eNepal

अमेरिकामा कोरोना संक्रमितको संख्या ६० लाख नाघ्यो

काठमाडौं- अमेरिकामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ६० लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयले सङ्कलन गरेको तथ्याङ्कका आधारमा त्यो विश्वभर पुष्टि भएका कुल सङ्क्रमितको सङ्ख्यामा झण्डै एक चौथाइ हो।

अमेरिकामा दश लाख सङ्क्रमित एक महिनाभन्दा कम समयमा थपिएको विवरणहरूमा देखिन्छ। पछिल्ला दिनमा दैनिक वृद्धिका घटना घट्दोक्रममा देखिए पनि अमेरिका सङ्क्रमित र मृत्यु दुवैतर्फ विश्वको सबैभन्दा धेरै प्रभावित देशको रूपमा छ।

२१ ज्यानुअरीमा पहिलो सङ्क्रमण पुष्टि भएको अमेरिकामा अहिलेसम्म एक लाख ८३ हजारभन्दा बढीको भाइरस जोडिएका घटनामा मृत्यु भएको छ। सङ्क्रमितको दश लाख सङ्ख्या २८ एप्रिल अर्थात् ९९ दिनमै पुगेको थियो।

र त्यसको ४३ दिनपछि सङ्क्रमितको सङ्ख्या दोबर भएको थियो। ३० लाख सङ्क्रमित अर्को २८ दिनमा पुगेका थिए। त्यसपछिको अर्को १५ दिनमा त्यो ४० लाख पुगेको थियो।

त्यसको १६ दिनमा पचास लाख र अर्को २२ दिनमा सङ्क्रमण ६० लाखभन्दा बढीमा पुष्टि भयो। (बीबीसी)

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349