौसम विभागले गरेको छ ।

ताइफु आइपुग्न भन्दा अगाडि नै सुरक्षित स्थलमा जानका लागि मौसम अधिकारीहरुले स्थानीय बासिन्दाहरुलाई आग्रह गरेका छन् ।हाइशेन शनिवार मध्याहन्न प्रशान्त महासागर मिनामी दाइतो टापुको १ सय ७० किमि दक्षिण तर्फ रहेको विभागले बताएको छ ।

ताइफु प्रतिघन्टा १५ किमिका दरले पश्चिम उत्तरतर्फ हिडिरहेको छ । ताइफुको मध्यम वायुमण्डलीय दबाब ९२० हेक्टोपास्कल रहेको छ। दाइतोजिमा क्षेत्र ताइफुको आँधी क्षेत्र हो ।

कितादाइतो विमानस्थलमा मापन उपकरणमा बिहान ९ बजे वायुको गति प्रतिघन्टा १३० किमि रेकर्ड भएको छ । शनिवारदेखिआइतबारसम्म ओकिनावा र आमामीमा प्रतिघन्डा २०० किमिको गतिमा हुरी चल्ने अपेक्षा गरिएको छ ।

क्युशुमा भने प्रतिघन्टा १८० किमिका दरले हावा चल्ने अनुमान छ । ओकिनावा र आमामी क्षेत्रमा शनिवार देखि आइतबारसम्म र क्युशुमाआइतबार र सोमबार मुसलधारे वर्षा हुने विभागले बताएको छ ।

आमामी र ओकिानावाका केही क्षेत्रमा आइतबार मध्याहन्नसम्म १५० देखि ३०० मिलिमिटर वर्षा हुने अधिकारीहरुले बताएका छन् ।दक्षिण क्युशुमा भने सोमबार मध्याहन्न सम्मको २४ घन्टामा ४०० देखि ६०० मिलिमिटर वर्ष हुने अनुमान गरिएको छ । एजेन्सी

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349