eNepal

देवता इन्द्रको पूजा-आरधना गरी आज इन्द्रजात्रा पर्व मनाइँदैछ

काठमाडौं- वर्षा र सहकालका देवता इन्द्रको पूजा-आरधना गरी आज परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं उपत्यका, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ।

यस पर्वमा देवराज इन्द्रको पूजार्चना, जीवितदेवी कुमारी, गणेश र भैरवको रथयात्रा एवं विभिन्न देवीदेवताको पूजाराधनाका साथै नेवारी परिकार समयबजीको भोजनसहित हर्षोल्लासपूर्वक मनाउने परम्परा छ।

पर्याप्त वर्षा र शीतका कारण फलेको राम्रो अन्नबालीका लागि वर्षाका देवता इन्द्रप्रति कृतज्ञता प्रकट गर्दै मनाइने यस पर्वले प्रकृति र मानव बीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गरेको छ ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।

आजको दिन मुख्यरूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा नजर गर्ने परम्परा छ।

इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि शुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।

यसपाली भने कोरोना महामारीको असर हाम्रा अन्य सामाजिक तथा सांस्कृतिक परम्परालाई परेजस्तै इन्द्रजात्रा पनि अछुतो छैन। संक्रमणको जोखिम र निषेधाज्ञाका कारण इन्द्रजात्रा पर्वको रौनक छैन।

इन्द्रजात्राको दिन सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने गरेको छ।

Related posts

Neteller Gambling Establishments: A Complete Overview to Online Gambling with Neteller

अविलास

Best Gambling Establishments that Approve Mastercard: A Comprehensive Overview

अविलास

Best Online Gambling Enterprise Repayment Approaches: A Comprehensive Overview

अविलास

The Exciting Globe of Offline Slots: A Comprehensive Guide

अविलास

Mastercard Gambling Enterprises: An Overview to Playing Online

अविलास

Beste Mastercard Online Gambling Establishments: An Informative Overview

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349