eNepal

मुखर्जीको निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा दुख व्यक्त

काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधनमा दुख व्यक्त गरेका छन् ।सामाजीक संजालबाट प्रधानमन्त्री ओलीले मुखर्जीको निधनबाट नेपालले एक ठुलो साथी गुमाएको बताएका छन् ।

उनले नेपाल-भारत सम्बन्धलाई बलियो बनाउन उनले खेलेको भूमिका सधै सम्झिने बताएका छन् । प्रधानमन्त्री ओलीले मुखर्जीको निधनमा भारत सरकार, भारतीय जनता र परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।

मुखर्जीको सोमबार अपराहन्न दिल्लीस्थित सैनिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । कोरोना संक्रमित समेत रहेका पूर्व राष्ट्रपति मुखर्जीको श्रावण २६ गते मस्तिष्कमा रगत जमेको पाइएपछि अप्रेशन भएको थियो । त्यसपछि उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal