काठमाडौँ – काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।
उनकी पत्नी बिरामी भएपछि शाक्य दम्पत्तिले दुई दिनअघि स्वाब दिएका थिए । तर,उनकी पत्नीलाई भने कोरोना नेगेटिभ देखिएको छ । मेयर शाक्यलाई कोरोना संक्रमणको लक्षण देखिएको छैन । उनी अहिले होम आइसोलेसनमा बसेका छन् ।