एजेन्सी -स्पेनिस लिग ला लिगाको नयाँ सिजन २०२०–२१ को मिति घोषणा भएको छ । स्पेनिस फुटब संघले आज औपचारिक रूपमा निर्णय गर्दै नयाँ सिजन सेप्टेम्बर १२ तारिखबाट सुरु गर्ने मिति घोषणा गरेको हो । त्यस्तै, सिजनको अन्त्य भने सन् २०२१ को मे २३ तारिखमा हुनेछ ।
फुटबल संघले मिति घोषणा गरे पनि खेल तालिका सार्वजनिक गरिसकेको छैन । २४ घन्टाभित्रमा खेल तालिका पनि सार्वजनिक हुनेछ । त्यस्तै, संघले सिजन २०१९–२० अन्तर्गत बाँकी रहेको कोपा डेल रे कपको फाइनल खेलको मिति पनि तोक्नछ ।